प्रियंकाले फेरी मनाइन ‘बेबी सावर’ (तस्विरसहित)


काठमाडौँ, २७असार । यतिबेला अभिनेत्री प्रियंका कार्की गर्भवती छिन । विगत केहि महिना यता आफ्नो दिनचर्याको तस्विर तथा भिडियो सामाजिक संजालहरुमा सार्बजनिक गर्दै आइरहेकी कार्कीले आफ्नो बेबी सावरको तस्विर पनि सामाजिक संजालमा सार्बजनिक गरेकी छन । तर यसपाली भने पति आयुष्मानले बेबी सावर आयोजना गरिदिएका हुन् । नायिका कार्कीले यो बर्ष आफ्ना लागि निकै नै खुशीको बर्ष रहेको र आफूहरुले खुशी साटिरहेको उल्लेख गरेकी छिन् ।

हप्ता दिन अगाडी पनि आफ्ना साथीहरुले प्रियंकाको बेबी सावर आयोजना गरेका थिए । त्यतीबेला ‘द वेष्ट बेबी सावर बाई माइ गर्ल’लेखेर प्रियंकाले दर्जन बढी तस्विर सामाजिक संजालमा सार्बजनिक गरेकी थिइन् । बेबी सावरको अवसरमा प्रियंकाले केक समेत काटेकी छन । उनले सार्बजनिक गरेको तस्विरमा मिश्रित प्रतिक्रिया आएको छ । उनलाई धेरैले बधाई दिएका छन् भने केहिले बढी भएको समेत प्रतिक्रिया दिएका छन । हुनत बेबी सावर पश्चिमी संस्कृति हुनाले प्राय नेपालीहरु यस विषयमा खास परिचित छैनन् ।

बेबी सावरको तस्विर सामाजिक संजालमा सार्बजनिक गर्दै प्रियंका लेख्छिन : ‘Having you by my side, growing a life inside me that we created with love, happy, content and ready for new beginnings! This is all that I want. YOU… YOU are all that I want! YOU remind me every day that these are, without a doubt, the best years of our lives. Cannot wait to welcome our miracle, our little sweet pea. I love you Hubby. Thank you for the best shower

सार्बजनिक तस्विरहरु :

यस अघिका तस्विरहरु :

तस्विर : प्रियंका कार्क्कीको फेसबुकबाट

प्रतिक्रिया दिनुहोस