५ असोज ९रासस÷एएफपी० ः अफगानिस्तानका छात्रालाई जतिसक्दो जाडो विद्यालय फर्किने वातावरण बनाउने तालिबानले जनाएको छ ।तालिबानले छात्रालाई विद्यालय नबोलाइएको भन्दै छात्राहरुले गुनासो गरेपछि तालिबानले उनीहरुलाई चाडै विद्यालय बोलाउने स्पष्ट पारेको हो । शिक्षा मन्त्रालयले छात्र र पुरुष शिक्षकहरुलाई मात्रै विद्यालय आउन सूचना जारी गरेपछि शिक्षिका र छात्राहरुले चिन्ता व्यक्त गरेका थिए । मन्त्रालयले आइतबारदेखि लागू हुनेगरी कक्षा ७ देखि १२ सम्मका छात्र र पुरुष शिक्षकहरुलाई मात्रै विद्यालय जान सूचना जारी गरेको थियो ।
सूचनामा हजारौँ छात्राको पढाई तथा भविश्यका बारेमा केही उल्लेख नगरिएको भन्दै शिक्षिका तथा छात्राले आफूहरुलाई पनि विद्यालय जान पाउने व्यवस्था गर्न माग गरेका थिए । विद्यालय जान नपाउँदा आफूहरुको आम्दानी गुमेकाले आफूहरु परिवारमा निर्भर हुनु पर्दा पीडा महसूस भइरहेको समेत शिक्षिकाहरुले बताएका छन् ।उनीहरुले विद्यालयमा गएर अध्यापन गराउन नपाउँदा आर्थिक संकटसँगै मनोवैज्ञानिक समस्या उत्पन्न भएको गुनासो गरेका छन । शिक्षिका तथा छात्रालाई विद्यालय नबोलाइएको बारेमा विश्व समूदायले समेत चासो राखेपछि तालिबानले उनीहरुले चाडै बोलाउने प्रतिवद्धता जनाउन बाध्य भएको हो ।
संयुक्त राष्ट्रसंघीय निकाय युनिसेफ र युनेस्कोले पछिल्लो दुई दशकमा अफगानिस्तानको शिक्षा क्षेत्रमा धेरै उपलब्धी भएको जनाएका छन् । सन् २००१ देखि यता महिला साक्षरता दरमा पनि ठूलो बृद्धि भएको युनेस्कोको प्रतिवेदनमा उल्लेख गरिएको छ । सुरुमा महिला साक्षरता दर १७ प्रतिशत रहेकोमा अहिले ३० प्रतिशत पुगेको युनेस्कोले जनाएको छ । त्यसैगरी विद्यालय जाने छात्राहरुको सङ्ख्यामा पनि उल्लेख्य बृद्धि भएको युनेस्कोका अधिकारीहरुले बताएका छन् । सन् २००१ मा उच्च शिक्षामा सहभागी छात्राहरुको सङ्ख्या पाँच हजार रहेकोमा सन् २०१८ मा ९० हजार पुगेको थियो ।
यो पनि – अफगानिस्तानमा बेरोजगारी बृद्धि
५ असोज (रासस÷एएनआई) ः अफगानिस्तानमा बेरोजगारहरुको सङ्ख्यामा अत्यधिक बृद्धि भएको पाइएको छ । तालिबान विद्रोहीहरुले सत्ता कब्जा गरेर शासन सञ्चालन गर्न थालेपछि बेरोजगारहरुको सङ्ख्यामा बृद्धि भएको हो । त्यसैगरी रोजगारी भएकाहरुले पनि लामो समयदेखि मासिक तलव तथा अन्य सेवा सुविधाहरु नपाएको गुनासो गरेका छन् । अफ्गान सेनामा कार्यरत अक्रामुद्धीनले पछिल्लो सात महिनादेखि आफुले नियमित तलव नपाएको बताउनुभयो ।
तालिवान विद्रोहीहरुले सत्ता कब्जा गर्नु अगाडीदेखि नै देशको ढुकुटीमा आर्थिक संकट परेकाले सेनाका कर्मचारीलाई समेत तलव पनि खुवाउन नसक्ने अवस्था आएको जनाइएको छ ।
तलव नपाउदाँ दैनिकी चलाउन नै समस्या पर्न थालेको अक्रामुद्धिनले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “तलव पाइएको छैन, म भाडाको घरमा बस्छु, पाँच हजार भाडा तिर्नुपर्छ, दुई हजार विजुलीको तिर्नुपर्छ, तर आम्दानी १० रुपैयाँ पनि छैन ।”शिक्षण पेशामा आवद्ध मोहम्मद नासिरले नौ जना सदस्य रहेको आफ्नो परिवार चलाउन धेरै गाह्रो भइसकेको गुनासो गर्नुभयो । आम्दानी नभएकाले उपभोग्य सामग्रीहरु किन्न नसकिरहेका बेला सामानको मुख्य पनि बृद्धि भएको उपभोक्ताहरुले बताएका छन् । उनीहरले महंगी, बेरोजगारी, आर्थिक संकट तथा अभावका बारेमा चासो राख्दै आएका छन् ।
“मानिसहरुलाई अनेक प्रकारका समस्या आइपरेका छन्, समस्या न्युनिकरणका लागि हामीले सरकारलाई आग्रह गर्न चाहन्छौँ,” एक अफगान नागरिकले भन्नुभयो । अफगानिस्तानमा सरकार मातहतको निजामती सेवामा झण्डै ४३ हजार कर्मचारी कार्यरत रहेको तथ्याङ्क रहेको छ ।



प्रतिक्रिया