कालीन्चोक सुनखानीमा प्रहरी चौकी स्थापना

कालीन्चोक सुनखानीमा प्रहरी चौकी स्थापना

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दोलखाको कालीन्चोक गाउँपालिका–८ सुनखानीमा नयाँ प्रहरी चौकीको स्थापना गरिएको छ । दोलखाको उत्तरी क्षेत्रलाई लक्षित गरी सुनखानीमा स्थापना गरिएको प्रहरी चौकीको दोलखाका सहायक प्रमुख जिल्ला अधिकारी औलखबहादुर आले र दोलखाका प्रहरी प्रमुख भेषराज रिजालले कार्यालयको उद्घाटन गर्नुभएको हो ।

दोलखाको कालीन्चोक गाउँपालिका उत्तरी क्षेत्रलाई लक्षित गरी सुनखानीमा १५ जनाको दरबन्दीसहित चौकी स्थापना गर्नका लागि २०७६ साल असोज ६ गते मन्त्रिपरिषद्ले निर्णय गरेको थियो । दुई वर्षअघि मन्त्रिपरिषद्ले निर्णय गरे तापनि जिल्लामा दरबन्दीभन्दा न्यून सङ्ख्यामा प्रहरी रहेको कारणले प्रहरी चौकीको स्थापना हुन सकेको थिएन ।

पन्ध्र जनाको दरबन्दी भए तापनि प्रहरीको अभावका कारण हाल प्रहरी जवानको कमान्डमा पाँचजना प्रहरी रहने जिल्ला प्रहरी कार्यालय दोलखाका प्रमुख रिजालले बताउनुभयो । स्थापना गरिएको प्रहरी चौकीको कालीन्चोकको लामिडाँडा, लापिलाङ, सुनखानी सुन्द्रावती लगायतको पाँचवटा वडामा कार्यक्षत्रे रहने छ । कालीन्चोक गाउँपालिकामा सामान्य घटना भए पनि जिल्ला प्रहरी कार्यालय वा सिङ्गटी इलाका प्रहरी कार्यालय जानुपर्ने बाध्यता रहेकामा सुनखानीमा प्रहरी चौकीको स्थापना गरेसँगै सहज भएको र स्थानीय नागरिकले सुरक्षाको प्रत्याभूत गर्न पाएको कालीन्चोक गाउँपालिकाका उपप्रमुख कालिका पाठकले बताउनुभयो ।

यो पनि – चाडबाडमा सुरक्षा योजना बनाएर लागू गर्न निर्देशन

प्रहरी प्रधान कार्यालयले चाडबाड केन्द्रित सुरक्षा योजना बनाएर लागू गर्न मुलुकका ७७ वटै प्रहरी कार्यालय र मातहतका इकाइलाई निर्देशन दिएको छ ।नजिकिँदै गरेको दशैँ, तिहार, छठ, इदलगायत चाडपर्व भयरहितरुपमा मनाउन विशेष सुरक्षा योजना बनाएर लागू गर्न निर्देशन दिइएको केन्द्रीय प्रहरी प्रवक्ता वसन्तबहादुर कुँवरले जानकारी दिनुभयो ।

“चाडपर्वमा कुनै पनि घटना हुन नपाउने गरी ठाउँअनुसारको योजना निर्माण गर्न भनेको छौँ”, प्रहरी त्यसतर्फ केन्द्रित भइसक्यो”, प्रवक्ता कुँवरले रासससँग भन्नुभयो, “कुनै जिल्ला कार्यालयले लागू पनि गरिसके र बाँकीले लागू गर्ने तयारीमा छन् ।”चाडपर्वका बेला मुख्यगरी आर्थिक गतिविधिसँगै मानिसका आवश्यकतासमेत बढ्ने हुँदा बजारमा बढी चहलपहल हुन्छ । साथीभाइ घेटघाटका गतिविधिसमेत बाक्लिदा झै–झगडा तथा आपराधिक क्रियाकलाप हुनसक्छ ।

यस्तै तीव्र गतिमा सवारी साधन चलाउने र बढी यात्रु चढाउँदा दुर्घटना हुनसक्ने खतरासमेतलाई मध्यनजर गरी सुरक्षा योजना बनाउन भनिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । चोरी, अपहरण, कालोबजारी, चन्दा आतङ्कजस्ता आपराधिक क्रियाकलाप हुने भएकाले त्यस्ता गतिविधि हुन नपाउने गरी सुरक्षा योजना निर्माण गरी लागू गरिनेछ ।

काठमाडौँ उपत्यकाका तीन जिल्ला ९काठमाडौँ, ललितपुर र भक्तपुर० मा भने शुक्रबारदेखि नै यो योजना लागू गरिएको छ । उपत्यकामा पाँच हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरी योजना कार्यान्वयन गरिएको रानीपोखरीस्थित महानगरीय प्रहरी कार्यालयले जनाएको छ । योजनाअन्तर्गत बढी भिडभाड हुने, आर्थिक गतिविधि बढी हुने क्षेत्र, बैंक तथा वित्तीयसंस्था र यातायात क्षेत्रमा निगरानी बढाउन थालिएको छ । ठाउँठाउँमा सुरक्षा जाँचका लागि चौकी बढाउने, सादा पोशाकमा समेत सुरक्षाकर्मी परिचालन गर्ने र तत्काल परिचालन हुने ९क्वीक रेष्पोन्स० टोली गठन गरिएको जनाइएको छ ।

यस्तै आकस्मिक जाँच तथा सार्वजनिक सवारी साधनमा समेत सादा पोशाकका सुरक्षाकर्मीले निगरानी गर्ने जनाइएको छ । चाडबाडमा घर फर्कने यात्रुको सुविधाका लागि ठाउँठाउँमा यात्रु सहायता कक्षा स्थापना गरी सहजीकरण गरिने र टिकटमा हुने कालोबजारी नियन्त्रणका लागि पनि प्रहरीको छुट्टै टोली परिचालन हुने जनाइएको छ ।
–––