सङ्खुवासभाको मादी नगरपालिका–१ उम्लिङ खोला गाउँमा छ जनाको सामूहिक ह.त्यामा संलग्न रहेको आरोपमा प्रहरीले लोकबहादुर कार्कीका भाइ नरेश कार्कीसहित अन्य चार जनालाई अनुसन्धानमा तानिएको छ । एकै परिवारका छ जनाको ह.त्या भएको सो घटनामा संलग्न रहेको आरोपमा अनुसन्धानका लागि चार जनालाई तानिएको प्रदेश नं. १ प्रहरी कार्यालय विराटनगरका प्रवक्ता प्रहरी उपरीक्षक नवीनराज राईले जानकारी दिनुभयो । घटनामा अन्य व्यक्तिको समेत संलग्नता भएको आशङकामा अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।
उहाँका अनुसार सो घटनामा संलग्न रहेको आ.रोपमा स्थानीयवासी लोकबहादुर कार्कीलाई यसअघि नै प्रहरीले पक्राउ गरिसकेको छ । नियन्त्रणमा लिएको अन्य चार जनामाथि प्रहरीले अनुसन्धान थालेको प्रवक्ता प्रहरी उपरीक्षक राईले बताउनुभयो । मृतक रञ्जना कार्कीको हराएको मोबाइल प्रहरीले गत शुक्रबार फेला पारेपछि अनुसन्धान टोली पुनः घटनास्थल केन्द्रमा पुगेको प्रवक्ता राईको भनाइ छ । घटनाबारे थप प्रमाण फेला परेपछि सङ्घीय एकाइ प्रहरी कार्यालय धरानका प्रहरी उपरीक्षक (एसपी) भीम दाहालको नेतृत्वमा प्रदेश नं १ प्रहरी कार्यालयका प्रहरीसहित छ जनाको टोली घटनास्थल पुगेर पुनः अनुसन्धान गरिरहेको प्रवक्ता राईले जानकारी दिनुभयो ।
गत भदौ २१ गते बिहान उम्लिङ खोला गाउँका ५२ वर्षीय तेजबहादुर, उहाँकी ८४ वर्षीया आमा पार्वती, ५२ वर्षीया श्रीमती कमला, बुहारी ३२ वर्षीया रञ्जना, नाति ११ वर्षीय दीपेन र नातिनी सात वर्षीया गोमाको ह.त्या भएको थियो । लोकबहादुरले छ जनाको ह.त्या गरेको बताइएको छ । लोकबहादुरको बयानका आधारमा उनका भाइ नरेशलाई नियन्त्रणमा लिएको थियो । ह.त्यामा संलग्न भएको आरोपमा पक्राउ परेका लोकबहादुर र नरेशको बयानका आधारमा अन्य चार जना माथिसमेत प्रहरीले अनुसन्धान थालेका प्रवक्ता राईले बताउनुभयो ।
सङ्खुवासभा प्रहरीले घटनाको सातौँ दिनपछि अभियुक्त लोकबहादुर कार्कीलाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको थियो । रञ्जनाको मोबाइल घटना भएको बिहानदेखि नै हराएको थियो । सो मोबाइल लोकबहादुरको घरमा फेला पारेको थियो ।
यो पनि – सङ्खुवासभा ह.त्या काण्ड : लोकबहादुरका भाइ पनि अनुसन्धानको दायरामा
सङ्खुवासभाको मादी नगरपालिका–१ उम्लिङ खोला गाउँमा ६ जनाको सामूहिक ह.त्यामा संलग्न लोकबहादुर कार्कीका भाइ नरेशलाई पनि प्रहरीले अनुसन्धानको दायरामा ल्याएको छ । ह.त्या गरिएकी लोकबहादुरकी ३२ वर्षीया बुहारी रञ्जनाको मोबाइल सेट प्रहरीले अनुसन्धानका क्रममा नरेशको साथबाट बरामद गरेकाले उनलाई अनुसन्धानको दायरामा ल्याइएको इलाका प्रहरी कार्यालय चैनपुरका प्रहरी निरीक्षक योगराज खतिवडाले जानकारी दिनुभयो । उक्त ह.त्याकाण्डमा लोकबहादुरलाई सहयोग गरेको आ.शङ्कामा नरेशमाथि समेत छानबिन थालिएको उहाँले बताउनुभयो । घटनाको अनुसन्धान गर्न १० प्रहरी घटनास्थलमा तैनाथ गरिएको छ ।
यही भदौ २१ गते उम्लिङ खोला गाउँका ५२ वर्षीय तेजबहादुर, उहाँकी ८४ वर्षीया आमा पार्वती, ५२ वर्षीया श्रीमती कमला, बुहारी ३२ वर्षीया रञ्जना, नाति ११ वर्षीय दीपेन र नातिनी सात वर्षीया गोमाको ह.त्या भएको थियो । उनीहरुको ह.त्या आफुले गरेको लोकबहादुरले प्रहरी समक्ष स्वीकारेका छन् । उनलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरिसकेको छ । ह.त्यापछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोका प्रहरी नायब उपरीक्षक रुगम कुँवर, सङ्घीय प्रहरी इकाइ कार्यालय धरानका प्रहरी उपरीक्षक भीम दाहाल र सङ्खुवासभाका उपरीक्षक लालध्वज सुवेदीसहितको टोली घटनास्थलको पुगेको थियो ।
यो पनि – सङ्खुवासभा सामुहिक ह.त्याकाण्ड : सोजो देखिने भतिज नै ह.त्यारा, ह.त्या गर्नुको यस्तो छ नालीबेली…
किमाथाङ्का, २७ भदौ (रासस) : सङ्खुवासभाको मादी नगरपालिका–१ उम्लिङ खोला गाउँमा एकै परिवारको छ जनाको ह.त्यामा संलग्न आ.रोपितले दाउराको चिर्पट प्र.हार गरेर ह.त्या गरेको खुलेको छ । ह.त्यामा संलग्न आरोपी २६ वर्षीय लोकबहादुर कार्कीले छ जनाको ह.त्या चिर्पट प्र.हारबाट गरेको प्रहरीसमक्ष बयान दिएका छन् ।
आइतबार इलाका प्रहरी कार्यालय चैनपुरमा पत्रकार सम्मेलन गर्दै प्रहरीले यसबारे जानकारी गराएको हो । लोकबहादुरले सबैभन्दा पहिले ठूलो बुबा तेजबहादुरलाई नै चिर्पटले हानेर ह.त्या गरेको प्रहरीलाई बयान दिएको प्रदेश नम्बर १ का प्रहरी प्रमुख नायब महानिरीक्षक अरुण बीसीले पत्रकार सम्मेलनका जानकारी दिनुभयो । तेजबहादुरका भतिज लोकबहादुरले पछाडिबाट चिर्पट दाउराले टाउकोमा प्रहार गरेर ढलाएका थिए । तेजबहादुरको ह.त्या गरेको घटना देख्ने सबैलाई मा.र्ने योजना बनाएको प्रहरीसमक्ष बयान दिएको नायब महानिरीक्षक बीसीले बताउनुभयो ।

लोकबहादुरले पटक–पटक चिर्पट प्रहार गरेपछि तेजबहादुरले हारगुहार गरेको आवाज सुनेपछि तेजबहादुरकी श्रीमती कमला र बुहारी रञ्जनासमेत घटनास्थलतर्फ आएका थिए । सोही क्रममा लोकबहादुरले उनीहरुमाथि पनि लगातार चिर्पट प्रहार गरेर ह.त्या गरेको बयान दिएको बीसीले बताउनुभयो । लोकबहादुरले घरमाथि बाटोमा आएका दुई जना नाबालक दिपेन र गोमालाई पनि लखेटी लखेटी ह.त्या गरेका थिए ।
त्यसपछि घरको पछाडि खोले पकाउँदै गरेकी हजुरआमा पार्वता कार्कीलाई समेत भित्तामा पटक–पटक टाउको ठोक्काएर ह.त्या गरेर घरतर्फ लागेको प्रहरी समक्ष बयान दिएका थिए । लोकबहादुरले ह.त्या घटनामा प्रयोग गरेको चिर्पट कुँडो पकाउने अगेनामा हाली नष्ट गरेको बताएका थिए । शुक्रबार रातिदेखि सूक्ष्म अनुसन्धान गर्दै सोधपुछ गरेपछि शनिबार बिहान आ.रोपीले घटनामा आफ्नो संलग्नता स्वीकार गर्दै आफ्नो ‘टार्गेट’मा तेजबहादुर मात्रै रहेको बताएका थिए ।
घटनामा संलग्न देखिएका लोकबहादुर तीन पटक वैदेशिक रोजगारीमा पनि गएको तर लामो समय काम गर्न नसकी नेपाल फर्किएका थिए । लोकहदुरलाई ठूलो बुबा तेजबहादुरले पटक–पटक गा.ली गर्ने गरेका कारण रि.सले उनको ह.त्या गरेको बताएका छन् ।
व्यक्तिगत रिसइबीका कारण
एक वर्षअघि लोकबहादुरकी आमा तेजबहादुरको घरमा लडेकी थिइन् । उनको आमा बेहोस भएपछि उपचारका क्रममा झापामा मृत्यु भएको थियो । लोकबहादुरले आफ्नी आमाको मृत्युको कारण तेजबहादुर नै भएको आ.रोप लगाउँदै आएका थिए । तेजबहादुर र लोकबहादुरको घर करिब १०० मिटरको दूरीमा छ । गत सोमबार बिहान खेताला खोज्न निस्किएका तेजबहादुरलाई बाटोमै कुरेर बसेका लोकबहादुरले आ.क्रमण गरेर ह.त्या गरे । छ जनाको ह.त्यामा स्थानीय चिनेजानेकै व्यक्तिको हात हुनसक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको थियो । सोही आधारमा अनुसन्धान अगाडि बढाएको प्रहरीले लोकबहादुरलाई पक्राउ गरेको हो । लोकबहादुरले पनि व्यक्तिगत रि.सइवीका कारण ह.त्या गरेको स्वीकार गरिसकेका छन् ।
ह.त्या गरिएका तेजबहादुरले सधैँ आपूmलाई हेप्ने गरेका कारण आ.वेगमा आएर ह.त्या गरेको आरोपी लोकबहादुरले प्रहरीलाई बताएका छन् । लोकबहादुरले निर्दोष देखिनका लागि छिमेकीलाई ह.त्याको खबर सबैभन्दा पहिले पु¥याएका थिए । प्रहरीको नि.गरानीमा रहेका लोकबहादुरको घरमा रगत लागेको कपडा र ह.त्यामा प्रयोग गरिएकोजस्तो देखिने ह.तियार प्रहरीले फेला पारेको थियो । घटनाको अनुसन्धानमा प्रदेश नम्बर १ का प्रहरी प्रमुख नायब महानिरीक्षक बीसी, सङ्घीय प्रहरी एकाइ कार्यालय धरानका प्रहरी उपरीक्षक भीम दाहाल र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) टोलीका प्रहरी नायब उपरीक्षक रुगम कुँवर, जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदी घटनास्थलमा खटिनुभएको थियो ।



प्रतिक्रिया