नेप्सेमा ४८ अङ्कको गिरावट, कारोबार रकमसमेत घट्यो

नेप्सेमा ४८ अङ्कको गिरावट, कारोबार रकमसमेत घट्यो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मङ्गलबारजस्तै धितोपत्र बजारमा आज पनि शेयर कारोबार मापक नेप्से परिसूचक उच्च अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ४८.४४ अङ्कले घटेर तीन हजार ७६.४४ मा ओर्लेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ९.६७ विन्दुले घटेर ५६७.९९ मा ओर्लेको छ । नेप्सेसँगै कारोबार रकमसमेत आज खुम्चिएको छ । कूल २२७ कम्पनीको एक करोड ९५ लाख ९९ हजार ८९ कित्ता शेयर रु १२ अर्ब नौ करोड २१ लाख तीन हजार ५०४ मूल्यमा खरिद बिक्री भए । बुधबारको कारोबारपछि बजार पूँजीकरणसमेत ओरालो लागेको छ । नेप्सेका अनुसार कूल रु ४२ खर्ब ९८ अर्ब ४० करोड ८९ लाख ६० हजार बराबर पुगेको छ ।

नेप्सेका अनुसार आज कारोबार भएका १३ वटै उपसमूहको शेयर मूल्यमा गिरावट आएको छ । बैंकिङ २९.४७, व्यापार ४१.१९, होटल तथा पर्यटन ५१.३१, विकास बैंक १६५.५९, जलविद्युत् १३.४, वित्त २१.२९, निर्जीवन बीमा ४२२.५३, उत्पादन १६२.६५, अन्य ३२.७२, लघुवित्त ५७.१, जीवन बीमा ३५४.७४, सामूहिक लगानी कोष ०.१८ र लगानी २.२२ विन्दुले ओरालो लागेका छन् ।

कारोबारका आधारमा अरुण काबेली पावर शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु ४८ करोड ७१ लाख पाँच हजार ३४६ बराबरको कारोबार भयो । यस्तै रिडी हाइड्रोपावर रु ४८ करोड ७० लाख ६५ हजार २१८, अरुण भ्याली हाइड्रोपावर रु ४६ करोड ७१ लाख ११ हजार ३०७, नेशनल हाइड्रोपावर रु ३६ करोड २८ लाख १० हजार ४४१ र आइसिएफसी फाइनान्स रु ३५ करोड ९७ लाख ८० हजार २३२ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।

नेप्सेका अनुसार जीवन विकास लघुवित्त र आइसिएफसी फाइनान्सको शेयर मूल्यमा १० प्रतिशतको वृद्धि भई सकारात्मक सर्किट लाग्यो । माउण्टेन इनर्जी नेपाल ७.६९, दिव्यश्वरी हाइड्रोपावर ३.२६ र साधना लघुवित्तका लगानीकर्ताले २.७१ प्रतिशतले कमाए । यस्तै खानीखोला हाइड्रोपावर ९.९८, जानकारी फाइनान्स ६.०६, जनरल इन्स्योरेन्स कम्पनी ५.६९, नेपाल फाइनान्स ५.५६ र हिमालयन पावर पार्टनरका लगानीकर्ताले ५.५५ प्रतिशतले गुमाए ।