राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा पौडेललाई ज्ञापनपत्र

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा पौडेललाई ज्ञापनपत्र

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेपाली कांग्रेसका नेता कार्यकर्ताले जिल्लाका महत्वकांक्षी योजनाको माग राख्दै राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा विश्व पौडेललाई ज्ञापनपत्र बुझाएका छन् ।दिपायल विमानस्थलमा उहाँलाई भेट गरी यहाँका विभिन्न महत्वकांक्षी योजनाको माग राख्दै ज्ञापनपत्र पेश गरिएको कांग्रेस नेता विजय खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार ज्ञापनपत्रमा पश्चिम सेती परियोजना, धनगढी–स्याउले–दिपायल–चैनपुर–ताक्लाकोट सडक, बोगटान सडक, मेडिकल तथा इञ्जिनीयरिङ कलेज, खप्तड सडक, आदर्श गाउँपालिकामा खानेपानीलगायत आयोजनाको माग राखिएका छन् ।

पार्टी सचिव नारायण जोशी, क्षेत्रीय सभापति विजय खड्का, शिखर नगरपालिकाका नगर प्रमुख सीताराम जोशी, महाधिवेशन प्रतिनिधि लोकेन्द्र शाही, नेविसङघका निर्वतमान अध्यक्ष पुष्पकुमार शाही, नेता लक्ष्मीराज पाठक, कुमार टेलर, जीतबहादुर खड्का, धौलीदेवी रावल, मीना विष्ट, प्रतिमा शाहीलगायत नेता ज्ञापनपत्र बुझाउन एयरपोर्ट पुग्नुभएको थियो ।

ज्ञापनपत्र बुझनु हुँदै राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा पौडेलले पर्यटक, सडक, सिँचाइ र खानेपानीमा सरकारले प्राथमिकता साथ लगानी गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले खप्तडको पर्यटन विकास र दु्रतमार्ग सडकलाई उच्च प्राथमिकता दिने आश्वासन दिनुभएको नेविसङ्घका निर्वतमान अध्यक्ष शाहीले जानकारी दिनुभयो ।

यो पनि – एकीकृत समाजवादीको ५५ जिल्लामा कार्यसमिति गठन

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले ५५ जिल्लामा कार्यसमिति गठन गरेको छ । करिब एक महिना अगाडि नेकपा (एमाले) बाट नेता माधवकुमार नेपालका नेतृत्वमा अलग भएको समूहले स्थापना गरेको उक्त पार्टीले देशभर सङ्गठन विस्तारका लागि भेला, बैठकलगायत विभिन्न राजनीतिक कार्यक्रम सञ्चालन गरेको हो । बाँकी २२ जिल्लामा चाँडै समिति गठन गर्ने कार्यक्रम रहेको बताइएको छ ।

पार्टीका विभिन्न विभाग, जनवर्गीय सङ्गठन, सम्बन्धित आयोगको गठन, पुनःगठन, विस्तार तथा सुदृढीकरणका लागि आवश्यक राजनीतिक गतिविधि सञ्चालन गर्न पार्टीले राष्ट्रियस्तरमा अभियान गर्ने प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिनुभयो । सङ्गठन विस्तारका लागि सदस्यता वितरण गरिने जनाइएको छ । पार्टीको सङ्गठन विस्तारका लागि वितरण गरिने सदस्यताको फाराम अनलाइनबाट उपलब्ध गराइएको छ । पार्टीको सदस्यता लिन चाहने नेतालाई पुरानै सदस्यता कायम गरिनेछ । केन्द्रीय कमिटीको बैठकपछि पार्टीले केही नेताको विभाग हेरफेर गरेर नयाँ जिम्मेवारी तोक्ने जनाइएको छ ।