‘द भ्वाइस अफ नेपाल’ को आजको ताजा एपिसोड हेर्नुहोस (भिडियो)


काठमाडौं । चर्चित गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’ को सिजन ३ ले फाइनालिस्ट प्रतिभा पाएको छ । शुक्रबार साझ भएको भोटिङको रिजल्ट अनुसार द भ्वाइसले टप ४ प्रतिभाहरु पाएको हो । सेमिफाइनलमा द भ्वाइसको फर्म्याट अनुसार चार कोचहरुबाट एक एक जना प्रतिभाहरु फाइनलका लागि छानिएका हुन् ।

टिम तृष्णाबाट अफ्रिता खड्गीलाई उछिन्दै ज्वाला राई फाइनलमा प्रवेश गरेका छन् । टीम प्रमोदबाट सिक्किमका रवि गहतराजलाई उछिन्दै अमेरिकाबाट आएका किरण गजमेर फाइनलमा प्रवेश गरेका छन् । टीम राजुबाट काठमाडौका सोनाम शेर्पालाई उछिन्दै बाग्लुङकी तारा श्रीष मगर फाइनल प्रवेश गरेकी छिन् । त्यस्तै टीम दीपबाट बुटबलका गोविन्द पुनलाई उछिन्दै दार्जलिङका आर्यन तामाङ फाइनल प्रवेश गरेका छन् ।

एसएमएस र प्रभु पे मार्फत देश विदेशबाट एक साता गरेको भोटिङका आधारमा यी फाइनालिस्टहरु छानिएका हुन् । अर्को शनिबार हुने ग्राण्ड फिनालेको लागि भोट गर्न आज शनिबार यी चार फाइनालिस्टले आफ्नो प्रस्तुति दिने छन । र पब्लिक भोटको आधारमा अर्को साता द भ्वाइस अफ नेपाल सिजन ३ को बिजेता घोषणा हुने छ । ग्राण्ड फिनालेमा पुगेका चार फाइनलिस्टसंग आज गरिएको कुराकानी यहाँबाट हेर्नुहोस ।

प्रतिक्रिया दिनुहोस