मेचीनगरमा ‘न्युटेला’ उद्योग

मेचीनगरमा ‘न्युटेला’ उद्योग

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

झापा, ६ असोज (रासस) । मेचीनगर नगरपालिका–१० मा स्थानीय श्रम र सीपको प्रयोग गरेर उत्पादन गर्ने उद्देश्यले रु तीन करोडको लगानीमा नन्दा फुड इन्डस्ट्रिज सञ्चालनमा आएको छ । स्थानीय व्यवसायी अजय घिमिरे र भूमि पौडेलेको संयुक्त लगानीमा सुरु भएको उद्योगले दैनिक एक हजार केजी ‘न्युटे«ला’ उत्पादन गर्दै आएको छ । भारतको दिल्ली, राजस्थान र चाइनाबाट कच्चापदार्थ ल्याएर उत्पादन गरिएको न्युट्रेला २०० ग्रामदेखि पाँच केजीसम्मको प्याकेजिङ गरेर बजारमा पठाइरहेको सञ्चालक घिमिरेले बताउनुभयो ।

तरकारी र अचारको रुपमा प्रयोग गरिने ‘न्युटेला’ बच्चादेखि वृद्धवद्धासम्मले मन पराउँछन् । इन्डस्ट्रिजमा हाल स्थानीय १२ जनाले रोजगारी पाएका छन् । “स्थानीयवासीलाई रोजगारी पनि मिल्ने र उनीहरुकै श्रम सीपको प्रयोग गरेर उत्पादन गर्न सकिने हुँदा हामीले तत्काल न्युट्रेला उत्पादन सुरु गरेका छौैं”, सञ्चालक घिमिरेले भन्नुभयो, “निकट भविष्यमा नन्दा कर्नफ्लेक्स र चोकोफोनको समेत उत्पादन गर्छौं ।”

इन्डस्ट्रिजले हाल नन्दा सुजीको समेत प्याकेजिङ गर्दै आएको छ । दैनिक दुई हजार केजी न्युटे«ला उत्पादन गर्ने क्षमता रहेको उद्योगले हाल नमूना परीक्षणका लागि एक हजार केजी मात्र उत्पादन गर्दै आएको बताउनुभयो । उहाँले यहाँ उत्पादित न्युट्रेला स्थानीय बजारमै खपत भइरहेको बताउँदै भन्नुभयो । एक महिना अघि सञ्चालनमा आएको इन्डस्ट्रिजबाट उत्पादित न्युट्रेला दसँै तिहार पछाडिदेखि पहाडी जिल्ला इलाम, ताप्लेजुङ र पाँचथरमासमेत पठाउने तयारी गरिरहेको उहाँले जानकारी दिनुभयो ।

यो पनि – दाताका भरमा बाल अनाथालय

महेन्द्रनगर, ६ असोज (रासस) : अभिभावकविहीन बालबालिकाको आश्रयस्थल बनेको कञ्चनपुरको महेन्द्रनगरस्थित महाकालीअञ्चल बाल अनाथालय दाताका भरमा चलिरहेको छ । विसं २०४९ मा स्थापना भएको बाल अनाथालयलाई राज्यबाट सहयोग नहुँदा अनाथालय सञ्चालनमा समस्या भइरहेको भए पनि कुनै पनि निकायले चासो देखाएका छैनन् । तत्कालीन जिल्ला विकास समितिले वार्षिक रुपमा अनाथालयलाई केही रकम खाद्यान्न खरिदका लागि अनुदान दिइरहेको थियो । पछिल्ला वर्षमा स्थानीय सरकार आइसकेपछि सो रकम आउन बन्द हुँदा अनालयको खर्च व्यवस्थापनमा निकै समस्या भइरहेको अनाथालयका कार्यालय प्रमुख शङ्कर चन्दले जानकारी दिनुभयो ।

अनाथालयमा हाल २९ बालबालिका आश्रित छन् । सबैजसो बालबालिकालाई बजार क्षेत्रका निजी तथा सरकारी स्कुलले निःशुल्क अध्यापन गराइरहेको भए पनि अनाथालयको अन्य व्यवस्थापनमा भने आर्थिक अभाव हँुदै आएको छ । “नगरपालिकासँग अनाथालय सहयोगका निम्ती धेरै गुहार माग्यांै”, उहाँले भन्नुभयो,“पर्खाल निर्माणका लागि सहयोग भए पनि बालबालिकाको पालनपोषणका लागि केही पनि भएन ।” अनाथालयलाई हालसम्म १९३ जना टुहुरा बालबालिकालाई आश्रय दिइसकेको जनाएको छ ।

“ यहाँ आश्रय लिएर पढेका धेरै बालबालिका जागिरमा छन्”, चन्दले भन्नुभयो,“सेना, प्रहरी, शिक्षक र निजामती सेवामा यहाँबाट पढेर गएका बालबालिका पनि छन् ।”
अनाथालय व्यवस्थापन समितिसँगै दाताको खाद्यान्न, लत्ताकपडालगायतको सहयोगले अनाथालय चलिरहेको चन्दको भनाइ छ । “जन्मदिन, श्राद्ध, विवाहको खुसीमा यहाँ दाता सहयोग गर्छन्”, उहाँले भन्नुभयो,“ स्कुल र सहकारीको पनि महत्वपूर्ण सहयोग छ ।”

त्यसैगरी पछिल्लो समय अनाथालय व्यवस्थापन समितिका पदाधिकारी र सदस्यले अनाथालय सञ्चालनका लागि रु १६ लाखको अक्षयकोष समेत स्थापना गरेको चन्दले बताउनुभयो । “अक्षय कोषमा आउने ब्याजबाट बालबालिकाको पालनपोषणमा खर्च गर्ने गरिएको छ”, उहाँले भन्नुभयो, “स्थानीय र प्रदेश सरकारले अनाथालयलाई बेवास्ता गरे ।”