हवाई आ.क्रमणमा परी नाइजेरियामा नौको मृत्यु, २३ जना घाइते

हवाई आ.क्रमणमा परी नाइजेरियामा नौको मृत्यु, २३ जना घाइते

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नाइजेरियामा भएको हवाई आ.क्रमणमा परी कम्तीमा नौ जनाको मृत्यु भएको छ भने अरु २३ जना घाइते भएका छन् ।  आपतकालिन सेवासम्वन्धी सरकारी निकायका अधिकारीले शुक्रबार दिएको जानकारी अनुसार घटनामा परी नि.र्दोष आम नागरिक बढी पिडित भएका छन् । नाइजेरियाली विमानले यही हप्ताको सुरुमा आ.क्रमण गरेको सरकारी अधिकारीहरूले पुष्टि गरेका छन् ।

बोको हराम र इस्लामिक स्टेटमा आवद्ध व्यक्तिहरू रहेको सूचनाका आधारमा आ.क्रमण गरिएको समाचारमा जनाइएको छ । वि.द्रोहीहरूलाई लक्षित गरेर आ.क्रमण गरेको भएपनि आम सर्वसाधारण समेत पर्नुलाई सरकारी अधिकारीहरूले ‘भूलवस भएको कमजोरी’को रुपमा लिएका छन् । सन् २००९ देखि नाइजेरियामा जिहादी वि.द्रोहीहरुसँग सरकारी सुरक्षाकर्मीहरुको भि.डन्त हुदै आएको छ । सरकार वि.द्रोहीबीचको द्व.न्द्वका कारण अहिलेसम्म ४० हजारभन्दा बढीको मृत्यु भएको छ ।

त्यसैगरी द्वन्द्वमै परेर अरु झण्डै २० लाख मानिस आफ्नो घरबाट विस्थापित भएको पनि सरकारी अधिकारीहरूले जनाएका छन् ।ल.डाकू विमानले बुधबार योबे राज्यको बुहारी गाउँमा आ.क्रमण गरेको हो । घटनास्थल छिमेकी मुलुक नाइजरसँगको सिमा क्षेत्रमा पर्दछ । त्यस ठाउँमा कम्तीमा १० जनाको मृत्यु भएको थियो भने अरु कम्तीमा १९ जना घाइते भएको स्थानीयले बताएका छन् ।

तर योबे राज्यको विपद व्यवस्थापन प्रमुख मोहम्मद गोजेले कम्तीमा नौ जनाको मृत्यु भएको शुक्रबार पुष्टि गर्नुभयो ।“घटनामा परी अन्य कम्तीमा २३ जना घाइते भएका छन्, घाइते हुनेमा महिला, बालबालिका र पुरुष पनि रहेका छन्,” घटनास्थलको भ्रमणबाट फर्केका गोजेले भन्नुभयो । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको पनि उहाँले जानकारी दिनुभयो । घाइतेहरूको राज्य राजधानी डामातुरुमा रहेको अस्पतालमा उपचार भइरहेको पनि उहाँले बताउनुभयो ।

यो पनि – यमनमा २५ हुथी विद्रोही र २० सैनिकको मृत्यु

१ असोज (रासस÷सिन्ह्वा) ः यमनको आदेन क्षेत्रमा गएको २४ घन्टा यता भएका भिडन्तहरुमा परी कम्तीमा पनि २५ जना हुथी विद्रोही र २० जना यमनी सैनिकको ज्यान गएको छ । यमनको मध्य क्षेत्रीय प्रान्त अल बायदामा सो भिडन्त भएको थियो । उक्त क्षेत्रमा यहाँको सैनिकले हुथीहरुका विरुद्धमा कारबाही चलाएको थियो । यमनमा कतिपय नगरहरु हुथी विद्रोहीहरुले कब्जा गर्दै आएपछि सो मध्यक्षेत्रमा पनि उनीहरुले प्रभाव बढाउन थालेका छन् । यही सूचनाको आधारमा यहाँको सेनाले सो क्षेत्रमा कारबाही अघि बढाएको थियो । त्यसक्रममा भएका भिडन्तमा परेर ती सैनिक विद्रोही मारिएका हुन् ।

उता विद्रोहीहरुले पनि सेनामाथि आक्रमण गरेका थिए । त्यसक्रममा कम्तीमा पनि २० जना यमनी सैनिक मारिएका बताइएको छ । सो क्षेत्रमा केही समय यतादेखि विद्रोहीहरुले आफ्ना क्रियाकलापहरु बढाएका र सरकारका सुरक्षा निकायहरुले पनि निगरानी राखिरहेको बताइएको छ ।

यो पनि – कोभिडका कारण ७ करोड ७० लाख बालबालिकाको विद्यालय पूर्ण रुपमा बन्द ः युनिसेफ

१ असोज (रासस÷सिन्हवा) ः संयुक्त राष्ट्रसंघीय विशिष्ठ एजेन्सी युनिसेफले विश्वव्यापी रुपमा महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण विश्वका बालबिालकाहरुको पठन पाठनमा समस्या भएको जनाएको छ ।  युनिसेफले हालै मात्र सार्वजनिक गरेको एक तथ्यांकमा दिइएअनुसार विश्वका कतिपय देशमा अहिले पनि बालबालिका विद्यालय जान पाएका छैनन् ।

यस्तै एक प्रतिवेदनमा युनिसेफले गएको १८ महिनायता नै विश्वका विभिन्न छ देशका ७ करोड ७० लाख बालबालिका घरमै बस्नुपरेको र उनीहरुका विद्यालय पूर्ण रुपमा बन्द भएका देखिएको छ । ती छ देशमा बंगलादेश, कुवेत, पानामा, फिलिपिन्स, साउदी अरेबिया र भेनेजुएला रहेका छन् । ती देशमा कोभिड १९ को समस्या व्यापक बन्दै गएपछि यसका कारण उनीहरु विद्यालय आउन पनि पाएका छैनन् र जसले गर्दा उनीहरुमा समस्या भइरहेको छ ।

त्यसैगरी विश्वका अरु ११ देशका १३ करोड १० लाख बालबालिकाले विद्यालय जान त पाएका छन् तर उनीहरुले पनि महामारी सुरु भएको गएको १८ महिनामा छ महिना पनि नियमित रुपमा पढ्न पाएका छैनन् । त्यस्तै विश्वका अरु करिब २७ प्रतिशत देशले मात्र विद्यालयहरु पूर्ण रुपमा वा आंशिक रुपमा खोल्ने र पठन पाठन गर्न पाउने गरेका देखिएको छ । युनिसेफले कोरोना भााइरसका कारण विश्वका बालबालिकामा अध्ययनका लागि परेको समस्याका विषयमा गरेको अनुसन्धानबाट यस्तो देखिएको बताइएको छ ।

यो पनि – परराष्ट्र मन्त्रालय जानु बाध्यता हो, अन्यथा होइन : आचार्य

गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को आसन्न निर्वाचनका क्रममा प्रतिनिधि छनोटमा भएका अनियमितका बारेमा परराष्ट्र मन्त्रालयमा निवदेन दिँदा राजनीतिक हस्तक्षेप भयो भन्न नमिल्ने एनआरएनएका सल्लाहकार कूल आचार्यले प्रष्ट पार्नुभएको छ ।

आसन्न १०औँ महाधिवेशनमा अध्यक्षका उम्मेदवार बन्न लाग्नुभएका आचार्यले भन्नुभयो, “एनआरएनएको आसन्न महाधिवेशनका लागि प्रतिनिधि चयनमा गरिएको गलत कार्यका विरुद्ध आइसिसीमा उजुरी गर्दासमेत सुनुवाइ नभएपछि केही सदस्य न्याय माग्दै मन्त्रालय पुगेका हुन्, यो रहर नभएर उनीहरुको बाध्यता हो ।” एनआरएनए परराष्ट्र मन्त्रालयमा दर्ता भएको संस्था रहेको स्मरण गर्दै आचार्यले रासससँगको कुराकानीमा भन्नुभयो, “सङ्घको उद्देश्य प्राप्तिका लागि पनि मन्त्रालयसँग समन्वय गरेर काम गर्नुपर्छ । संस्थालाई गलत ढङ्गबाट दुरुपयोग गर्ने कार्यबाट रोक्न नै मन्त्रालय जानु परेको हो ।”

संस्थालाई कसैले पनि आफ्नो स्वार्थसिद्ध गर्न नहुने बताउँदै उहाँँले आइसिसीका पदाधिकारीले तोकिएको म्यादभन्दा पछि छुट्टै नियमावली बनाएर विधानकै उल्लङ्घन गरेको आरोप लगाउनुभयो । सहमतिमा तयार पारिएको विधानको अपव्याख्या गर्दै आफूखुसी नियमावली बनाउने र समयसीमाको वास्ता नगर्ने काम केही पदाधिकारीले गरेको उहाँको भनाइ थियो । विवादित एनसिसीका बारेमा बेवास्ता गर्ने र नियमसँगत अधिवेशन भएका देशका प्रतिनिधिलाई मान्यता नदिने काम गरेपछि विवाद उत्पन्न भएको उहाँले बताउनुभयो ।

कतिपय ठाउँमा जालझेल गरेर प्रतिनिधि हेरफेर गर्ने काम भएको बताउँदै आचार्यले विधानको अपव्याख्या गर्ने अधिकार कुनै पनि पदाधिकारीलाई छैन भन्नुभयो । तोकिएको समय पछाडि प्रतिनिधि बनाउन सदस्य थप्ने, विभिन्न ठाउँबाट अनियमितताका सम्बन्धमा उजुरी आउँदासमेत आइसिसीको बैठक बसेर समाधान दिन नखोज्नुले नेतृत्वको नियतमाथि आशङ्का गर्नुपरेको हो उहाँले भन्नुभयो ।