आफैलाई गाली गर्दै जागिर छोडेका प्रेम संजेल आए मिडियामा, भन्छन: पर्यो भने राजनीतिमा पनि आउन सक्छु (भिडियो हेर्नुहोस)


विराटनगर । ४० वर्ष बढी निजामती सेवामा रहेका उपसचिव प्रेमप्रसाद सञ्जेलले अबकास लिएका छन । उनले आफैलाई धिक्कार्दै, आ.क्रोशित हुदै जागिरबाट विदा लिएका हुन् । श्रम कार्यालय विराटनगरमा कार्यरत संजेल बैदेशिक रोजगारीमा हुने ठगिका घटनामा उनले चालेको कडा कदमको कारण पछिल्लो समय चर्चामा थिए । विशेष गरी उनि भ्रस्टाचार बिरोधि व्यक्ति पनि हुन् । उनले भ्रस्टाचारको मामलामा देश कै प्रमुख व्यक्तित्वहरुलाई समेत चुनौती दिदै आएका छन ।

विक्रम सम्बत २०३९ साल फागुन ३ गते खरिदार हुँदै निजामती सेवा प्रवेश गरेका सन्जेल २०४६ साल असार २७ गते नायब सुब्बमा बढुवा भएका थिए । २०५४ साल कात्तिक १२ गते शाखा अधिकृत भएका सञ्जेल २०६६ साल कात्तिक २९ गते उपसचिवमा बढुवा भएका थिए । आफ्नो उपनाम खतरा राखेका संजेलको बोली जस्तै काम पनि गर्ने हुदा उनलाई निजामति क्षेत्र कै आइडल मानिदै आएको थियो । तर ५८ वर्षे उमेरहदका कारण सञ्जेलले असार १५ गते अनिवार्य अवकास पाए । तर सुधारको प्रयत्न गर्दा नसकेपछि आफैंलाई गाली गर्दै उनि विदा भएका छन ।

अबकास लिएपछि संजेलले सामाजिक संजालमा विज्ञप्ति सार्बजनिक गर्दै खरो कविता समेत लेखेका छन :

स्थायी नोकरीमा मात्र ४० बर्ष ४ महिना ६ दिन नेपाली जनताको सेवा गरी विदा लिएँ

((भ्रष्टाचारी,कालो कमाउने)) घुस्याहा,भुस्याहा,छुस्याहा, जँड्याहा,कप्ट्याहा,द्र.ब्यपिसाच, घोसे,घोप्टे,कपटी,चाप्लुसे “घुभुछुजकद्र घोघोकचा” देशमारा, जनताको रगत चुसाहा, अफिसको रगत चुसाहा, कमिसनखोर, कर्मचारीहरु र तिनका दृश्य अदृश्य राजनैतिक सँरक्ष्यकहरु/ र ……….हरु/ जागिरबाट/ सेवाबाट/पेशाबाट/कामबाट/ र ………बाट अवकाश भै/ वा खारेज भै “सँधैको लागि” घर जान बिदा हुँदा जनताको रगत चुसेर भित्री शरिर जुकाको जस्तो रगतले ढाडिएर रातोपिरो पारेर बाहिरी शरिर र “घुस्याहा कालोअनुहार” तत्काल छोप्न आसेपासेद्वारा कालो अनुहारमा अविर दलाएर तथाकथित बिदाई समारोहको “”प्रायोजन”” गर्छन। मैले त्यस्तो तथाकथित काम बहिस्कार गर्ने चलन आफैँबाट शुरू गरेँ । स्थायी नोकरीमा मात्र ४० बर्ष ४ महिना ६ दिन नेपाली जनताको सेवा गरी विदा लिएँ ।धन्यबाद ।

नेपालमा नेता मात्र होईन कर्मचारी पनि उत्तिकै खराब छन । ४० बर्ष जागिर खायो रे । अरुले नगरेको तर तैले गरेको एउटा काम भन त भन्दा अफिस गएर फर्केँ भन्छ । पाए घुस खान्छ । नपाए अफिसको कमिसन खान्छ । भ्रस्टचार गर्छ । बाल बचेरा बिदेशमा पढाउँछ । यस्ताले त भैँसी पालेर बसे कसो होला?स्थायी नोकरीमा मात्र ४० बर्ष ४ महिना ६ दिन नेपाली जनताको सेवा गरी विदा लिएँ । नेपालका सबै कर्मचारी साथी,तिमीले आफ्नैदेश सुधार्न के कसम खायौ ? अझैघुस, कमिसन,नजराना,इनाम, बक्सौनि,रिश्वतको नाममा आफ्नैदेश र गरिब नेपाली जनताको रगत चुस्दै छौ? मैले भ्रष्टाचार बिरुद्ध ल.ड्दा जेल,ज्यान र जागिरमाथि हिडने आबश्यक परेका बखत बात,हात र लात चलाउने,समयले जे निर्णय गर्छ,सोही मान्ने कसम खाएर सरकारी जागिर /स्थायी नोकरीमा मात्र नोकरीमा ४० बर्ष ४ महिना ६ दिन नेपाली जनताको सेवा गरी िवदा लिएँ ।धन्यबाद ।

कविता:म कर्मचारी कि दलाल, कवि: प्रेमप्रसाद संजेल “खतरा”

म कानमा लाउने सुनको दलाल

म तिहुनमा लाउने नुनको दलाल

म मकैमा लाग्ने घुनको दलाल

म भेडाको जीउको उनको दलाल

म देशले लाउने गुनको दलाल

म सुरक्षामा नपर्ने सु को दलाल

म प्रजातन्त्रमा नलाग्ने कू को दलाल

म ढलमा बग्ने नर्ककोे दलाल

म आकाशमा फल्ने फलकोे दलाल

म नदेखिने खालको दलको दलाल

म किसानले लाने बीउको दलाल

म बिदेशमा बिक्ने जीउको दलाल

म सडकमा लाग्ने गिट्टीको दलाल

म कोठीमा बेच्ने ठिटीको दलाल

म डाकाको बीचको प्रीतिको दलाल

म सेवाग्राहीले लिने सेवाको दलाल

म परिश्रमीले लिने मेवाको दलाल

म बाकसमा आउने लाशको दलाल

म ठिनेमिने होईन खासबिशेष दलाल

म भूकम्प पिडितको पालको दलाल

म बाढी पिडितको दालको दलाल

म बिचौलियाको जालको दलाल

म गुण्डाले लिने कालको दलाल

म पण्डाले लिने भेटीको दलाल

म नापी र माल दुबैको दलाल

म बिकास र निकास सबैको दलाल

म घरबार-दरबार दुबैको दलाल

म मन्दिरमा बज्ने घण्टीको दलाल

म बाह्रमासे आण्टीको दलाल

म तिनपाने भट्टीको दलाल

म पहेंलो बोक्ने टट्टीको दलाल

म मेरी आमा मट्टीको दलाल

म सारै निच घट्टीको दलाल

म ज्यान मार्ने दलालको दलाल

म फरार हुने परारको दलाल

म भाडामा मिल्ने करारको दलाल

म ब्रुुश्लीजस्तो प्रहारको दलाल

म मुश्लीजस्तो दारको दलाल

म एक्सरे नदेख्ने अन्धाको दलाल

म सुन बोक्ने बन्दाको दलाल

म अत्ति कालो धन्दाको दलाल

म ईमान्दार मास्ने मज्जाको दलाल

म बेईमानी पाल्ने गज्जबको दलाल

म घुस र भुस द्धयको दलाल

म मानिस मार्ने भयको दलाल

म हालसाल बिदेश गएको दलाल

गर्छनकि कसो जनताले हलाल l स्थायी नोकरीमा मात्र ४० बर्ष ४ महिना ६ दिन नेपाली जनताको सेवा गरी विदा लिएँ ।

अवकास पछी उनीसंग गरिएको कुराकानीको भिडियो यहाँबाट हेर्नुहोस ।

यो पनि – १२ बर्षपछि करोडपति बुबा सडकबाट घर फर्किए, मिडियामा बोले छोरा (भिडियो)

काठमाडौँमा दुई-दुई वटा घर भएका मानिस पनि मंदिरमा भिख मागेर गुजारा गरिरहेका छन भन्दा धेरैलाई पत्यार नलाग्ला । तर ७० वर्षीय दामोदर प्रसाद अधिकारीको जीवन भने त्यस्तै छ । उनि विगत १२-१३ वर्ष देखि घरमा नगई यसरी नै जीवन बिताउदै आएको बताउछन । नेपाल टेलिभिजनमा सुब्बाको जागिर खाएको बताउने उनले घरमा किचलो भएकै कारण जागिर पाच महिना बाकी छदै राजिनामा दिएर हिडेको बताउछन ।

कुमारीगाल वडा नम्बर ७ मा घर भएपनि त्यहा आफ्नो श्रीमती र दुई छोरा बस्ने गरेको अधिकारी बताउछन । एक छोरीको भने विवाह भइसकेको उनले बताए । काठमाडौँमा ४-५ करोडको घर जग्गा भएको व्यक्ति कसरी सडकमा आइपुग्नु भयो भनेर गरिएको प्रश्नमा उनि भन्छन – ‘श्रीमतीबाट भएको मानसिक तनावले गर्दा घर छोडे ।’ श्रीमतीले जहिले पनि पैसा पैसा मात्र भन्ने तर आफुसंग गर्ने ब्यबहार अत्यन्तै नकारात्मक भएपछि दिक्क भएर घर छोड्ने निर्णय गरेको उनि बताउछन । मिडियामा आएपछि अधिकारीको जेठो छोराले बुबालाई घर लिएर गएका छन। करिब १२-१३ वर्षको सडक बसाई पछी अन्तत उनि घर फर्किएका छन। भिडियो यहाँबाट हेर्नुहोस ।

यो पनि – प्रेमविवाह भएको ४ महिनामै १६ बर्षिय युवतीलाई श्रीमानको निर्मम कु.टपि.ट, ३ महिने सुइ लगाएर यस्तो अत्याचार गरेको युवतीको मिडियामा खुलासा (भिडियो)

काठमाडौ । नेपालमा सबैले दाइजो प्रथा अन्त्य भयो भन्छन तर अझै पनि ग्रामिण र सहरी क्षेत्रमा यस्ले भित्रभित्रै आफनो एउटा अस्तित्व बनाएको छ र शैलीमा मात्र परिबर्तन आएको छ भन्दा फरक पर्देन । अहिले माग्ने तरिका मात्र फरक भएको बताउछन केही मानिसहरु भने कसैले त यहि दाइजोको निहुमा अ.पराधिक कार्यसमेत गरेका घटनाहरु सुन्न र देख्न पाईन्छ । आज हामीले पनि दोलखाको यस्तै घटना लिएर आएका छौ जहा १६ बर्षकै कलिलो उमेरमा प्रेम बिहे गर्दा, बिहे भएकै ४ महिनामानै यसरी श्रीमानले म.रणासन्न  हुनेगरी कु.टेर यस्तो अवस्था बनाएका छन श्रीमतीको ।

प्रेम बिबाह गरेको यो जोडीको बिहेमा फाटो तब आयो जब यिनका श्रीमानले श्रीमती नबिना खडकास“ग दाइजोको निहुमा दिनरात कुटपिट गर्न थाले । अहिले त यस्तो अवस्था समेत बनाए श्रीमानले कु.टेर, हात भाच्दिए र साथमा शरीरभरि निलडाम अनि पेटमा लात हान्दा पेटबाट पनि हल्का रगत बगिरहेको बताउछिन उनकी दिदी सबनिा खडका । र अब न्याय दिलाउन जुनसुकै प्रयास गर्ने र श्रीमानस“ग छुट्टाएर राख्ने बताउछन माइती परिबार । उनीसंग गरिएको कुराकानी यहाँबाट हेर्नुहोस ।

यो पनि – ३ बजे सम्म युरोकप हेरेका कपनस्थित घरमा काम गर्ने २७ वर्षीय युवकको शंकास्पद मृत्यु, प्रहरीलाई नबोलाई घरधनीले अस्पताल पुर्याएको भन्दै आफन्त आक्रोसित (भिडियो)

काठमाडौँ, १९ असार । काठमाडौँको कपनस्थित एक घरमा काम गर्ने युवकको शंकास्पद मृत्यु भएको छ । खार्देवी गाउपालिका वडा नम्बर – ९, राम्चे गाउका २७ वर्षीय गणेश भण्डारीको काम गर्ने घर मै गत असार १६ गते अन्दाजी बिहान ७ बजेको आसपास मृत्यु भएको आफन्तको दावी छ। बिहान राती ३ बजे सम्म युरो कप फुटबल हेरेका उनी ७ बजे अचेत भएको भन्दै घरधनी भारत थापाले मृतकका दाजूलाई फोन गरेको आफन्तले बताए । यता घरधनी भने गणेश भण्डारीले झु.ण्डिएर आ.त्मह.त्या गरेको र मृत्यु अगावै अस्पताल लगिएको दावी गरिरहेको आफन्तले जानकारी दिएका छन ।

उनलाई ग्र्याण्डी अस्पतालको एबुलेन्स झिकाएर अस्पताल लगिएको थियो । मृत्यु शंकास्पद लागेपछि यतिबेला आफन्तहरुले घरधनी लगाएत उपचारमा संलग्न डाक्टरलाई पनि अनुसन्धानमा ल्याउन माग गरिरहेका छन । तर आफन्तको जाहेरी लिन प्रहरी नमानेको भन्दै कपनमा शुक्रबार साझ मृतक पक्षका आफन्तद्वारा केहिबेर नाराबाजी समेत भएको थियो । पोस्टमार्टमको रिपोर्ट नआई जाहेरी लिन नमिल्ने भन्दै प्रहरी पन्छिएको आफन्तको दावी छ । घटनामा आशंका भएको भन्दै मृतकका आफन्तले प्रहरीलाई निस्पक्ष छानबिन गर्न अनुरोध गरेको छ । यतिबेला मृतकको शव पोस्टमार्टमको लागी शिक्षण अस्पताल महाराजगंजमा लागिएको छ । शुक्रबार साझ कपनमा गरिएको स्थलगत रिपोर्टको भिडियो यहाँबाट हेर्नुहोस ।

प्रतिक्रिया दिनुहोस