प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले ला’गूऔ’षधको अबैध ओसारपसार र प्रयोग विश्वकै साझा चुनौती भएको बताउनुभएको छ । उहाँले ला.गूऔ.षध उत्पादन, खरिद बिक्री, सञ्चय, ओ.सारपसार र उपभोगको वृद्धि हुँदै जानुले समस्या बढाइरहेको उल्लेख गर्दै कुलतमा फसेका युवालाई राष्ट्र निर्माणको बाटोमा ल्याउनु सबैको सामाजिक दायित्व रहेको बताउनुभयो ।
आसरा सुधार केन्द्र रानीबारीको २५ औँ वार्षिकोत्सव तथा रजतजयन्ती समारोहमा प्रहरी महानिरीक्षक थापाले लागूऔषध सेवनकर्ताको उपचार र पुनःस्थापनाको जिम्मेवारी नेपाल प्रहरीको कार्यक्षेत्रभन्दा बाहिर रहे पनि नेपाल प्रहरी श्रीमती सङ्घद्वारा सञ्चालित केन्द्रले स्थापनाकालदेखि नै पुनःस्थापन कार्यक्रम अघि बढाएकोमा प्रशंसा गर्नुभयो । ला.गूऔ.षध दु.व्र्यसनमा फसेका मानिसलाई नयाँ जीवन दिन केन्द्र सफल भएको उहाँले बताउनुभयो ।
केन्द्रकी अध्यक्ष सिर्जना थापाले सोही केन्द्रमा उपचाररत सदस्यलाई शा.रीरिक व्यायम तथा प्रशिक्षण प्रदान गर्न बनाइएको व्यायमशालाको उदघाटन गर्नुभयो । सो अवसरमा केन्द्रका परामर्शदाता तथा बाह्य प्रशिक्षक, आसरा सुधार केन्द्र पानवारी धरान र महिला आसरा सुधार केन्द्र तिलगङ्गालाई प्रशंसापत्र प्रदान गरिएको थियो । उहाँले नेपाल पुलिस स्कुल सामाखुशीमा अध्ययनरत दुई विद्यार्थीलाई एक वर्षको मासिक छात्रवृत्ति प्रदान गर्नु भएको थियो । समारोहमा केन्द्रकी पूर्व अध्यक्ष सीमा अर्याल, पूर्व प्रहरी नायव महानिरीक्षक विमला थापा र केन्द्रकी पूर्व सचिव रम्भा लामालाई सम्मान गरिएको थियो ।
यो पनि – रोकिएन मोटरसाइकल चोरी
प्रहरीले सादा पोशाकमा प्रहरी परिचालन गरेर नियन्त्रण अभियान चलाए पनि मोटरसाइकल चोरी हुनेक्रम भने रोकिएको छैन । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार दैनिकरुपमा नै मोटरसाइकल चोरी भएको निवेदन पर्ने गरेको छ । कतिपय घरबाटै र कतिपय अवस्थामा पार्किङ गरेर राखिएको ठाउँबाटै मोटरसाइकल चोरी भएका छन् ।
मोटरसाइकल धनीको असावधानीका कारण पनि चोरी भएको पाइएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले जानकारी दिनुभयो । आज मात्रै महाशाखाले काठमाडौँको थलीबाट चोरीका मोटरसाइकलसहित तीन जनालाई पक्राउ ग¥यो । महाशाखाबाट सादा पोशाकमा खटिएको ट्राफिक प्रहरी टोलीले चोरेर लगिरहेको अबस्थामा वाग्मती प्रदेश ०२–०१५प ६१७२ नम्बरको मोटरसाइकलसहित सिन्धुपाल्चोक पाँचपोखरीका विजय धिताललाई कागेश्वरी–मनहरा नगरपालिका– ५ थलीबाट नियन्त्रणमा लिएको हो ।
खोटाङ घर भई काँडाघारी बस्ने सञ्जिव राईले विहीबार साँझ पार्किङ गरेर राखेको अबस्थामा लभडाँडाबाट हराएको निवेदनको आधारमा खोजतलास गर्दै जाँदा उक्त मोटरसाईकल सहित धिताल पत्रार परेका हुन् । उनीमाथिको अनुसन्धानका क्रममा सिन्धुपाल्चोक मेलम्ची घर भई साँखु बस्ने वर्ष २६ को जीतबहादुर र २४ वर्षे बिष्णु तामाङसमेत भई चोरी गरेको र उनीहरुसँग अर्को चोरीको मोटरसाइकलसमेत रहेको खुल्न आएको थियो ।
खोजी गर्ने क्रममा भदौ १५ गते कोटेश्वरबाट हराएको मोटरससाइकलसमेत बरामद गरिएको छ । तारकेश्वर बस्ने सुमन धितालको प्रदेश ३–०२–००१प ७२८६ नम्बरको उक्त मोटरसाइकलमा नम्बर परिवर्तन गरी प्रदेश ३–०२–००७ प ८४९४ रहेको अबस्थामा बरामद भएको थियो । चोरी गर्ने दुवै दाजुभाइ भएको खुल्न आएको छ । पक्राउ परेका तीनै जनालाई थप कारवाहीका लागि महानगरीय प्रहरीवृत्त बानेश्वरमा पठाइएको छ । यसरी चोरी भएका मोटरसाइकलमध्ये केही प्रतिशत मात्रै फेला पर्ने गरेको छ । आजमात्रै ट्राफिक प्रहरीले फेला पारेका २४ मोटरसाइकल सम्बन्धित धनीलाई जिम्मा लगाएको छ ।
महाशाखाका प्रमुख भट्टराईले विशेष सूचना सङ्कलन र निगरानी गरी उपत्यका तथा आसपासको इलाकाबाट ती मोटरसाइकल बरामद गरी चोरीमा संलग्न मानिसलाई समेत पक्राउ गरिएको जानकारी दिनुभयो । उहाँले सवारी साधनको चोरी न्यूनीकरण एवं नियन्त्रण गर्ने अभियान जारी रहेको जानकारी गराउँदै सुरक्षाका उपाय अपनाउन पनि सवारी धनीसँग अनुरोध गर्नुभएको छ ।



प्रतिक्रिया