काठमाडौँ, ४ भदौ (रासस) : माइक्रोफाइनान्स एसोसियशन अफ नेपालले शाखा कार्यालय विस्तार गर्दा सदस्यमा दोहोरोपना नहुने गरी कार्यक्रम सञ्चालन गर्ने भएका छन् । संस्थाको आज सम्पन्न अन्तरक्रियापछि जारी संयुक्त विज्ञप्तिअनुसार कर्मचारीको नियुक्ति गर्नुपूर्व अघिल्लो लघुवित्त संस्थाको राजीनामा स्वीकृति प्राप्त भएको पत्र लिने र कर्मचारीको दक्षता अधिवृद्धि कार्यक्रम सञ्चालन गरी समय सान्दर्भिक सेवा सुविधा प्रदान गर्ने सहमति भएको छ ।
सूचना प्रविधिको अधिकतम उपयोग गरी संस्थाको लागत कम गर्ने, ग्राहक सदस्यलाई पारदर्शीरुपमा कारोबारको जानकारी गराउने, अनुगमन र निरीक्षण, ऋण विश्लेषण तथा सदुपयोगिता परीक्षणको प्रभावकारीता वृद्धि गर्ने सहमति भएको संस्थाका अध्यक्ष जगतबहादुर पोखरेलले जानकारी दिनुभयो । यस्तै, लघुवित्त क्षेत्रलाई दिगोरूपमा सञ्चालन गर्न ग्राहक संरक्षणका सिद्धान्तको परिपालना गर्ने, कर्जा सूचना केन्द्रमार्फत अनिवार्य अनलाइन सूचना प्रदान गर्न सहमत भएको जारी विज्ञप्तिमा उल्लेख छ ।
यस्तै, जिल्ला समन्वय समिति, गाँउपालिका, नगरपालिकालगायत अन्य प्रशासनिक निकायका पदाधिकारीलाई लघुवित्त कार्यक्रमको प्रभावकारीतासम्बन्धी जानकारी तथा समन्वय गर्ने, सामाजिक कार्यक्रमको प्रवद्र्धन गर्न विभिन्न प्रकारका कार्यक्रम गर्ने र लगानीकर्तालाई लघुवित्तसम्बन्धी महत्वकाबारे जानकारी गराउनेलगायत विषयमा सहमति भएको उल्लेख छ ।
यो पनि – सीमा नाकाबाट चार लाखको रुद्राक्ष माला बरामद
कञ्चनपुर, ४ भदौ (रासस) : सशस्त्र प्रहरीले सीमा नाका त्रिनगर (डोकेबजार) क्षेत्रबाट रु चार लाख मूल्य बराबरको भारत तस्करी हुनलागेको रुद्राक्षमाला आज बरामद गरेको छ ।बोर्डर आउट पोष्ट डोकेबजारबाट सशस्त्र प्रहरी सहायक निरीक्षक बनबिचारी मल्लको कमाण्डमा खटिएको गस्ती टोलीले भन्सार छलेर भारततर्फ लैजाँदै गरेको बेवारिसे अवस्थाको एक हजार ८६० वटा माला (२०० किलो) बरामद गरेको हो ।
बरामद रुद्राक्ष त्रिनगर भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीबल नेपाल नम्बर ३५ गण हेडक्वार्टर शैलेश्वरीका सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर ऐरले बताउनुभयो । रुद्राक्ष मालाको अवैध कारोवारमा संलग्नको खोजी जारी रहेको उहाँको भनाइ छ ।



प्रतिक्रिया