खोपको असमान वितरण बारे राष्ट्रसंघको महासभामा छलफल

खोपको असमान वितरण बारे राष्ट्रसंघको महासभामा छलफल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विश्वव्यापी रूपमा खोपको असमान वितरणका बारेमा संयुक्त राष्ट्रसंघको महासभामा कुरा उठेको छ । विषेश गरेर अफ्रिकी तथा खोपको पहुँच कम भएका देशका प्रतिनिधिहरूले खोपको समान वितरण हुनुपर्नेमा जोड दिएका हुन् । खोपको उपलब्धता सवै देशमा समान तरिकाले नभएमा विश्वमा ठूलो मानवीय सङ्कट उत्पन्न हुन सक्ने चेतावनी पनि विश्व नेताहरुले दिएका छन् ।

धनी तथा शक्तिशाली र विकसित देशहरूले खोप आफुहरूमा केन्द्रीत गरेको र गरिब तथा अविकसित देशहरूमा खोपको पहुँच निकै कम भएको महासभामा बोल्ने बक्ताहरूले दावी गरेका हुन् । आगामी दिनमा यस बारेमा गम्भीरतापूर्वक ध्यान दिएर अहिलेको अवस्थामा सुधार ल्याउन समेत उनीहरूले माग गरेका छन् ।नर्वेका प्रधानमन्त्री इर्ना सोल्बेर्गले भन्नुभयो, “कतिपय देशले आफ्ना अधिकांश नागरिकलाई खोप लगाएर अहिले महामारी नियन्त्रणको अवस्थामा पुगेका छन् तर कतिपय देशहरुले भने पर्याप्त खोप पाएका छैनन् । यसकारण खोपमा पहुँच नहुने देशको स्वास्थ्य प्रणाली दयनीय अवस्थामा रहेको छ । यो धेरै गम्भीर विषय हो ।”

उहाँले थप्नुभयो, “अफ्रिकी मुलुकहरुमा २० मध्ये एक जनाले मात्रै खोप पाएका छन् भने युरोपेली मुलुकहरूमा दुईमध्ये एक जनाले खोप पाएका छन्, यस्तो असमानता स्पष्ट रूपमा नराम्रो हो ।”महासभामा दक्षिण अफ्रिका, बोट्स्वाना, अंगोला, बुर्किना फासो, लिबियालगायतका देशका नेताहरुले पनि खोपको असमान वितरणका बारेमा आवाज उठाउनु भएको थियो । विश्वमा आगामी वर्ष सन् २०२२ मा कोरोनाभाइरस विरुद्धको खोपको उपलब्धता समान हुने व्यवस्था गर्न पनि उनीहरूले माग गरेका थिए ।सयुक्त राष्ट्रसङ्घीय मुख्यालय न्युयोर्कमा ७६औँ महासभा चलिरहेको छ भने विश्व नेताहरूको उल्लेख्य सहभागीता रहेको छ ।

यो पनि – ‘डेल्टा भेरिएन्ट’ र आँधीबेहरीबीच अमेरिकी बेकारको दाबी फेरि बढ्यो

कोभिड–१९ को डेल्टा भेरिएन्ट र आँधीका कारण प्रभावित बनेको अमेरिकी अर्थतन्त्रले गत हप्ता लगातार दोस्रो पटक पनि बेरोजगारी भई सहयोगका लागि पर्ने निवेदनमा दरमा वृद्धि देखिएको बिहीबार श्रम मन्त्रालयद्वारा सार्वजनिक तथ्याङ्कमा उल्लेख गरिएको छ । डेल्टा र आँधीका कारण पनि अघिल्लो दुई हप्ताभन्दा गत हप्ता १६ हजार व्यक्तिले बेरोजगार बनेका कारण सहयोग माग गरी निवेदन दिएका छन् । यो विश्लेषकहरूको अपेक्षाभन्दा धेरै माथि हो ।

सन् २०२० को मार्चमा महामारी सुरु भएपछि श्रम बजारको अवस्था नजिकबाट नियाल्दा यस वर्षको अधिकांश समय ह्रास हुँदै आएको छ । हालैको आँधी र कोभिडको डेल्टा भेरिएन्टले अमेरिकी अर्थतन्त्रलाई लगभग एक महिनाअघिको स्तरसम्म पु¥याइदिएको छ ।डेल्टा भेरिएन्टको अवरोधको सङ्केतको सट्टा गत हप्ताको वृद्धि तथ्याङ्कमा मौसमी समायोजन र आइदा आँधीको प्रभावको परिणाम हुनसक्ने सम्भावना बढी भएको ‘प्यान्थियन माइक्रोइकोनोमिक’ का आर्थिक विश्लेषक इयान सेफर्डसनले बताउनुभयो ।

उहाँका अनुसार राज्य बेरोजगारी कार्यालयहरूमा पुग्नमा नै आँधीका कारण अवरोध उत्पन्न भएका कारण पनि बेरोजगारी दरमा वेद्धि देखिएको हो । बेरोजगार भएका निवेदन आउने प्रवृत्ति बिस्तारै घट्दै जानेछ तर मौसमी कामहरूले गर्दा नोभेम्बरसम्म बेरोजगारी दरमा देखिएको वृद्धि रोकिने सम्भावना रहेको उहाँको विश्लेषण छ ।

यो पनि – सबै स्मार्ट फोनको एउटै चार्जर बनाउन युरोपेली संघको दवाव

युरोपेली संघले सवै स्मार्ट फोनमा एउटै प्रकारको चार्जर प्रयोग हुने व्यवस्था विश्वभरी गर्न दवाव दिएको छ । संघको यस दवावले विश्वभरी धेरै प्रयोग भएको एप्पल फोनको उत्पादक कम्पनीलाई धक्का लाग्नसक्ने छ । युरोपेली आयोगले एकैप्रकारको चार्जर भएमा विद्युत खपत पनि कम हुने र चार्जर धेरै खेर जाने समस्या पनि कम हुने विश्वास लिएको छ ।

त्यसैगरी उपभोक्ताहरूलाई हरेक पटक नयाँ फोन किन्दा नयाँ चार्जर पनि किन्नुपर्ने वाध्यता हट्ने र विद्युतीय सामग्रीहरूको फोहोर कम हुने आयोगको निश्कर्ष छ ।तर एप्पल कम्पनीले भने आयोगको निर्णयले नयाँ आविस्कार गर्न र विविधतालाई निरुत्साहित गर्ने दावी गरेको छ । आयोगको निर्देशनका कारण अव मोवाइल फोनको चार्जर उत्पादकहरुले एकै प्रकारको चार्जर बनाउनु पर्ने बाध्यता आइपर्ने भएको छ ।

युरोपेली आयोगले मोबाइल फोन, ट्याबलेट तथा हेडफोनहरूका निम्ति समान प्रकारको चार्जरसम्बन्धी कानुनको मस्यौदा तयार पारेर पेश गरेको अधिकारीहरूले जनाएका छन् । आयोगका कानुन निर्माताहरूले सबै उपकरणलाई उपयुक्त हुने उचित प्रकारको चार्जर बनाउने व्यवस्था गर्नुपर्ने माग झण्डै एक दशकदेखि उठाउँदै आएका थिए ।

एकै प्रकारको चार्जरको प्रयोगले वातावरण संरक्षणमा समेत ठूलो योगदान गर्न सक्ने उनीहरुको दावी छ ।फालिएका तथा प्रयोगमा नआएका चार्जरका तारहरूका कारण हरेक वर्ष ११ हजार टन फोहोर उत्पादन हुने गरेको युरोपेली आयोगको एक अध्ययनले देखाएको थियो । सोही अध्ययका अनुसार गत वर्ष युरोपेली संघ मातहतका मुलुकहरुमा ४२ करोड मोबाइल फोन तथा अन्य हाते उपकरण विक्री भएका थिए ।

औसतमा प्रत्येक व्यक्तिसँग तीनवटा फोन चार्जर रहने गरेको जसमध्ये २ वटा प्रयोगमा आउने गरेको पनि अध्ययनले देखाएको थियो । आयोगको प्रस्तावित कानुनमाथी सुरुमा युरोपेली संसद र संघमा आवद्ध देशहरुले आन्तरिक रुपमा छलफल गरेर पारित गर्नु पर्ने भएकाले यो नियम लागु हुन तीन बर्षसम्म लाग्न सक्ने बताइएको छ ।