कम्बोडियामा ७५ प्रतिशतलाई कोरोनाभाइरस विरुद्धको खोप

कम्बोडियामा ७५ प्रतिशतलाई कोरोनाभाइरस विरुद्धको खोप

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कम्बोडियामा कुल जनसङ्ख्याको ७५ प्रतिशतभन्दा बढीले कोरोनाभाइरसविरुद्धको खोप लगाइसकेको पाइएको छ । कूल एक करोड २० लाखभन्दा बढी अर्थात ७५.३ प्रतिशत मानिसले कम्तीमा एउटा खोप लगाएको सरकारी अधिकारीहरूले जनाएका छन् ।कम्बोडियामा अहिले एक करोड ६० लाखभन्दा बढी जनसङ्ख्या रहेको छ । ती मध्ये एक करोडभन्दा बढीले खोपको पुरा मात्रा लगाएका छन् । यो सङ्ख्या ६४ प्रतिशतभन्दा बढी हुन्छ ।

त्यसैगरी ५.२ प्रतिशत अर्थात् आठ लाख ३० हजार ८१४ जनाले अतिरिक्त मात्रा खोप पनि लगाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।यही सेप्टेम्बर १९ सम्मको विवरण अनुसार दुवै खोप लगाएका एक करोड मध्ये ९८.२७ प्रतिशत प्रौढहरु रहेका छन् ।दक्षिण पूर्वी एसियाली राष्ट्र कम्बोडियामा गत फेब्रुअरीदेखि कोरोनाभाइरस विरुद्धको खोप लगाउन सुरु गरिएको थियो ।

कम्बोडियामा खोप उपलब्ध गराउने मुलुकमध्ये चीन मुख्य देश हो । कम्बोडियाका राष्ट्रपति सम्बेच तेचो हुनसेनले चिनियाँ खोपले कोरोनाभाइरसको महामारी न्युनिकरणका लागि ठूलो सहयोग भएको बताउनुभएको छ ।कम्बोडियामा पछिल्लो एक दिनमा ६२२ जना नयाँ सङ्क्रमितहरु थपिएको विवरण सरकारी अधिकारीहरुले सोमबार सार्वजनिक गरेका छन् । योसँगै देशभरी अहिलेसम्म कूल सङ्क्रमितहरुको सङ्ख्या एक लाख चार हजार ७१६ पुगेको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १४ जनाको मृत्यु भएसँगै कम्बोडियामा कोरोनाका कारण अहिलेसम्म दुई हजार १२३ को मृत्यु भएको छ ।

यो पनि – स्पेनको क्यानरी टापुमा ज्वालामुखीबाट करिब २० घरहरू ‘ध्वस्त’

स्पेनको क्यानरी टापुमा आएको ज्वालामुखीले करिब २० घरहरू ध्वस्त पारेको स्थानीय अधिकारीहरूले सोमबार पुष्टि गरेका छन् । स्थानीय समयअनुसार आइतबार आएको ज्वालामुखीका कारण निस्किएको लाभा र खरानी वायुमण्डलमा फैलिँदा कम्तीमा पाँच हजार व्यक्तिलाई उनीहरूको बस्तीबाट सुरक्षितस्थलतर्फ सारिएको छ ।

“धेरै घरहरू ध्वस्त भएका छन्,”, एक क्षेत्रीय सरकारी प्रवक्ताले एएफपीसँग भने । ज्वालामुखीका कारण भएको क्षतिबारे लेखाजोखा भइरहेको बताइएको छ ।नजिकैको एल पासो गाउँका स्थानीय मेयर सर्जियो रोडरिगेजले टापूमा आएको कम्ब्रे भिजा ज्वालामुखीले कम्तीमा पनि २० वटा घर पूरै ध्वस्त भएको बताउनुभयो भने उक्त स्थानमा ५० वर्षपछि पहिलो पटक ज्वालामुखी विस्फोट भएको हो ।

“लाभा उडेको मार्गमा करिब दुई किलोमिटरसम्म यसको प्रभाव परेको देखिएको छ,” रोडरिगेजले ‘टीभीई च्यानल’ लाई जानकारी दिँदै स्थानीय बासिन्दाहरू अझै थप क्षति हुनसक्ने भयबीच वस्तीहरूबाट भागिरहेका छन् भने प्रशासनले उनीहरूलाई केही दिन घर नफर्किन आग्रह गरेको छ ।स्पेनी सञ्चार माध्यमले उक्त विस्फोटले १०० भन्दा बढी घरलाई असर गरेको हुन सक्ने बताएका छन् ।

स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले उक्त विस्फोटपछि संयुक्त राष्ट्रसंघको महासभाका लागि न्युयोर्क जाने निर्धारित यात्रालाई पछि सार्नुभएको छ । उहाँ आइतबार साँझ अबेर घटनास्थलमा पुगी घटनाबारे जानकारी लिनुभएको छ । सबै सेवाहरू समन्वयित ढङ्गमा सञ्चालन भएका छन्,“ सान्चेजले ट्विटरमा उल्लेख गर्नुभयो ।

लगभग ८०,००० मानिसहरू बसोबास गर्ने कम्ब्रे भिजा ला पाल्मा टापुको दक्षिणी भागको एउटा सामुद्रिक तट हो ।स्थानीय सरकारको अनुमानअनुसार यस द्वीपको मध्य भागमा रहेको ज्वालामुखीबाट लाभा बग्ने सम्भावना समुद्र तट पुग्नुभन्दा पहिले दक्षिण–पश्चिममा बसोबास गर्ने र जङ्गलभएको क्षेत्रतिर जाने सम्भावना थियो ।

क्यानरी आइस्ल्यान्ड्स इन्स्टिच्युट अफ ज्वालामुखीका अनुसार लाभाको बहाव प्रतिघण्टा लगभग ७०० मिटरमा सरिरहेको र यसको तापक्रम झन्डै एक हजार सेन्टिग्रेड रहेको थियो । भूकम्पीय गतिविधि र म्याग्मा विस्थापनमा हालै भएका वृद्धिपछि विशेषज्ञहरूले ज्वालामुखीलाई नजिकबाट नियालिरहेका थिए ।
–––