कोभिड–१९ को डेल्टा भेरिएन्ट र आँधीका कारण प्रभावित बनेको अमेरिकी अर्थतन्त्रले गत हप्ता लगातार दोस्रो पटक पनि बेरोजगारी भई सहयोगका लागि पर्ने निवेदनमा दरमा वृद्धि देखिएको बिहीबार श्रम मन्त्रालयद्वारा सार्वजनिक तथ्याङ्कमा उल्लेख गरिएको छ । डेल्टा र आँधीका कारण पनि अघिल्लो दुई हप्ताभन्दा गत हप्ता १६ हजार व्यक्तिले बेरोजगार बनेका कारण सहयोग माग गरी निवेदन दिएका छन् । यो विश्लेषकहरूको अपेक्षाभन्दा धेरै माथि हो ।
सन् २०२० को मार्चमा महामारी सुरु भएपछि श्रम बजारको अवस्था नजिकबाट नियाल्दा यस वर्षको अधिकांश समय ह्रास हुँदै आएको छ । हालैको आँधी र कोभिडको डेल्टा भेरिएन्टले अमेरिकी अर्थतन्त्रलाई लगभग एक महिनाअघिको स्तरसम्म पु¥याइदिएको छ ।डेल्टा भेरिएन्टको अवरोधको सङ्केतको सट्टा गत हप्ताको वृद्धि तथ्याङ्कमा मौसमी समायोजन र आइदा आँधीको प्रभावको परिणाम हुनसक्ने सम्भावना बढी भएको ‘प्यान्थियन माइक्रोइकोनोमिक’ का आर्थिक विश्लेषक इयान सेफर्डसनले बताउनुभयो ।
उहाँका अनुसार राज्य बेरोजगारी कार्यालयहरूमा पुग्नमा नै आँधीका कारण अवरोध उत्पन्न भएका कारण पनि बेरोजगारी दरमा वेद्धि देखिएको हो । बेरोजगार भएका निवेदन आउने प्रवृत्ति बिस्तारै घट्दै जानेछ तर मौसमी कामहरूले गर्दा नोभेम्बरसम्म बेरोजगारी दरमा देखिएको वृद्धि रोकिने सम्भावना रहेको उहाँको विश्लेषण छ ।
यो पनि – सबै स्मार्ट फोनको एउटै चार्जर बनाउन युरोपेली संघको दवाव
युरोपेली संघले सवै स्मार्ट फोनमा एउटै प्रकारको चार्जर प्रयोग हुने व्यवस्था विश्वभरी गर्न दवाव दिएको छ । संघको यस दवावले विश्वभरी धेरै प्रयोग भएको एप्पल फोनको उत्पादक कम्पनीलाई धक्का लाग्नसक्ने छ । युरोपेली आयोगले एकैप्रकारको चार्जर भएमा विद्युत खपत पनि कम हुने र चार्जर धेरै खेर जाने समस्या पनि कम हुने विश्वास लिएको छ ।
त्यसैगरी उपभोक्ताहरूलाई हरेक पटक नयाँ फोन किन्दा नयाँ चार्जर पनि किन्नुपर्ने वाध्यता हट्ने र विद्युतीय सामग्रीहरूको फोहोर कम हुने आयोगको निश्कर्ष छ ।तर एप्पल कम्पनीले भने आयोगको निर्णयले नयाँ आविस्कार गर्न र विविधतालाई निरुत्साहित गर्ने दावी गरेको छ । आयोगको निर्देशनका कारण अव मोवाइल फोनको चार्जर उत्पादकहरुले एकै प्रकारको चार्जर बनाउनु पर्ने बाध्यता आइपर्ने भएको छ ।
युरोपेली आयोगले मोबाइल फोन, ट्याबलेट तथा हेडफोनहरूका निम्ति समान प्रकारको चार्जरसम्बन्धी कानुनको मस्यौदा तयार पारेर पेश गरेको अधिकारीहरूले जनाएका छन् । आयोगका कानुन निर्माताहरूले सबै उपकरणलाई उपयुक्त हुने उचित प्रकारको चार्जर बनाउने व्यवस्था गर्नुपर्ने माग झण्डै एक दशकदेखि उठाउँदै आएका थिए ।
एकै प्रकारको चार्जरको प्रयोगले वातावरण संरक्षणमा समेत ठूलो योगदान गर्न सक्ने उनीहरुको दावी छ ।फालिएका तथा प्रयोगमा नआएका चार्जरका तारहरूका कारण हरेक वर्ष ११ हजार टन फोहोर उत्पादन हुने गरेको युरोपेली आयोगको एक अध्ययनले देखाएको थियो । सोही अध्ययका अनुसार गत वर्ष युरोपेली संघ मातहतका मुलुकहरुमा ४२ करोड मोबाइल फोन तथा अन्य हाते उपकरण विक्री भएका थिए ।
औसतमा प्रत्येक व्यक्तिसँग तीनवटा फोन चार्जर रहने गरेको जसमध्ये २ वटा प्रयोगमा आउने गरेको पनि अध्ययनले देखाएको थियो । आयोगको प्रस्तावित कानुनमाथी सुरुमा युरोपेली संसद र संघमा आवद्ध देशहरुले आन्तरिक रुपमा छलफल गरेर पारित गर्नु पर्ने भएकाले यो नियम लागु हुन तीन बर्षसम्म लाग्न सक्ने बताइएको छ ।



प्रतिक्रिया