नेप्सेमा उच्च अङ्कको पहिरो

नेप्सेमा उच्च अङ्कको पहिरो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज ११४.०२ अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से उच्च अङ्कले ओरालो लागेर दुई हजार ६९८.२४ मा ओर्लिएको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स १९.५१ बिन्दुले घटेर ५०६.२७ मा सिमित भएको छ ।

कूल २२५ कम्पनीको एक करोड ७३ लाख ३० हजार ५३८ कित्ता शेयर रु आठ अर्ब ४९ करोड ३४ लाख एक हजार ९ मूल्यमा खरिद बिक्री भए । सोमबारको कारोबारपछि बजार पूँजीकरण रु ३७ खर्ब ७६ अर्ब ४० करोड ७४ लाख ८५ हजार ५७० बराबरमा रहेको छ । कारोबार भएका १३ वटै उपसमूहको शेयर ओरालो लागेको छ । बैंकिङ ५१.४६, व्यापार १५६.९८, होटल तथा पर्यटन १५८.१३, विकास बैंक ३३२.३८, जलविद्यत् २२०.२९, वित्त २२९.६९, निर्जीवन बीमा ६१४.२१, उत्पादन ९१.९६, अन्य ७०.६१, लघुवित्त १६२.३२, जीवन बीमा ८००.०६, सामूहिक लगानी कोष ०.४८ र लगानी ५.२९ बिन्दुले ओरालो लागेको छ । कारोबारका आधारमा अरुण भ्याली हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ ।

सो कम्पनीको रु ४० करोड ६५ लाख ३१ हजार ४३६ बराबरको कारोबार भयो । त्यस्तै, हिमालयन डिस्टिलरी रु २२ करोड ५५ लाख ८९ हजार ७७१, नबिल बैंक रु १८ करोड ४४ लाख ४० हजार ७६३, युनाइटेड मोदी रु १७ करोड ६६ लाख ६८ हजार र अपि पावर कम्पनी रु १६ करोड ६३ लाख २० हजार ८५९ बराबरको कारोबार भई शीर्ष पाँच भित्र परेका छन् ।

नेप्सेका अनुसार आज मनकामना स्मार्ट लघुवित्तको शेयर मूल्यमा ९.९९ प्रतिशतले वृद्धि भयो । त्यस्तै, डिप्रोक्स लघुवित्त २.०४, लक्ष्मी लघुवित्त १.९९, सनराइज बैंकको ऋणपत्र ०.९५ र नबिल ब्यालेन्स फण्ड दोस्रोका लगानीकर्ताले ०.६३ प्रतिशतले कमाए । उता, विभिन्न ११ कम्पनीको शेयर मूल्य १० प्रतिशतले ओरालो लागेर नकारात्मक सर्किट लागेको छ । त्यसमा अधिकांश जलविद्युत् कम्पनीका शेयर छन् ।

यो पनि- पछिल्लो २४ घण्टामा थप १०९५ जनामा कोरोना संक्रमित,२९५७ जना कोरोना संक्रमणमुक्त

काठमाडौं,३ असोज । नेपालमा पछिल्लो २४ घण्टामा देशभर १०९५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १०,७८६ पीसीआर र ३०३१  एन्टीजेन परीक्षणमा १०९५ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो संगै हालसम्म नेपालमा पिसीआरबाट कोरोना संक्रमण पुष्टि भएकाको संख्या ७ लाख ८५   हजार ५४१ पुगेको छ । भने एन्टीजेन पोजिटिभ भएका ८९ हजार ८८ पुगेको छ ।

त्यसैगरी, पछिल्लो २४ घण्टामा २९५७ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै निको हुनेको संख्या ७ लाख ५२ हजार १७० पुगेको छ । त्यसै गरी पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ४८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

 

 

यो पनि – खोपका कारण कोभिड–१९ को सङ्क्रमण दर घट्दै

कोडिभ– १९ को सङ्क्रमण दर जिल्लामा घट्दै गएको स्वास्थ्य कार्यालयको तथ्याङ्कले देखाएको छ । कोरोना विरुद्धको खोप लगाउनेको सङ्ख्या बढेको कारण सङ्क्रमण घट्दै गएको स्वास्थ्य कार्यालय झापाका प्रमुख योगेन्द्र घिमिरेले बताउनुभयो । उहाँका अनुसार कोभिडका बिरामी अस्पतालमा समेत घटेका छन् । दुई महिना अघिसम्म दैनिकजसो कोभिड–१९ को कारण चारदेखि पाँच जनासम्मको मृत्यु हुने गरे तापनि हाल आएर एक वा दुईको मात्र मृत्यु भइरहेको उहाँले बताउनुभयो ।

झापामा हालसम्म कोभिड–१९ को सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ५९८ जना पुगेको छ । दैनिकजसो जिल्लाका विभिन्न पालिकामा एन्टिजेन परीक्षण भइहरको छ । हालसम्म एन्टिजेन परीक्षण गर्नेको सङ्ख्या १९ हजार २७९ जना रहेका छन् । मेची कोभिड अस्पताल र कनकाई पिसीआर ल्याबमा गरी ८४ हजार ३१ जनाको पिसीआर परीक्षण गरिएको स्वाथ्य कार्यालयले जनाएको छ ।

झापामा कूल सङ्क्रमितको सङ्ख्या २४ हजार १० पुगेकोमा एक हजार २४५ जना अस्पताल र होम आइसोलेसनमा रहेका छन् भने २२ हजार ५०१ जना निको भएर घर पठाइएको उहाँले बताउनुभयो । “विगतमा एकै दिन कोडिभ–१९ बाट सङ्क्रमित हुनेको दर ३०० सम्म पुग्थ्यो”, उहाँले भन्नुभयो, “खोप लगाउन सुरु गरेसँगै सङ्क्रमितको दर घटेर ८० देखि ९० मा झरेको छ ।” जिल्लामा हालसम्ममा एक लाख ६२ हजार ६८० ले पूर्ण खोप लगाइसकेका प्रमुख घिमिरेले बताउनुभयो ।

यो पनि – कोरोनाको प्रभावमा पोखरेली कलाकर्मीका साधना

गण्डकी, ४ असोज (रासस) : “कलाकार पनि समाजभित्रकै अङ्ग हो, समाजमा घट्ने हरेक घटानक्रमले उसलाई प्रभावित बनाएको हुन्छ”, पोखराका वरिष्ठ कार्टुनिष्ट दुर्गा बराल(वात्स्यायन) भन्नुहुन्छ । कोरोना महामारीका कारण देशका हरेक सेवा, पेशा र व्यवसाय प्रभावित भए जस्तै कलाकर्मीका साधनालाई पनि त्यसले प्रत्यक्ष मारमा पारेको वात्स्यायनको अनुभव छ ।

समाजका विकृति विसङ्गतिलाई व्यङ्ग्यचित्रका माध्यमबाट आमपाठक माझ पु¥याउँदै आउनुभएका वात्स्यायनले कोरोनाको अवधिमा आफूले खासै व्यङ्ग्यचित्र नकोरेको बताउनुभयो । कोरोना कहरले समाजमा पारेको प्रभावसँगै कलाकर्मीको साधनालाई पनि प्रत्यक्ष प्रभावित बनाएको बताउँदै उहाँले महामारीकै कारण पत्रपत्रिकासमेत बन्द हुने तथा अत्यन्त असहज अवस्थामा चल्नुपर्ने बाध्यताका कारण व्यङ्ग्यचित्र लेखनमा खासै उत्साह नआएको उल्लेख गर्नुभयो ।

आफूले स्वतन्त्ररुपमा व्यङ्ग्यचित्र कोर्दै आएको बताउँदै उहाँले यस्तो असहज अवस्थामा पत्रपत्रिकाका लागि पनि बोझ नथपियोस् भन्ने कुराले सोचनीय बनाएको बताउनुभयो । कार्टुनकला क्षेत्रमा राष्ट्रिय एवं अन्तर्राष्ट्रिय ख्याती कमाउनुभएका वात्स्यायनका व्यङ्ग्यचित्रले समाजमा मात्रै नभइ राष्ट्रिय राजनीतिलाई समेत तरङ्गित बनाउने गरेको छ ।

अर्का वरिष्ठ कलाकार बुद्धि गुरुङ पनि कोरोना कहरका कारण कलाका साधक अत्यन्त मर्कामा परेको धारणा राख्नुहुन्छ । उहाँले कोरोना महामारीले समाजमा पारिहेको नकारात्मक प्रभावसँगै कला सिर्जना पनि प्रत्यक्ष प्रभावित भएको बताउनुभयो ।

“महामारीले जताततै पारेको निराशाले कला साधकलाई पनि जाँगर चलेको छैन”, उहाँले भन्नुभयो, “कोरोना कहरका बीचमा गत वर्ष जेनतेन चित्र तयार गरेको थिएँ, अहिले भने जम्मा ६÷७ वटा मात्रै तयार भएका छन् ।” कलाकारले तयार गरेका चित्र अधिकांशतः विदेशी पर्यटकले किनिदिने गरेको र लामो समयदेखि उनीहरूको आगमन नभएका कारण तयार भएका सामग्री पनि थन्क्याएर राख्नुपर्ने बाध्यता रहेको उहाँको दुःखेसो छ ।

कोरोना महामारीले संस्थागत रुपमा समेत गरिने काम प्रभावित बनाएको बताउँदै ललितकला प्रज्ञा प्रतिष्ठान, प्राज्ञ परिषद् सदस्यसमेत रहेका गुरुङले प्रतिष्ठानका गतिविधिलाई समेत महामारीले प्रभाव पारेको बताउनुभयो । प्रतिष्ठानबाट यसबीचमा केही महत्वपूर्ण पुस्तक भने तयार भएको उहाँको भनाइ छ ।

अर्का वरिष्ठ कलाकर्मी क्षेत्रलाल कायस्थ कोरोना कहरका बीचमा पनि आफ्ना साधनलाई भने निरन्तरता दिएको बताउनुहुन्छ । महामारी अघिको जस्तो सहज अवस्था नरहे पनि कोरोना कहरमा आफूले सेतो सिमेन्टको प्रयोगबाट १८ इन्च र २० इन्च उचाइका दुईवटा बुद्धको मूर्ति तयार गरेको जानकारी दिनुभयो । त्यस्तै सिमेन्ट र छडको प्रयोगबाट दुईवटा अमूर्त कला तयार गरेको उहाँले जानकारी दिनुभयो ।

“कोरोना महामारीले सबै क्षेत्रमा प्रभाव पारेका अवस्थामा कला साधनामा पनि केही न केही प्रभाव त पा¥यो नै”, उहाँले भन्नुभयो, “त्यसका बाबजुद कला साधनामा लागिरहेका कारण बन्दाबन्दी र यसबीचको अवधि खासै पट्यार लाग्दो भने भएन ।”

समयको सदुपयोग गर्दै कलाकार कायस्थले यसबीचमा आफ्नो कलासम्बन्धी जीवनयात्राको लेखन सम्पन्न गरेको जानकारी दिनुभयो । झण्डै ८०÷९० पृष्ठको जीवनयात्रा चाँडै नै सार्वजनिक गर्ने उहाँको भनाइ छ ।