‘द भ्वाइस अफ नेपाल’ को ताजा एपिसोडमा फाइनलिष्टहरुको लाइभ पर्फमेन्स हेर्नुहोस (भिडियो)


काठमाडौं ।चर्चित गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’ को सिजन ३ ले फाइनालिस्ट प्रतिभा पाएको छ । शुक्रबार साझ भएको भोटिङको रिजल्ट अनुसार द भ्वाइसले टप ४ प्रतिभाहरु पाएको हो । सेमिफाइनलमा द भ्वाइसको फर्म्याट अनुसार चार कोचहरुबाट एक एक जना प्रतिभाहरु फाइनलका लागि छानिएका हुन् ।

टिम तृष्णाबाट अफ्रिता खड्गीलाई उछिन्दै ज्वाला राई फाइनलमा प्रवेश गरेका छन् । टीम प्रमोदबाट सिक्किमका रवि गहतराजलाई उछिन्दै अमेरिकाबाट आएका किरण गजमेर फाइनलमा प्रवेश गरेका छन् । टीम राजुबाट काठमाडौका सोनाम शेर्पालाई उछिन्दै बाग्लुङकी तारा श्रीष मगर फाइनल प्रवेश गरेकी छिन् । त्यस्तै टीम दीपबाट बुटबलका गोविन्द पुनलाई उछिन्दै दार्जलिङका आर्यन तामाङ फाइनल प्रवेश गरेका छन् ।

एसएमएस र प्रभु पे मार्फत देश विदेशबाट एक साता गरेको भोटिङका आधारमा यी फाइनालिस्टहरु छानिएका हुन् । अर्को शनिबार हुने ग्राण्ड फिनालेको लागि भोट गर्न आज शनिबार यी चार फाइनालिस्टले आफ्नो प्रस्तुति दिने छन । र पब्लिक भोटको आधारमा अर्को साता द भ्वाइस अफ नेपाल सिजन ३ को बिजेता घोषणा हुने छ । द भ्वाइसको फाइनालिष्टहरुको ताजा पर्फमेन्स आजको एपिसोडमा यहाबाट हेर्नुहोस ।

यो पनि – राती हेल्मेट नलगाई बाइक चलाएको भन्दै पूर्वयुवराज पारसलाई ट्राफिक प्रहरीले पक्रेपछी जे भयो (भिडियो हेर्नुहोस)

काठमाडौँ, १५ श्रावण । पूर्वयुवराज पारस शाहलाई ट्राफिक प्रहरीले सडक मै केहि समय नियन्त्रणमा लिएको छ । पारसले हेलमेट नलगाइ मोटरसाइकल चलाएको भन्दै नियन्त्रणमा लिने कोशिस गरिएको हो । हेलमेट नलगाइ मोटरसाइकलमा सवार शाहलाई नारायणगोपाल चोकमा रोकेर सोधपुछ गरेपछि उनले ट्राफिकमाथि अ.भद्र व्यवहार गरेका थिए।

सार्बजनिक भिडियोमा ट्राफिक प्रहरीले पारसले मा.दक पदार्थ सेवन गरेको बताएको सुनिन्छ । तर पारसले भने आफुले मा.दक पदार्थ सेवन नगरेको बताई रहेका छन । ट्राफिक प्रहरीले पारसको हातमा समातेको देखिन्छ । पारस भने आफुलाई छोड्न भनिरहेका देखिन्छन । पारसले आफुले कहिल्यै हेल्मेट लगाउदीन भन्दै प्रहरी माथि समेत जाईलागेको देखिन्छ । केहि समयको विवाद पछी ट्राफिक प्रहरीले उनलाई छोड्छन र केहि युवाहरुले उनलाई लान्छन । युट्युबमा सार्बजनिक भिडियो यहाबाट हेर्नुहोस ।

यो पनि – साप्ताहिक राशिफल : साउन १७ गते आईतबारदेखी साउन २३ गते शनिबारसम्मको

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) साताको पहिलो दिन अर्थात आईतबार समय मध्ययम रहेकोले आर्थिक ब्याबस्थापनको अभावले व्यापार व्यावसायमा आउँने बिभिन्न अवसरहरु गुम्नेछन् । तपाई आफ्नै कारणले घर परिवारमा तथा पति पत्नि बिच मनमुटाब बढ्नेछ । सोमबारदेखि समय उत्तम रहेकोले पदिय दायित्व बढ्नेछ भने निर्णय क्षमताको बिकाश हुनेछ । आत्मिय मित्र तथा शुभचिन्तकहरुको साथ पाईने हुनालेजस्तो सुकै चुनौतिको पनि सामना गर्न सहज हुनेछ । टाडिएका मित्रहरुसँगको भेटघाटले नयाँ योजना बनाउँन महत्वपुर्ण भुमिका निर्वाह गर्नेछ । नयाँ नयाँ काम गर्ने अवसर प्राप्त हुने तथा पदोन्नति हुने योग रहेको छ । कार्यक्षेत्रमा सबैको मन जित्न सकिनेछ भने तपाईको काम देखि सबै प्रभावित हुनेछन् । बिद्या तथा प्रतिश्पर्धामा प्रतिश्पर्धिहरुलाई हटाउँदै नतिजा आफ्नै पोल्टोमा पार्न सकिनेछ । माया प्रेममा सामिप्यता बडेर जानुको साथै परिवारका मानिसबाट तपाईको काममा सहयोग तथा समर्थन प्राप्त हुनेछ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) साताको सुरु र अन्तको समय राम्रो रहेकोले व्यावसायबाट प्रशस्त नाफा कमाउन सकिनेछ । पारिवारिक तथा ब्याबसायिक यात्राको क्रममा बिभिन्न ठाँउ तथा दृष्यहरुको अबलोकन गर्ने अवसर प्राप्त हुनेछ । भाग्यले साथ दिने हुदा थोरै लगानिबाट प्रशस्त आम्दानि हुने तथा सानु प्रयत्नले ठुलो काम बन्नेछ । सामाजमा तपाईको काम देखि सबै प्रशन्न हुनेछन् भने मान सम्मान तथा ईज्जत प्रतिष्ठा बढेर जानेछ । पुराना साथिभाई सँग भेटघाट गरि नँया योजना प्रस्तुत गर्न पाउँदा गर्बको महशुस हुनेछ । परिवार तथा आफन्त बाट तपाईको काममा रचनात्मक सहयोग हुनेछ । पढाई लेखाईमा सुधार हुनुको साथै खोज तथा अनुशन्धानको क्षेत्रमा राम्रो प्रगति गर्न सकिनेछ । सोमबार र मंगलबारको समय मध्ययम भएकोले हतार हतारमा काम गर्दा बिग्रन सक्छ होस पु¥याउनु होला । स्वास्थमा समस्या आई उपचार खर्च बढेर जानेछ । साथिभाई हरुले नै असहयोग गर्नेछन् भने अरुको स्वार्थको लागि प्रयोग होईनेछ । समस्या तथा चुनौतिहरुको सामना गर्नुपर्दा मानशिक तनाब बढ्नेछ ।

मिथुन (का, की, कू ,घ, ङ, छ ,के,को,हा) साता उत्तम रहेकोले न्यालयबाट हुने न्यायिक निर्णयहरु तपाईकै पक्षमा फैसला हुने हुनालेघर परिवारमा खुसियालि छाउँनेछ । प्रतिश्पर्धामा पतिश्पर्धिहरुलाई हराउँदै सम्मानजनक पद प्राप्त गर्न सकिनेछ भने बिपक्षिहरु आफै किनारा लाग्नेछन् । ब्याबसायिक यात्राको क्रममा नयाँ तथा सुन्दर दृष्यहरुको अवलोकन गर्न अवसर प्राप्त हुनेछ । नयाँ नयाँ साथिभाईहरु सँग भेटघाट गरि दिनलाई रङगिन बनाउन सकिनेछ भने माया प्रेम तथा पति पत्निबिचको सम्बन्धमा बिश्वासको बाताबरण मजभुत भएर जानेछ । पारिवारिक माहोलमा दिन बित्ने तथा मिष्टान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । बिपरित लिङग प्रतिको आकर्षण बढेर जाने तथा भौतिक सम्पति प्राप्तिको योग रहेको छ । अध्ययनमा समय दिने बिद्यार्थि वर्गहरुले थोरै समय लगानि गर्दानि उत्कृष्ट नतिजा हात पार्नेछन् । हप्ताको अन्तमा यात्राको अधिक सम्भावना रहेकोछ ।

कर्कट (ही,हू ,हे,हो,डा,डी,डु,डे,डो) नयाँ नयाँ कामको प्रस्ताब आउने तथा अल्झेर बसेका कामहरु फत्ते हुनेछन् । माया प्रेम तथा दाम्पत्य जिवनको गाठो झन् मजभुत भएर जानेछ भने जीवन साथिबाट भनेजस्तो सहयोग प्राप्त हुनेछ । अधिकार प्राप्तिको लागि गरिने संघर्षमा बिपक्षहिरुलाई हराउदै निर्णायक तहमा पुगिनेछ । बादबिवाद तथा प्रतिश्पर्धाको लडाईमा प्रतिश्पर्धिहरुले निर्बिरोध तपाईको समर्थन गर्नेछन् भने सामाजिक काम गरि अरुको मन जित्न सकिनेछ । काम गर्ने शैलि परिवर्तन गरेर आम्दानिका स्रोतहरु फराकिला पार्न सकिनेछ । थोरै स्रोत साधनको प्रयोगबाट असिमित आवस्यक्ताहरु पुरा गर्न सकिने हुनालेमन प्रशन्न रहनेछ । उत्पादन क्षेत्रमा गरिएको लागानिबाट आउने आम्दानिले भबिश्यको लागि भौतिक सम्पति तथा सवारि साधन जोड्न सकिनेछ । पढाई लेखाई अरु दिन भन्दा सुधार भएर जानेछ भने कुनैपनि प्रतिश्पर्धामा प्रतिश्पर्धिहरुलाई सजिलै हराउन सकिनेछ । बिबाह,बनभोज तथा यस्तै समारोहमा साथिहरुसँग सहभागि भई मिठा परिकार खादै रमाईलो गफ गरेर दिन कटाउन सकिनेछ ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) साताको पहिलोदिन आईतबार समय मध्ययम रहेकोले राजनिति तथा समाजसेवामा जनताको मन जित्न राम्रा काम गर्दा गर्दै पनि बिपक्षीहरुले अनाबस्यक भ्रम सिर्जना गरेर तपाईको साख गिराउन खोज्नेछन् ख्याल गर्नुहोला । सोमबारबाट समय राम्रो रहेकोले सवारि साधन तथा भौतिक सम्पति लाभ हुने तथा चिठ्ठा पर्ने योग रहेकोछ । बौद्धिक कार्यमा सहभागि भई बौद्धिक तथा प्राज्ञिक ब्यात्तित्व सामु गतिलो प्रश्तुति पस्कने अवसर प्राप्त हुनेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा सकारात्मक नतिजा आउँने हुनालेमन प्रशन्न हुनेछ । नयाँ नयाँ कामको प्रस्ताब आउने तथा अल्झेर बसेका कामहरु फत्ते हुनेछन् । माया प्रेम तथा दाम्पत्य जिवनको गाठो झन् मजभुत भएर जानेछ भने जीवन साथिबाट भनेजस्तो सहयोग प्राप्त हुनेछ । ऋण,रोग तथा सत्रुबाट छुटकारा मिल्नेछ । संकट ब्याबस्थापनका लागी चालिएको कदमबाट सकारात्मक नतिजा आउने हुनालेमन प्रशन्न रहनेछ

कन्या (टो,पा,पी,पु,ष,ण,ठ,पे,पो) साताको सुरु र अन्तको समय राम्रो रहेकोले पराक्रम बढ्ने हुनाले आटिलो तथा शाहसिलो काम गर्न जोस जागर बढेर जानेछ । उद्योग,व्यापार व्यावसायमा गरिएको लगानिबाट भरपुर आम्दानि गर्न सकिनेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा सकारात्मक नतिजा आउँने हुनालेमन प्रशन्न हुनेछ । साथिभाई तथा परिवारका सदस्यहरुबाट आर्थिक तथा भावनात्मक सहयोग हुनेछ । व्यावसायबाट भनेजस्तो नाफा कमाउँन सकिने हुनालेअन्य क्षेत्रमा पनि रुपैया पैसा लगानि गर्न आट आउँनेछ । सोमबार र मंगलबारको समय मध्ययम रहेकोले सामाजिक तथा राजनितिक बिषयहरुको उठान आज नगर्नु नै उचित हुनेछ किनकि त्यस्ता बिषयसँग सम्बन्धित मुद्दाहरु आज किनारा लाग्ने छैनन् । आफ्नो भन्दा अरुकै काममा समय बित्ने हुदा आफ्नो काम थाति रहनेछन् । लामो दुरिको यात्रा हुने अधिक सम्भावना रहेकोछ । घर परिवार तथा आफन्त सँग छुट्टिएर यात्राको तय गर्नुपर्दा मनमा खिन्नता पैदा हुनेछ ।

तुला ( रा,री,रु,रे,रो,ता,ती,तू ,ते) पारिवारिक जमघटमा सहभागि भई मिष्टान्न भोजन ग्रहण गर्ने अवसर मिल्नेछ । कुटुम्ब सँगको सम्बन्धमा नयाँ आयामको बिकास हुनेछ । दाजुभाई तथा छिमेकिसँग गरिने व्यावसाय फस्टाएर जाने हुनाले प्रशस्त नाफा कमाउँन सकिनेछ भने अरुलाई प्रभाबित पारेर सजिलै काम लिन सकिनेछ । छोटो तथा रमाईलो यात्राको तय हुनेछ । जिवन शैलिमा सुधार हुनुको साथै समयको महत्व बुझ्दा अगाडि बढ्न सहज हुनेछ । सवारि साधन तथा घर जग्गाको खरिद बिक्रिबाट मनग्गे आम्दानि गर्न सकिनेछ । खोज तथा अनुशन्धानको क्षेत्र बलियो रहन तथा बिद्या तथा प्रतिश्पर्धामा सफलता प्राप्त हुनेछ । माया प्रेममा आफ्नो मायालुसँग दिनभरु सँगै रहेर भलाकुसारि गर्ने अवसर प्राप्त हुनेछ । कृषि तथा सहकारि क्षेत्रलाई समय सापेक्ष परिमार्जन गरि भने जस्तो रुपैया पैसा कमाउँन सकिनेछ । राजतिति तथा समाजसेवामा जनताको गतिलो समर्थन प्राप्त हुने हुदा मन प्रशन्न रहनेछ । साताको अन्तको समय मध्ययम रहेकोले खानपानमा ध्यान दिनुहोला । बिदेश यात्राको गतिलो योग रहेकोछ ।

बृश्चिक (तो,ना,नी,नू ,ने,नो,या,यी,यू) धार्मिक प्रतिष्ठान तथा मन्दिर तिरको यात्राको तय गर्न सकिनेछ । कार्यक्षेत्रमा तपाईको प्रखर बोलिले सबैको मन जित्नेछ भने सार्वजनिक बिषयबस्तुको राम्रो सँग अध्ययन गरि गरिने निर्णयलाई सबैले सम्मान गर्नेछन् । गित संगित तथा मोडलिङ पेशा व्यावसाय अगाल्नेहरुलाई आजको दिन मनग्गे आम्दानि हुनेछ । पारिवारिक माहोलमा दिन बित्ने हुदा मन प्रशन्न रहनुको साथै मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । छोटो,रमाईलो तथा अर्थपुर्ण यात्राको तय गर्न सकिनेछ । लामो समय देखि अल्झेर बसेका बिवादित बिषयहरु हल भएर जानेछन् भने अदालत तथा न्यायलयबाट हुने न्यायिक निणय हरु तपाईकै पक्षमा हुनेछन् । मनग्गे रुपैया पैसा कमाईने हुदा अन्य क्षेत्रमा लगानि गर्ने जोस जागर आउँनेछ । पढाई लेखाइमा दुई चार कदम अगाडि बढेर प्रतिश्पर्धिहरुलाई हराउँदै नतिजा आफनो पक्षमा पार्न सकिनेछ ।

धनु (ये,यो,भा,भी,भू ,ध,फा,ढा,भे) साताको पहिलो दिन अर्थात आईतबारको समय मध्ययम रहेकोले कार्यक्षेत्रमा आफुभन्दा अग्रज ब्यात्तित्वहरु सँग सैद्धान्तिक बिषयमा राय बाजिनेछ । आर्थिक अभावले कामहरु समयमा सम्पादन नहुदा मानशिक तनाब बढ्नेछ । सोमबारबाट जीवन साथिसँग रमाईलो स्थानको अवलोकन गर्न लामो दुरिको भ्रमण तय हुनेछ भने ब्याबसायिक यात्राको प्रशस्त सम्भावना रहेको छ । धार्मिक यात्राको प्रशस्त सम्भावना रहेकोछ । नयाँ कामको थालनि हुने तथा आर्थिक उन्नतिमा नयाँ अवसरहरु मिल्नेछन् । सम्मानित काम गरेर समाजमा नाम,दाम तथा ईज्जत प्रतिष्ठा कमाउँन सकिनेछ । तपाईको कामबाट बिशिष्ट ब्याक्तित्वहरु प्रफुल्लित हुनेछन् । राजनितिकर्मी तथा समाजसेवीहरुले जनताको काम गरेर प्रसिद्धि कमाउँने समय रहेको छ भने अरुलाई प्रभावमा पारेर आफ्नो काम फत्ते गर्न सकिनेछ । नयाँ काम पाउँने तथा गरिरहेको काममा बढुवा हुने योग रहेको छ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) साताको शुरु र अन्तको समय राम्रो रहेकोले थोरै पुँजी तथा सिमित स्रोत साधनबाट असिमित आवस्यकता पुरा गर्न सकिनेछ । आर्थिक सवालमा उठ्ने प्रश्नहरुको हल हुनेछ भने आम्दानिका नयाँ नयाँ बाटाहरु फेला पर्नेछन् । मान सम्मान तथा ईज्जत प्रतिश्ठामा बृद्धि भएर जानेछ भने महत्वपुर्ण जिम्मेवारि सम्पादन गर्ने जिम्मा तपाईको काँधमा आउनेछ । कला,साहित्य तथा नृत्य प्रतियोगितामा सहभागि भई प्रतिश्पर्धिहरुलाई हराई नतिजा आफ्नो पोल्टोमा पार्न सकिने हुनालेआफन्त तथा साथिभाईहरु खुसि हुनेछन् । माया प्रेम तथा पति पत्निबिच बिश्वासको बाताबरण बढेर जानेछ । सोमबार र मंगलबारको समय मध्ययम रहेकोले आफन्त तथा चेलीमाईति बिच राय बाजिनेछ । सवारि साधनको प्रयोग गर्दा ध्यान दिनुहोला । ऋण,रोग तथा संकटले सताउँनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू ,से,सो,दा) नयाँ नयाँ काम पाउँने तथा नोकरिमा बढुवा हुने योग रहेको छ । निर्णय क्षमतामा बृद्धि भएर जाने तथा कार्यालयमा तपाईको निर्णय क्षमताको उच्च कदर हुनेछ । पढाई लेखाईमा अरुलाई पछि पारि नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ । बिभिन्न किसिमका मानव निर्मित भौतिक साधनहरु लाभ हुनेछन् । प्रेम प्रशङगले यो साता रमाईलोका साथ बित्नेछ भने ईच्छित कामनाहरु पुरा हुने समय रहेको छ । अधुरा कामहरु पूरा हुनुका साथै नयाँ कामका अवसर आउनेछन् । व्यापार व्यावसायमा प्रशस्त आम्दानि हुनेछ । बिषेश गरि तरल पदार्थ तथा खनिज पदार्थ सँग सम्बन्धित बस्तुहरुको व्यावसाय फस्टायर जानेछ भने आम्दानिका नयाँ नयाँ स्रोतहरु फेला पर्नेछन् । हप्ताको अन्तमा भौतिक सम्पति तथा हार्डवयेर सँग सम्बन्धित काम गर्दा ध्यान दिनुहोला ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) पढाई लेखाईमा राम्रो प्रगति हुनेछ भने बौद्धिक कार्यमा सहभागि भई आफ्नो गतिलो प्रश्तुति पस्कने अवसर प्राप्त हुनेछ । परिवार तथा सन्तानबाट तपाईले गरेको काममा सहयोग हुनेछ । माया प्रेममा बिश्वासको बाताबरण बढेर जानेछ भने पति पत्निबिच मायाको डोरो झनै कसिलो हुनेछ । न्यायलयबाट हुने न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुनेछन् । बादबिवाद, प्रतिश्पर्धा तथा मुद्दा मामिलामा तपाईकै जित निश्चित छ । उद्योग व्यापार व्यावसायबाट मनग्गे आम्दानि हुने हँुनाले मन प्रशन्न रहनेछ । लेखन कलाको बिकाश हुनेछ भने लेखेरै आफ्ना कुराहरु जनमानसमा लैजान सकिनेछ । आत्मिय मित्रहरुबाट भने जस्तो आर्थिक तथा भावनात्मक सहयोग मिल्नेछ । साताको अन्तमा लामो दुरिको व्यावसायिक यात्रा हुने प्रवल योग रहेकोछ ।

तपाईको दिन शुभ रहोस ।

यो पनि – आजको राशिफल : वि.सं.२०७८ साल साउन १६ गते । शनिबार । ईश्वी सन् २०२१ जुलाई ३१ तारिख

वि.सं.२०७८ साल साउन १६ गते । शनिबार । ईश्वी सन् २०२१ जुलाई ३१ तारिख । नेपाल संवत् ११४१ । राक्षस संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४२ । श्रावण कृष्णपक्ष । तिथि– सप्तमी, बिहान ०६ बजेर ४६ मिनेट उप्रान्त अष्टमी । नक्षत्र– अश्विनी, बेलुकी ०६ बजेर २८ मिनेट उप्रान्त भरुणी । योग– शूल, बेलुकी ११ बजेर ३८ मिनेट उप्रान्त गंड । करण– बव,बिहान ०६ बजेर ४६ मिनेट उप्रान्त बालव,बेलुकी ०७ बजेर ३३ मिनेट उप्रान्त कौलव । आनन्दादिमा–सौम्य योग । चन्द्रराशि–मेष । काठमाडौंमा सूर्योदय बिहान ०५ बजेर २७ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ५१ मिनेट । दिनमान ३३ घडी ३३ पला ।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) राजनिति तथा सामाजिक प्रभाव बढ्ने हुनाले मान सम्मानमा बृद्धि हुनेछ । नियमित आय आर्जन हुने काममा समय लगानि गरि मनग्गे आम्दानि गर्न सकिनेछ । पति पत्निबिच सुमधुर सम्बन्ध स्थापीत हुने हुनाले दैनिकी सहज रुपमा अगाडि बढ्नेछ । समय राम्रो रहेकोले पहिले तपाई सँग प्रतिष्पर्धा गर्नेहरु सहयोगी भई आउनेछन् । दैनिक उपभोग्य बस्तु ,औषधी तथा अनलाईनबाट सप्लाई हुने सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) स्वास्थ्य सम्बन्धि सामान्य समस्याले सताउँन सक्छ खानपानमा ध्यान दिनुहोला । जुझारु साथिहरुको संगतले नयाँ कुराको खोज तथा अनुशन्धान गर्ने जागर आउँनेछ । बिद्या तथा प्रतिश्पर्धामा प्रतिश्पर्धिहरुलाई हराउँदै चाहेको गन्तब्यमा पुग्न सकिनेछ । शुभ तथा मांगलिक सभा समारोहमा सहभागि भई स्वादिष्ट भोजनका साथ दिन कटाउँन सकिने हुँदा मन प्रशन्न रहनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) समस्या तथा चुनौतिहरुको सामना गर्नुपर्दा मानशिक तनाब बढ्नेछ । प्रतिश्पर्धिहरु हरेक क्षेत्रमा हावि हुने हुनाले समयमा काम सकाउन मुस्किल पर्नेछ । अध्ययन तथा अनुशन्धानको क्षेत्र कमजोर हुने हुँनाले तपाईको कमजोरिको अरुले फाईदा उँठाउन सक्छन् । माया प्रेम तथा पति पत्निबिचमा अरुको नकारात्मक टिका टिप्पणीले अबिस्वास पैदा हुनेछ ख्याल गर्नुहोला ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) माता पिताको कामबाट मन प्रशन्न हुनेछ भने भनेजस्तो सहयोग पाईने हुनाले दैनिक काम सहज रुपमा सम्पन्न हुनेछ । राजनिति तथा समाजसेवामा मान सम्मान प्राप्त हुनेछ भने उच्च पद तथा राज्यको सेवा सुबिधा प्रयोग गरि सम्पन्न हुने योग रहेकोछ । अनुशासित तथा सत्कर्म मार्फत आफ्नो साख बढाउन सकिनेछ । व्यापारमा लगानि गरि रोजगारिका अवसरहरु सिर्जना गर्न सकिनेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) सिर्जनात्मक तथा लेखन शैलिमा बिकास हुनेछ भने अध्ययन अध्यापनमा बिजयको योग रहेकोछ । आफ्ना गुरु तथा अग्रजहरुको आशिर्बाद पाईने हुदा मनमा एक किसिमको उमङग पैदा हुनेछ । धार्मिक तथा शैक्षिक यात्रा हुनेछ भने धर्म कर्ममा ध्यान जानेछ । साथभाईको सहयोगले राम्रा तथा परिणाममुखि काम गर्न सकिनेछ । आफ्नो सस्कार तथा सस्कृतीको जगेर्ना गर्ने काममा समय दिनु पर्नेछ । लामो दुरिको धार्मिक तथा शैक्षिक यात्राको तय हुनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) भौतिक सम्पति तथा सवारि साधनको कारोबार गर्दा वा प्रयोग गर्दा ध्यान दिनुहोला समय मध्ययम रहेकोछ । अन्य क्षेत्र मध्ययम रहेपनि बैक तथा बित्तिय क्षेत्रमा गरिएको लगानि सुरक्षित हुनेछ । अध्ययन अध्यापनमा मन जाने हुनाले चाहेको उपलब्धि हासिल गर्न सकिनेछ । आटेको काम तत्काल नहुने योग रहेको भएपनि पछिको लागि जग बसाउने मौका मिल्नेछ । आफन्त तथा घरका मानिससँग सामान्य कुारामा राय बाजिने वा बिवाद हुने योग रहेकोछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) आज गरिने सकारात्मक प्रयासहरु सफलता पुर्वक सम्पन्न हुनेछन् । थोरै स्रोत साधनको प्रयोगबाट असिमित आवस्यक्ताहरु पुरा गर्न सकिने हुँनाले मन प्रशन्न रहनेछ । उत्पादन क्षेत्रमा गरिएको लागानिबाट आउने आम्दानिले भबिश्यको लागि भौतिक सम्पति तथा सवारि साधन जोड्न सकिनेछ । बिबाह,बनभोज तथा यस्तै समारोहमा साथिहरुसँग सहभागि भई मिठा परिकार खादै रमाईलो गफ गरेर दिन कटाउन सकिनेछ ।

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) आफन्त तथा मावलि पक्षबाट हरेक क्षेत्रमा सहयोग तथा समर्थन पाईने योग रहेकोछ । न्यालयबाट हुँने न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुने हुनाले खुसिले उचाई नाघ्नेछ । बिद्या तथा प्रतिश्पर्धामा प्रतिश्पर्धिहरुलाई किनारा लगाउँदै नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ । सत्रु परास्त हुनेछन् भने व्यापार व्यावसायमा प्रशस्त आम्दानि हुनेछ । पुराना ऋण,रोग तथा सत्रुबाट छुट्करा पाईने हुनाले मन प्रशन्न हुनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) कार्यक्षेत्रमा थोरै समय लगानि गर्दा पनि उत्कृष्ट नतिजा हात लाग्ने हुनाले मन प्रशन्न हुनेछ । अध्ययन तथा अध्यापनमा बढिनै समय दिएमात्र नतिजा आफुतिर ल्याउन सकिनेछ । ईच्छाशक्ति एवम् लगनशिलताले व्यावसायिक मार्ग अबलम्बन गर्नुका साथै आए आर्जनका बिभिन्न स्रोतहरु प्राप्त हुनेछन् । बिहानको समय मध्ययम रहेकोले आफन्त तथा आमासँग विवाद हुने योग रहेकोछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) खर्च बढ्ने तथा उपलब्धि हात नलाग्न सक्छ ध्यान दिनुहोला । पढाई लेखाईमा मन नजाद अरु भन्दा पछि परिनेछ । आमा तथा आफन्तबाट टाडिएरु लामो यात्रा गर्नुपर्दा मन खिन्न हुनेछ । प्रेममा रमाउने चाहनेहरुका लागि समय उत्तम नहुन सक्छ । कृषि तथा पशुपालन व्यावसायबाट भने आम्दानि गर्न सकिनेछ । घर जग्गा तथा सवारि साधनको कारोबार गर्दा ध्यान दिनुहोला ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) प्रेम प्रशङगमा रमाउने समय रहेको छ भने एक आपसमा भेटघाट गरि मिठा मिठा कुरा गरि दिन बिताउन सकिनेछ । आत्मिय मित्र तथा आफन्तको साथमा छोटो तथा रमाईलो यात्राको क्रममा नयाँ नयाँ दृष्यहरुलाई कैद गर्न सकिनेछ । बादबिवाद तथा प्रतिस्पर्धामा तपाईकै जित हुनेछ भने न्यालयबाट हुने न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुनेछन् । सार्वजनिक महत्वको बिषय उठान गर्दा दाजुभाई तथा छिमेकिसँग परामर्श लिएर अगाडि बढ्दा कामहरु समयमानै फत्ते हुनेछन् ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) पारिवारिक माहोलमा जमघट भई रमाईलो गर्दै मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । व्यापारमा बृद्धि हुने तथा मनग्गे नाँफा कमाउँन सकिनेछ । आर्थिक अवस्था सुदृड हुने हुनाले दैनिक सहज मात्रामा अगाडि बढ्नेछ । माया प्रेममा नजिक हुन सकिने तथा मिल्ने मित्रको साथ पाईने हुनाले मन प्रशन्न हुनेछ । बोलेर गर्ने कुनै पनि पेशा व्यावसाय फस्टाएर जानेछ ।

तपार्ईँको दिन शुभ रहोस् ।

प्रतिक्रिया दिनुहोस