१७ बर्ष पछि केटि बनेका युवकको पिडा (भिडियो)


मोरंग । नेपालमा धेरै तेस्रोलिंगीहरु आजकल देख्न सकिन्छ । केहि समय अगाडी झापामा रुपक र अनुभबले बिबाहनै गरेका थिए। उनीहरुको चर्चा पनि मिडियामा धेरै रहेको थियो । अहिले मोरंगको सुनबर्षी नगरपालिकाका एक युवा पनि खुलेर मिडियामा आएका छन । १७ बर्षको उमेर भएका युवाले खुलेर आफु तेस्रो लिंगी भएको बताउछन।

सानै देखि केटिको फिलींग आएको र १७ बर्षको उमेरबाट आफु केटि बनेर हिड्न थालेको उनले बताएका छन । साथै उनले खुलेर यौ.नको कुरा पनि भिडियोमा गरेको देख्न सकिन्छ । आफुलाई घर र समाजले स्वीकार नगरेको दुखेसो पोख्दै उनि आफ्नो पिडा सुनाउछन । नेपाली समाजमा तेस्रोलिंगीलाई अझै पनि नकारात्मक रुपमा हेरिने गरेको आफ्नो भोगाईबाट थापा पाएको उनि बताउछन । उनीसंग गरिएको अन्तरंग कुराकानीको भिडियो यहाँबाट हेर्नुहोस ।

यो पनि – दोहोरी साँझमा काम गरेको २–३ वर्षपछि ‘सेकेन्ड ह्याण्ड’ स्कुटर किनेर संघर्ष गरेका प्रकाश सपुतले कलाकारिताबाट नै किने ४९ लाखको कार, शोरुमबाटै बुबाआमालाई चढाएर पुगे दक्षिणकाली दर्शन गर्न (भिडियो)

‘गलबन्दी च्यातियो तिम्ले तानेर’ गितबाट देशविदेशमा परिचित भएका गायक प्रकाश सपुतले आफ्नो पहिलो कार खरिद गरेका छन । उनको ‘दोहोरी ब्याटल’, ‘बोल माया’, ‘गलबन्दी’, ‘बदला बरिलै’ हुँदै ‘मेरो पनि होइन र यो देश ?’ गित सुपरहिट नै बने । उनै गायक सपुतले ४९ लाख रुपैयामा सेतो कालो कलरको हुन्डाई क्रेटा खरिद गरेका हुन् । आज सम्म मोटरसाइकलमा यात्रा गर्ने गायक सपुतले दमदार कार किनेपछि शोरुमबाट बुबाआमा, श्रीमती छोरी लगायतलाई चढाएर सिधै दक्षिणकाली मन्दिर दर्शनमा लागेका थिए । छोराले कार किनेपछि बुबाआमाले आफुहरु निक्कै खुसि भएको बताएका छन ।

केहि वर्ष अगाडी काठमाडौँ छिरेका गायक सपुतले धेरै समय अरु सर्बसाधारण झैँ सार्बजनिक यातायातमा यात्रा गरे । बल्ल तल्ल दोहोरी साँझमा काम पाएका उनले दोहोरी साँझमा काम गरेको दुईतिन वर्षपछि ‘सेकेन्ड ह्याण्ड’ स्कुटर किनेका थिए । अझै मेहेनत गरेर त्यसको केही वर्ष उनले ‘सेकेन्ड ह्याण्ड’ मोटरसाईकल किनेका सपुतले अन्तत आफ्नो सपनाको कार किन्न सफल भएका छन । गाडी किनेपछि गायक सपुतले खुसि साट्दै सामाजिक संजालमा लेखेका छन – ‘सपना, संघर्ष, सिर्जना, सफलता मेरो ! साथ, सहयोग, शुभेच्छा तपाईहरुको । सपना देख्नेहरुलाई हौसला हुनसक्छ – “ कलाकार मात्रै भएर पनी कार चढ्न सकिन्छ है। “ जिवनको पहिलो गाड़ी ।’ जीवनको पहिलो कार खरिद गरेपछि उनले आफ्नो युट्युब च्यानलमा एउटा भिडियो समेत बनाएर राखेका छन । भिडियो यहाँबाट हेर्नुहोस ।

यो पनि – अन्तत नेपाल आइपुग्यो होन्डा हर्नेट २.०, मूल्य निक्कै आकर्षक (मुल्यसहित)

काठमाडौं, २१ असार । युवाहरुले धेरै समय अगाडी देखि पर्खी रहेको होन्डाको नया मोटरसाइकल नेपाल आइपुगेको छ । नेपालका लागि होन्डाको आधिकारीक वितरक स्याकार ट्रेडिङले होन्डाको नया मोडल हर्नेट २.० नेपाल ल्याएको हो । गतवर्ष नै भारतीय बजारमा सार्वजनिक भएको हर्नेट २.० कोभिड १९ संक्रमणको कारण कम्पनिले नेपाल ल्याउन सकेको थिएन । यो सेग्मेन्टको मोटरसाइकल खोज्नेहरुले धेरै अगाडी देखि हर्नेट २.० को पर्खाइमा थिए ।

शोरुममा आईसकेको हर्नेट २.० को केहि समय पछी नै बिक्री सुरु गर्ने जनाएको छ । होन्डा हर्नेट २.० मा १८४ सीसी सिंगल सिलिन्डर, लिक्वीड कुल्ड एफआई बीएस६ इन्जिन रहेको छ । यो इन्जिनले ८५०० आरपीएममा अधिकतम १७.०३ पावर तथा १६.१० एनएम टर्क जेनेरेट गर्छ । १२ लिटर क्षमताको इन्धन ट्याङक रहेको यसमा ५ स्पीडको गियर बक्स जडान गरिएको छ । त्यस्तै हर्नेट २.० मा अल डिजिटल कन्सोल दिइएको छ । निक्कै आकर्षक डिजाइनमा रहेको हर्नेट २.० मा १७ इन्चको अलोय ह्वील रहेको छ ।

सेफ्टी फिचरमा डबल पेटल डिस्क ब्रेक, सिंगल च्यानल एबीएस, गोल्डेन कलर अपसाइड डाउन फर्क, मोनोशक सस्पेन्सन, सिल्ड चेन, एलइडी हेडल्याम्प तथा टेलल्याम्प रहेको छ । हर्नेट २.० मा सेग्मेन्ट कै फर्स्ट यूएसडी फर्क रहेको छ । अगाडीको टायर ११० एमएमको छ भने पछाडीको टायर पनि सेग्मेन्ट कै फर्स्ट १४० एमएमको रहेको छ । हर्नेट २.० ले ४० किलोमिटर प्रतिलिटर माइलेज दिने कम्पनीले दावी गरेको छ । कम्पनिले यो मोटरसाइकलको मूल्य ४ लाख ६० हजार रुपैयाँ निर्धारण गरेको छ । होन्डा हर्नेट २.० ले २०० सीसी सेग्मेन्टका टीभीएस अपाचे आरटीआर २०० फोरभी, बजाज पल्सर एनएस २०० आदी मोटरसाइकलसँग प्रतिस्पर्धा गर्नेछ ।

यो पनि – सुजिताको शव भेटीएको जंगलमा रिपोर्टिङ गर्न पुगेका युट्युबर भोजराज थापालाई स्थानीयहरुले लखेटेपछी (भिडियो)

चितवन, २१ असार । ९ दिन अगाडी देखि बेपत्ता भएकी सुजिता भण्डारीको श.व मंगलबार फेला परेको छ । चितवन राप्ति नगरपालिका वडा नम्बर ३ निवासी भण्डारीको श.व चितवनको जंगलमा फेला परेको हो । उनि बेपत्ता भएपछि बहिनि अ.पहरणमा परेको भन्दै उनको दिदि मिडियामा आएकी थिइन । उनि तरकारी किन्न भनेर घरबाट निस्केपछी नफर्कीएपछी उनलाई दिदिले फोन गर्दा आफु अ.पहरणमा परेको बताएकी थिइन ।

सुजिताको खोजी कार्यमा प्रहरी प्रसाशन केहि दिन अगाडी देखि लागी पर्दै आएको थियो । यसै बीच चितवनको पुर्व पश्चिम राजमार्गबाट करिब साढे ३ किलोमिटर टाढा चितवन राप्ति नगरपालिका वडा नम्बर ३ स्थित जयश्री ब्रम्हास्थान सामुदायिक बनमा सुजिताको श.व फेला परेको स्थानीय रामेश्वर सिम्खडाले जानकारी दिएका छन । सुरुमा जंगलमा च्याउ खोज्न आउने चेपाङहरुले सुजिताको शव फेला पारेपछि इलाका प्रहरी कार्यालयमा जानकारी गराएका थिए । सुजिताको परिवारले शवको पहिचान गरिसकेको उनले बताएका छन । सुजिताको श.व जंगलको बीचमा रहेको खोल्साको लहरामा अल्झिएको अवस्थामा फेला परेको थियो । शवको अवस्था हेर्दा उनको मृत्यु दुई-तिन दिन अगाडी नै भएको हुन सक्ने उनले बताए ।

यसै घटनाको स्थलगत रिपोर्टिङ गर्न चितवनको जंगल पुगेका भोजराज थापा र स्थानीय बीच केहि भनाभ.न भएको छ । मृतककी आमालाई अन्तर्वार्तामा बोल्न सिकाएको र रुन लगाएको भन्दै स्थानीयहरुले भोजराजलाई जंगलमै र्याकर्याक्ति पारेका थिए । घटना बारे भिडियो यहाबाट हेर्नुहोस ।

यस विषयमा भोजराज थापाले पनि स्पष्टिकरण दिएका छन । सामाजिक संजालमा विवाद आएपछि उनले मृतक सुजिताको आमा समेतलाई यसबारे स्पष्ट पार्न लगाएका छन । जहा मृतक सुजिताकाकी आमाले भोजराजलाई लगाइएको आरोप झुटो हो समेत भनेर स्पष्ट पारेकी छन । भिडियो यहाँबाट हेर्नुहोस ।

यो पनि – ब्राण्डेड लुगा-जुत्ता र दुबै कानमा हिराको टप लगाएर गरिब छु भन्ने केही “नक्कली गरिबहरु” लाई नदिएकै हो : रबि लामिछाने (पुरा स्पष्टिकरणसहित)

चर्चित संचारकर्मी रबि लामिछाने यतिबेला केहि बिबादित बनेका छन । बिबादमा आउनुको मुख्य कारण हो जनमैत्री अस्पताल । जहाँ उनको पहलमा कोरोना संक्रमितको उपचार हुन्छ । उक्त अस्पतालमा गरिब निमुखालाई सित्तैमा उपचार गर्ने घोषणा गरेका उनले त्यहि घोषणाका कारण स्पष्टिकरण दिनु परेको छ । वास्तवमा उक्त अस्पतालमा निशुल्क गरिब निमुखालाई मात्र थियो । तर त्यहाँ धनाड्यहरुले नै निशुल्क उपचार चाहेको भन्दै रबि लामिछानेले दुखेसो पोखेका छन ।

विवाद भएपछि स्पष्टिकरण दिदै उनि लेख्छन – ‘शुरुमा ज्यान बचाइदिए पुग्छ भन्ने, अनि ज्यान बाँचेपछि पैसा तिर्नु पर्छ भनेर उल्टो ज्यानै मारौंला झै अस्पतालकर्मी र हामीलाई झम्टिने “केही” मानिसहरुलाई पाप धर्मको पनि ख्याल राख्नु हुन अनुरोध गर्न चाहन्छु र भगवान सँग उहाँहरुको दीर्घ जीवनको कामना गर्न चाहन्छु।अर्काले गाँस काटेर देश विदेशबाट दिएको पैसा,ब्राण्डेड लुगा-जुत्ता र दुबै कानमा हिराको टप लगाएर गरिब छु भन्ने केही “नक्कली गरिबहरु” लाई नदिएकै हो। ‘

‘कोहि बिपन्न बिरामी माथी जनमैत्री अस्पतालले अन्याय गरेको रहेछ भने पैसा र क्षतिपुर्ती, ब्याज सहित तिराउने रबि लामिछानेले बताएका छन । पछिल्लो समय एक पछि अर्का घटनाले यो समाजमा केहि काम गरिरहेकाहरु आलोचित छन्।केही असल छ्न् ,केही खराब छ्न्, केही असल भएको नाटक गर्न माहिर छन्, केही साफ नियत हुदा हुदैपनिअन्य कमजोरीका कारण आलोचित हुन बाध्य छन्। तर सबैलाई एउटै बास्केटमा हाल्ने काम ठिक होइन। स्पष्ट सँग भन्नू पर्दा कुनै खराब ब्यक्तीको खराब कर्मको भार हाम्रो निर्दोष टाउकोले बोक्दैन। जसको हो उसैलाई भन्नुस्, हाम्रो कान नखानुस्।’ – रबि लेख्छन ।

रबि लामिछानेले यस विवादलाई लिएर दिएको स्पष्टिकरणको ११ बुदा तल पढ्नुहोस :

कसैलाई स्पष्टीकरण दिन होईन, शुभेच्छुकहरुको भावनाको सम्मान गर्दै कसैमा भ्रम नपरोस् भनेर निकै समय खर्च गरेर अलि लामो लेखेको छु। बुँदा बुँदा पढेर मात्र प्रतिक्रिया दिनु होला। People only hear what they want to hear,so do not waste time with explanation भन्ने प्रशिद्द भनाइ नै छ। त्यसैले आफुले चाहेको जस्तो मात्र सुन्न चाहनेहरुले नपढ्नु भए पनि हुन्छ। निकै लामो छ, समय खेर जान्छ। बाँकी स्वतन्त्र जिज्ञाशुहरुका लागि ११ बुँदामा प्रष्ट पार्ने प्रयास गर्दैछु।

१) जनमैत्री अस्पताल मेरो होइन, मेरो कुनै अस्पताल छैन। एक मुठ्ठी श्वासका लागि संघर्ष गर्नु पर्ने ति दिनमा मास्कले मुख छोपेर लुक्नेहरुलाई सम्झाउँ कि जनमैत्री मात्र होइन, मनमोहन,वीर, पाटन,NMC, धरानको BP, नेपालगंजको Western, चरिकोट, धुलिखेल सहित देश भरका १८ वटा अस्पतालमा हामीले बिपन्न बिरामीको मद्दत गर्यौं। अझै गर्दैछौं। यी कुनै अस्पताल मेरा होइनन्, कुनै बिरामी मेरा आफन्त होएनन्।
२) कोभिड प्रोटोकल अनुसार उपचार गर्दा लाग्ने खर्च भन्दा बढी रकम बिरामीलाई तिराउने कुनै पनि अस्पतालका विरुद्ध म अग्र पंक्तिमा छु। जनमैत्रीको विषयमा त झनै निर्मम ढंगले अद्य्ययन गरिने छ। केही हप्तामा म आफ्नो कार्यक्रम लिएर फेरि आउदैछु, प्रमाण सहित गुनासो लिएर आउनु होला। म तपाईंको साथमा छु। त्यति बेला प्रमाण सहित मेरै पनि जमेर बिरोध गर्न पाइने कुराको ग्यारेन्टी दिन्छु।

३) शुरुमा ज्यान बचाइदिए पुग्छ भन्ने, अनि ज्यान बाँचेपछि पैसा तिर्नु पर्छ भनेर उल्टो ज्यानै मारौंला झै अस्पतालकर्मी र हामीलाई झम्टिने “केही” मानिसहरुलाई पाप धर्मको पनि ख्याल राख्नु हुन अनुरोध गर्न चाहन्छु र भगवान सँग उहाँहरुको दीर्घ जीवनको कामना गर्न चाहन्छु।अर्काले गाँस काटेर देश विदेशबाट दिएको पैसा,ब्राण्डेड लुगा-जुत्ता र दुबै कानमा हिराको टप लगाएर गरिब छु भन्ने केही “नक्कली गरिबहरु” लाई नदिएकै हो। तर हरेक गुनासो कर्ताहरु प्रति यो कुरा लागू हुदैन। वास्तविक पीडितसँग हामीपनि साथमा छौ।असावधानीका कारण छुट्न गएका कोही पीडितको वास्तविकता उजागर गरिदिने र सहि नियत राखी यो विषय उठाउने मिडिया र आम सर्वसाधारण प्रति आभार व्यक्त गर्द्छु। छुटेका ती सबै लाई साथ र सहयोग निरन्तर गर्नेछौं।

४) कोभिड महामारी नियन्त्रणमा आए पछि जनमैत्री अस्पतालसँगको सल्लाहमा आधिकारिक रुपमा पत्र नै लेखेर अलग्गिएका हौं,हामीले बिपत्तिमा आफ्नो जिम्मेवार भुमिका निभाएका हौं,यो हाम्रो सेवा हो पेशा होइन। भै परि आए हामी सदैव साथमा छौ भन्ने कुरा लेखेरै दिएका छौ। आज सम्मपनि सहयोग र समन्वय गर्ने काम छोडेका छैनौं।

५) हामीले यो कार्य गर्न कसैसँग एक पैसा मागेका छैनौं, मनकारी मानिसहरुको निरन्तरको अनुरोधमा सबै हिसाब पारादर्शि राखेर पीडित समक्ष पुर्याउने कामको समन्वय मात्र गरेका हौं। त्यसको पनि संपुर्ण विवरण आम नागरिक,समाज कल्याण परिषद र सहयोगी ब्यक्ति एवं संस्थालाई समयमै जानकारी गराउछौं।हामीले आफ्नो कामको जनलेखापरिक्षण मात्र होइन तोकिएको समयसिमा भित्र वास्तविक लेखापरीक्षण नै गराउदै आएका छौ।

६) अझै पनि कोहि बिपन्न बिरामी माथी जनमैत्री अस्पतालले अन्याय गरेको रहेछ भने तपाइको पैसा र क्षतिपुर्ती, ब्याज सहित तिराउन कटिबद्ध छु।गर्न सकिनछु भने यो जीवनमा टिभिमा अनुहार देखाउदिन। ढुक्क हुनुहोस्। यसकालागि, तपाईलाई तमासा बनाउनेलाई होइन सोझै मलाई भेट्नु होला। बालुवाटारमा अफिस छ, इच्छुक धेरैसँग सजिलै सधै भेट हुन्छ। सार्वजनिक मान्छे हुँ, कसैले हरायो भन्दैमा हराउछु र? एकाध बेसुरे बाजा नसुन्नुस्, ब्याण्ड नै बजाउन चाडै आउदैछौ।

७) पछिल्लो समय एक पछि अर्का घटनाले यो समाजमा केहि काम गरिरहेकाहरु आलोचित छन्।केही असल छ्न् ,केही खराब छ्न्, केही असल भएको नाटक गर्न माहिर छन्, केही साफ नियत हुदा हुदैपनिअन्य कमजोरीका कारण आलोचित हुन बाध्य छन्। तर सबैलाई एउटै बास्केटमा हाल्ने काम ठिक होइन। स्पष्ट सँग भन्नू पर्दा कुनै खराब ब्यक्तीको खराब कर्मको भार हाम्रो निर्दोष टाउकोले बोक्दैन। जसको हो उसैलाई भन्नुस्, हाम्रो कान नखानुस्।

८) हरेक कृयाकलाप चुस्त दुरुस्त राखेका छौं।यो देशमा संचालीत कुनै पनि संस्था भन्दा हाम्रो,फाउन्डेसन कुनै पनि रुपमा, कुनैपनि एंगलबाट कमजोर, निकम्मा,नियम र कानुनको दायरा भन्दा बाहिर रहेको पाइएमा जस्तो सुकै सजाय भोग्न तयार छु। यो मेरो आग्रह होइन, चुनौती हो। हरेक हिसाब र हरेक गतिविधि प्रष्ट सँग rlfnepal.org.np मा राखेका छौ। आवस्यकता अनुसार समय समयमा अपडेट पनि गर्छौं।

९) म र मेरो टिमले यी कामहरु कसैले कर लगाएर गरेका होइनौं, आफ्नै रहर र ईच्छाले गरेका हौं। यसमा शंका गर्ने, प्रश्न गर्ने मात्र होइन पत्यार लागे/ नलागे साफ गाली गर्न समेत पाइन्छ। बिरोधको आवाज सुन्न नसक्ने मान्छे म होइन। अझै भन्नु पर्दा,जीवनमा प्रगति गर्न उल्लेख्य मात्रामा टप क्वालिटीका बिरोधिहरुको आवश्यकता पर्दछ तर ताइ न तुइका बिरोध र आलोचनाको पनि जवाफ दिन चाहिँ झ्याउ लाग्छ, टाइम पनि हुदैन। मैले आजसम्म सामाजिक संजालमा कसैलाई ब्लक गरेको पनि छैन। तल्लो भन्दा तल्लो स्तरको गाली गलौज गर्नेहरु लाई पनि ब्लक गरेको छैन अझ यसो भनौं, अन्य अफेन्सिभ सामग्री राख्नेहरु बाहेक मलाई गाली गरेका कारण कसैलाई ब्लक गरेको छैन,गर्दीन पनि…

१०) आफुले गरेको कामको सकेसम्म कम प्रचार गर्ने मेरो उद्देश्य रहन्छ। देशमा जुनसुकै विपत्ति आइपरेपनि सकेसम्म सबै भन्दा पहिला पुग्ने प्रयास गर्छु। हल्ला नगर्ने बिचार थियो तर बेकामे हल्लाले ज्यादै डिस्टर्व गरेकाले हाम्रो टिम प्रत्येक दिन कहाँ कहाँ सक्रिय छ भन्ने हल्का जानकारी दिन केही तस्वीरहरु तल सार्वजनिक गरेको छु। सहयोग माग्दै निरन्तर आउने कलहरुलाई इग्नोर गर्न सकिदैन, त्यसैले प्रत्येक दिन जागीर गुमेका,भाडा तिर्न नसकेका,भोका पेटहरुको सेवामा हाम्रा साथीहरू लागिपरेका छन्। निरन्तर हाम्रो समन्वयमा सहयोग प्राप्त गरेका आम सर्वसाधारणको इन्टर्भ्यु मात्र राख्ने हो भने धेरै च्यानललाई २/४ वर्षलाई नै पुग्ने कन्टेन्ट बन्छन् । हामीले त्यस्तो प्रचार चाहेनौं, चाहन्नौं। खैर,कोइ बात छैन। तपाईं २/४ मान्छे र कमजोरी खोज्दै गाली गर्नुस् हामी हजारौंको सेवा गरेर आफ्नो शिर माथि आशीर्वाद थाप्छौं।को कहाँ पुग्दो रैछ,कुनै दिन कुनै मोडमा भेटिए समिक्षा गरौला। यस बाहेक पछि लाग्ने हरेक ड्ट कम हरुको जवाफ दिन म भ्याउदिन। बरु बेस्कन गाली खान्छु।

११) पाइला पाइलामा अपमानित गर्न र सिध्याउन कसैको निर्देशन र तलब थापेर साबुन पानी र सेनेटाइजर दलेरै पछि लागिरहनु भएकाहरु र उहाँहरुलाई त्यसो गर्न अह्राउने हरुलाई मेरो अन्तिम जानकारी,जुम गरेर हेर्नू होला: जुन दिनसम्म मानिस निष्ठा र इमान छोड्दैन त्यस दिनसम्म जसले लाख प्रयास गरेपनि उ ढल्दैन, हल्लिन्न। इमान छोडेको दिन कसैले केही गर्नै पर्दैन.. आफै ढल्छ,आफै सक्किन्छ। आफ्नो समय र शक्ति म बबुरो माथी खर्च नगर्नुस्।महोदय, देशमा धेरै मुद्दा छन्। एक पटक आफ्नो माइक र क्यामेरा सहि दिशामा तेर्साएर त हेर्नुहोस्। र म समस्त दाजुभाइ दिदिबहिनीहरुमा आफ्नो उहि वाचा फेरि दोहोर्याउछु कि म यो जीवनमा आफ्नो इमानको अडानबाट डेग चलेको छैन,डेग चल्दिन।हो,धेरैलाई सहयोग गर्दा र समेट्दा असावधानीवश केही छुटे होलान्, कसैको कमी कमजोरी र गल्तीले कोहि अन्यायमा परे पनि होलान्। तर नियत खराब छैन। यि विषयहरुमा अब केही वर्ष सम्मका लागि यहि पोस्ट बाट काम चलाइदिनु होला। धन्यवाद। उफ्.. कति लामो भएछ।

प्रतिक्रिया दिनुहोस