सञ्चार प्रविधिको प्रयोगले मालपोत कार्यालयको राजश्व वृद्धि

सञ्चार प्रविधिको प्रयोगले मालपोत कार्यालयको राजश्व वृद्धि

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भूमि व्यवस्थापन तथा अभिलेख विभागका महानिर्देशक शेषनारायण पौडेलले मालपोत कार्यालयले सञ्चार प्रविधिको प्रयोगले राजश्व वृद्धि भएको बताउनुभएको छ । प्रदेश नं १ स्तरीय भूमिसुधार तथा मालपोत कार्यालयद्धारा आज यहाँ आयोजित वार्षिक समिक्षा तथा अन्तरक्रिया कार्यक्रममा उहाँले प्रविधिको प्रयोगका कारण राजश्व वृद्धि भई मालपोत कार्यालयले गत आर्थिक वर्षमा रु ५७ अर्व ५० करोड सङ्कलन गरेको जानकारी दिनुभयो । निर्देशक पौडेलले सेवाप्रवाहलाई सुलभ र सरल बनाई नागरिकको विश्वासआर्जनतर्फ ध्यान दिन निर्देशनसमेत दिनुभयो ।

सहभागीले पटकपटक सर्भर बन्द हुने समस्याको समाधान एवम् विगत दुई वर्षदेखि जग्गाको मुल्याङ्कन परिवर्तन भएकोले सच्याउन पर्ने सुझाव दिनुभएको थियो । गत आर्थिक वर्षमा मुलुकभरका भूमिसुधार तथा मालपोत कार्यालयले १८ लाख लिखत पास गरेका थिए । अन्तरक्रियामा प्रदेशका १४ जिल्लाका २५ वटा भूमिसुधार तथा मालपोत कार्यालयका कार्यालय प्रमुखको सहभागिता रहेको छ ।

यो पनि – फ्रान्सेली नयाँ राजदूत राजधानीमा

फ्रान्सले वरिष्ठ परराष्ट्र मामिला सल्लाहकार जिल बुरबाओलाई नेपालको राजदूतमा नियुक्त गरेको छ । कार्यभार सम्हाल्न राजदूत बुरबाओ आज यहाँ आइपुग्नुभयो । राजदूत बुरबाओलाई परराष्ट्र मन्त्रालयका शिष्टाचार अधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्नुभयो । नेपालमा तीन वर्ष तीन दिनको कार्यकाल पूरा गरी बिहीबार राति फ्रान्सेली राजदूत फस्वा जेभे लेजे स्वदेश फर्कनुभएको हो ।

प्रस्थान गर्नुअघि राससलाई सङ्क्षिप्त प्रतिक्रिया दिँदै उहाँले नेपालमा आफ्ना तीन वर्षे कार्यावधि अति व्यस्ततामा बिते पनि पारस्परिक सम्बन्धलाई सबल तुल्याउन फलदायी भएको बताउनुभयो । न्यायो आतिथ्य र सहयोगका निम्ति नेपाल तथा सबै तह र तप्काका नेपालीप्रति आभार प्रकट गर्दै उहाँले पर्यटकका रूपमा पुनः नेपाल भ्रमण गर्ने बताउनुभयो । “नेपालको प्राकृतिक सौन्दर्यलाई अझ नजिकबाट नियाल्न नागरिकका रूपमा फेरि नेपाल आउनेछु”, उहाँले भन्नुभयो । राष्ट्रपति इम्यानुएल म्याक्रोले यही भदौ ९ गते परराष्ट्र सल्लाहकार बुरबाओलाई नेपालको राजदूतमा नियुक्त गर्नुभएको हो ।

यो पनि -कोरोना महामारी नियन्त्रणमा स्वास्थ्य क्षेत्रको भूमिका महत्वपूर्ण: मन्त्री थापा

गण्डकी प्रदेश सरकारका कानून, सञ्चार तथा प्रदेशसभा मामिला मन्त्री विन्दुकुमार थापाले विश्वव्यापीरुपमा पैmलिएको कोरोना महामारी नियन्त्रणमा स्वास्थ्य क्षेत्रले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनु भएको छ ।  पोखरा महानरपालिका–१६ बाटुलेचौरमा सञ्चालित मातृशिशु मितेरी अस्पताल प्रयोगशाला अन्तर्गत सेवा विस्तारको आज उद्घाटन गर्दै उहाँले जनतालाई छिटोछरितो स्वास्थ्य सेवा प्रदान गर्न प्रदेश सरकार प्रतिवद्ध रहेको बताउनुभयो । अस्पतालले छोटो समयमा स्वास्थ्यको क्षेत्रमा पु¥याएको योगदान अतुलनीय रहेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “नविनतम प्रविधिको जडानसहित प्रयोगशालामार्फत जनतालाई अस्पतालले दिएको स्वास्थ्य सेवा महत्वपूर्ण छ ।”

पोखरा महानगरपालिका-१६ बाटुलेचौरमा रहेको मातृशिशु मितेरी अस्पतालको प्रयोगशालाको सेवा बिस्तारपछि उद्घाटन गर्दै गण्डकी प्रदेशका कानून, सञ्चार तथा प्रदेश सभा मामिला मन्त्री विन्दुकुमार थापा। तस्वीर ः हरि बास्तोला, रासस

प्रदेशसभा सदस्य कृष्ण थापाले मातृशिशु मितेरी अस्पतालको निर्माणमा हालसम्म १८ करोड लगानी भएको जानकारी दिनुभयो । उहाँले अब अस्पतालमा १०० शय्या व्यवस्थापन गर्न लाग्नुपर्नेमा जोड दिँदै यस अस्पतालमा नर्सिङ कलेजको स्थापना गरे शिशु र आमाको उपचार सेवामा थप टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । अस्पतालको व्यवस्थापन समितिका अध्यक्ष उषा बरुवालले मातृशिशु मितेरी अस्पतालमा आमा र नवजात शिशुको उपचार गरिने जानकारी दिँदै हाल ५५ शय्यामार्फत निःशुल्करुपमा बिरामीको उपचार भइरहेको बताउनुभयो ।

“२० शय्याको कोभिड वार्डको व्यवस्थापन गरी निःशुल्क उपचार दिइरहेका छौँ”, उहाँले भन्नुभयो, “अब दन्त रोग सेवासमेतलाई विस्तार गरिने योजना रहेकोछ ।” कार्यक्रममा पोखरा १६ का वडाअध्यक्ष जीवन आचार्य, वरिष्ठ इन्जिनीयर महेन्द्र गोदार र शारदा मोहन काफ्लेलगायतले जनस्वास्थ्यका लागि अस्पतालको भूमिकाबारे चर्चा गर्नुभएको थियो ।

यो पनि – पछिल्लो २४ घण्टामा थप १५५८ जनामा कोरोना संक्रमित,१३५१ जना कोरोना संक्रमणमुक्त

काठमाडौं,१ असोज । नेपालमा पछिल्लो २४ घण्टामा देशभर १५५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ८६६५ पीसीआर र ३७२०  एन्टीजेन परीक्षणमा  १५५८जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो संगै हालसम्म नेपालमा पिसीआरबाट कोरोना संक्रमण पुष्टि भएकाको संख्या ७ लाख ८३  हजार ७५ पुगेको छ । भने एन्टीजेन पोजिटिभ भएका ८८ हजार ६५९ पुगेको छ ।

त्यसैगरी, पछिल्लो २४ घण्टामा एक हजार ३५१ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै निको हुनेको संख्या ७ लाख ४६ हजार ५६६  पुगेको छ । त्यसै गरी पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १० जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार १२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

 

 

यो पनि – काठमाडौँ उपत्यकाका ४० प्रतिशतले पूर्ण खोप लगाए

काठमाडौँ, १ असोज (रासस) ः कोरोना भाइरसविरुद्धको खोप उपत्यकामा अधिकांशले लगाइसकेका छन् । यो खोप उपत्यकामा पहिलो मात्रा ४४.३३ प्रतिशत र पूर्ण मात्राको खोप ४० प्रतिशतले लगाएका छन् । काठमाडाँै उपत्यकामा १५ लाख ५५ हजार आठ सय ९५ जनाले पहिलो मात्रा र ११ लाख ७१ हजार चार सय २० पूर्ण मात्राको खोप लगाइसकेका छन् । मुलुकभरि पहिलो मात्रा १९.९ र पूर्ण मात्रा १८ प्रतिशतले खोप लगाइसकेका छन् ।

स्वास्थ्य सेवा विभागका परिवार कल्याण महाशाखाका निर्देशक डा विवेककुमार लालले कोभिड–१९ विरुद्धको खोप काठमाडौँ जिल्लामा पहिलो मात्रा ५० र पूर्ण मात्रा ४१ प्रतिशत जनसङ्ख्याले लगाइसकेको जानकारी दिनुभयो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कम्तीमा ६० प्रतिशत जनसङ्ख्यालाई खोप लगाएमा रोगको नियन्त्रण गर्न सकिने जनाइएको छ ।

काठमाडौँमा ११ लाख ३७ हजार एक सय ६८ पहिलो मात्रा र नौ लाख ३३ हजार तीन सय ६१ जनाले पूर्ण मात्राको खोप लगाइसकेका छन् । यस्तै उहाँले भक्तपुरमा पहिलो र पूर्ण मात्रा खोप ४१ प्रतिशत जनसङ्ख्या तथा ललितपुरमा पहिलो मात्रा ४५ प्रतिशत र पूर्ण मात्रा ३८ प्रतिशत जनसङ्ख्याले लगाइसकेका बताउनुभयो । भक्तपुरमा एक लाख ५४ हजार आठ सय ३५ जनाले पहिलो मात्रा र एक लाख ५६ हजार आठ सय ८२ जनाले पूर्ण मात्राले खोप लगाइसकेका छन् ।

ललितपुर दुई लाख ६३ हजार आठ सय ९२ जनाले पहिलो मात्रा र दुई लाख २२ हजार तीन सय ७१ जनाले पूर्ण मात्रा खोप लगाइसकेका छन् । मन्त्रालयका अनुसार अहिलेसम्म कोरोना भाइरसविरुद्धको पहिलो मात्रा ६० लाख ५७ हजार एक सय ९४ र पूर्ण मात्रा ५४ लाख ७३ हजार एक सय ५१ जनाले लगाएका छन् ।महाशाखका निर्देशक डा लालले उपत्यकाका विशेष क्षेत्रमा काम गर्ने सबैजसोलाई खोप लगाइसकेको जानकारी दिनुभयो । पछिल्लो पटक शिक्षक र विद्यार्थीलाई पनि खोप लगाइसकिएको छ । “हामीले उपत्यकाका अग्रपङ्क्तिमा रहेर काम गर्ने सबैलाई खोप लगाइसकेका छौँ,” उहाँले भन्नुभयो, “अब सर्वसाधारण ४० वर्षभन्दा माथिकालाई आउने खोप लगाउँछौँ ।”

नेपाल सरकारले गत माघ १४ गतेदेखि खोप लगाउन सुरु गरेयता सात महिनामा यही भदौ १६ गते नै एक करोड ९२ हजार एक सय ६४ जना सर्वसाधारणले खोप लगाएका थिए । प्रधानमन्त्रीमा शेरबहादुर देउवा नियुक्त भएपछि उहाँले सबै नेपाली नागरिकलाई खोप पुर्याउने पहिलो प्राथमिकताका रुपमा घोषणा गर्नुभएको थियो ।नेपालमा पहिलो पटक सङ्क्रमण देखिएको एक वर्षपछि नेपालमा खोप लगाइएको थियो । नेपालमा पहिलो पटक २०७६ साल माघ ९ गते सङ्क्रमण देखिएको थियो ।

सुरुमा ६५ वर्षभन्दा माथिका र स्वास्थ्यकर्मी, अस्पतालमा काम गर्ने सरसफाइकर्मी, कोभिड–१९ विरुद्धको रोकथाम र नियन्त्रणमा अग्रपङ्क्तिमा रहेका काम गर्ने व्यक्तिबाट सुरु गरिएको खोप अहिले ५० वर्षमाथिका प्रायः सवैलाई दिइसकेको मन्त्रालयका प्रवक्ता डा कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।देशभर कोभिसिल्ड पहिलो मात्रा २४ लाख ९३ हजार तीन सय ३३ र दोस्रो मात्रा १४ लाख ४५ हजार तीन सय ५१ जनाले लगाइसकेका छन् । यस्तै भेरोसेल पहिलो मात्रा ३५ लाख ६३ हजार आठ सय ६१ र दोस्रो मात्रा २६ लाख २७ हजार ६ सय ५५ जना तथा जोन्सन एन्ड जोन्सन १४ लाख एक सय ४५ जनाले लगाइसकेका छन् । भदौ महिनामा सबभन्दा बढी पहिलो मात्रा भदौ ३० गते दुई लाख ९९ हजार एक सय ३१ जनाले लगाएका थिए ।

सरकारले १८ वर्षभन्दा माथिका ७१.६ प्रतिशत अर्थात् कूल दुई करोड १७ लाख ५६ हजार सात सय ६३ जनालाई खोप लगाउने लक्ष्य राखेको छ ।सरकारले आगामी असोजसम्म लक्षित वर्गको ३३ प्रतिशत र चैतमसान्तसम्म लक्षित सबैलाई खोप लगाउनसक्ने जनाएको छ । सरकारले १२ देखि १८ वर्ष उमेर समूहका बालबालिकालाई मोडर्ना र फाइजर खोप लगाइनेछ । मोडर्ना ४० लाख र फाइजर ६० लाख मात्रा ल्याउने तयारी गरेको छ ।

मन्त्रालयका प्रवक्ता डा पौडेलले लक्षित सबै समूहलाई खोप लगाउन सरकारको योजना रहेको बताउनुभयो । उहाँले विभिन्न चरणमा प्राथमिकतामा परेका व्यक्तिलाई खोप लगाउने अभियान सञ्चालन भइरहेको जानकारी दिनुभयो । नेपालमा अहिले कोभिसिल्ड, भेरोसेल, जोन्सन एन्ड जोन्सन, एस्ट्राजेनिका खोप लगाइएको छ ।सरकारले सर्वसाधारणलाई खोप लगाउनका लागि खरिद, अनुदान र कोभ्याक्स सुविधामार्फत ल्याइरहेको छ ।

परिवार कल्याण महाशाखा निर्देशक डा लालले अहिलेसम्म नेपालमा एक करोड ३३ लाख ५८ हजार सात सय १० मात्रा खोप आइसकेको जानकारी दिनुभयो ।यस्तै आज नै चीनबाट खरिद गरिएको कोभिड–१९ विरुद्धको खोप ४४ लाख मात्रा नेपाल आउँदै छ । चीनबाट खरिद गरेको ६० लाखमध्ये १६ लाख मात्रा खोप यसअघि नै आइसकेको थियो ।

उहाँले चीनको रेडक्रसले नेपालको रेडक्रमलाई थप एक लाख मात्रा खोप दिनेसमेत जानकारी दिनुभयो ।नेपाललाई सुरुमा माघ ८ गते भारतले १० लाख मात्रा कोभिसिल्ड खोप उपलब्ध गराएको थियो । त्यसपछि सरकारले आफँै १० लाख मात्रा कोभिसिल्ड उत्पादक कम्पनी सिरम इन्स्टिच्युटसँग फागनु ९ गते १० लाख मात्रा खोप खरिद गरेको थियो ।कूल खोप लगाउने लक्षितमध्ये २० प्रतिशत कोभ्याक्स सुविधामार्फत ल्याउने सरकारले तयारी रहेको छ । कोभ्याक्सबाट निःशुल्क रुपमा एक करोड १३ लाख मात्रा खोप प्राप्त गर्ने सरकारको योजना रहेको छ ।

सरकारले असोज मसान्तभित्र एक करोड पाँच लाख ४८ हजार मात्रा खोप र चैतसम्म तीन करोड २३ लाख मात्रा खोप ल्याइसक्ने जनाइएको छ । नेपालमा सङ्क्रमणको दर १९.२ प्रतिशत पुगेको छ ।सक्रिय सङ्क्रमित २५ हजार सात सय ७२ जना रहेका छन् । पाँच सयभन्दा बढी सङ्क्रमित भएका जिल्ला १० र दुई सयभन्दा बढी सङ्क्रमित हुने जिल्ला २२ पुगेका छन् । अहिलेसम्म सात लाख ४५ हजार दुई सय १५ कोरोनामुक्त भएका हुन् । नेपालमा सङ्क्रमणमुक्त हुने दर ९५.३ प्रतिशत रहेको छ ।

नेपालमा अहिलेसम्म सङ्क्रमणबाट ११ हजार दुई जनाको निधन भएको छ । नेपालमा प्रतिदश लाखमा ३७०.८ जनाको सङ्क्रमणका कारणले निधन हुने गरेको छ ।
हाल चार सय सात सघन उपचार कक्ष, एक सय २८ भेन्टिलेटर, २४ हजार दुई सय २२ होम आइसोलेसन, एक हजार पाँच सय ५० संस्थागत आइसोलेसन र दुई सय २० जना क्वारेन्टिनमा रहेका छन् ।