वडा कार्यालय पेट्रोल छर्केर आगजनी गर्नेलाई कारबाही गर्न माग

वडा कार्यालय पेट्रोल छर्केर आगजनी गर्नेलाई कारबाही गर्न माग

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

वीरेन्द्रनगर नगरपालिका–१ नं वडा कार्यालयमा पेट्रोल छर्केर आगजनी गर्ने व्यक्तिलाई कडा कारबाही गर्न माग गरिएको छ । बुधबार वडा कार्यालय पुगेका एक अज्ञात व्यक्तिले कार्यालयको टेलिफोन प्रयोग गरी वडाध्यक्ष गङ्गाराम सुनारलाई धम्क्याउनाका साथै उहाँको कार्यकक्षमा आगजनी गरेका थिए । आगजनी गरेलगत्तै फरार ती व्यक्तिको प्रहरीले खोजी तीव्र पारेको जनाएको छ ।

नगरप्रमुख देवकुमार सुवेदीले विज्ञप्ति जारी गर्दै प्रत्यक्ष जनतासँग सम्बन्धित कार्यालयमा आगो लगाउने, जनप्रतिनिधि र कर्मचारीको मनोबल गिराउने हर्कत गर्ने व्यक्तिलाई तत्काल पक्राउ गरी हदैसम्म सजायको माग गर्नुभएको छ । नगरपालिकाले कार्यालयमा पेट्रोल छर्केर आगजनी गर्ने कार्यलाई गम्भीर अपराध भन्दै विज्ञप्तिमार्फत घटनाको घोर भत्र्सना गरेको छ ।

यो पनि – पेशाकर्मी, मजदुर, उद्योगी र युवा–विद्यार्थीलाई थप सङ्गठित गर्दै एमाले

नेकपा (एमाले)ले काठमाडौँ उपत्यकामा रहेका पेशाकर्मी, मजदुर, उद्योगी–व्यवसायी र युवा–विद्यार्थीलाई थप सङ्गठित गर्न थालेको छ । सो पार्टीले विगतमा व्यवस्था नभएको उपत्यका विशेष प्रदेश कमिटी गठन गरी यस क्षेत्रको कामलाई अघि बढाएको हो । सो कमिटी मातहत बुद्धिजीवी, मजदुर, उद्योगी–व्यवसायी र युवा–विद्यार्थी विशेष जिल्ला कमिटी क्रियाशील छन् ।

सो प्रदेश कमिटीका अध्यक्ष सुजिता शाक्यका अनुसार पार्टीको भूगोल कमिटीमा प्रत्यक्ष आवद्ध भएर काम गर्न नमिल्ने, कामको प्रकृतिका हिसाबले उपत्यकामा अनेकौँ काम विशेषका कारणले आफ्नो जन्मथलोबाट उपत्यका आएर बसेका सामुदायिक, पेशागत तथा सामाजिक क्षेत्रमा कार्यरत सम्पूर्ण जनशक्तिलाई देशको राज्यको मूल प्रवाहमा ल्याउने र आफ्नो सीप, अनुभव, विज्ञता, योग्यता तथा क्षमतालाई राष्ट्र निर्माण र जनताको सेवामा समर्पित गर्दै काम गरेका व्यक्तिलाई सङ्गठित गरिएको बताउनुभयो । सो प्रदेशको आयोजनामा बिहीबार पार्टीका अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा बृहत् कार्यकर्ता भेला आयोजना गरिएको थियो ।

अध्यक्ष शाक्यले सामाजिक क्षेत्रका साथै विभिन्न उत्पादनशील क्षेत्रमा समेत पार्टी कामलाई विस्तार गर्नुपर्ने आवश्यकता रहेको जनाउँदै पेशागत, प्राविधिक, सूचना, सञ्चार, श्रम, प्रवासबाट फर्किएका श्रमिक, खेलकुद, मनोरञ्जन क्षेत्र, सुरक्षा, पर्यटन, उद्योग, व्यापार–व्यवसाय, कला, साहित्य–संस्कृतिको क्षेत्रमा समेत यस किसिमका सङ्गठनात्मक गतिविधिलाई अघि बढाइने बताउनुभयो ।

उहाँले यस क्षेत्रमा कार्यरत पेशाकर्मी, मजदुर, उद्योगी व्यवसायी र युवा विद्यार्थीको हकहित र उन्नतिका लागि सङ्गठित तथा परिचालित गर्ने, आफ्नो पेशागत हकहित सुरक्षा र स्तरोन्नति गर्दै आ–आफ्नो क्षेत्रको विशेषज्ञका रूपमा जनशक्ति निर्माणका लागि प्रेरित गर्दै आवश्यक समन्वय तथा सहजीकरण गर्ने उद्देश्यले सम्बन्धित क्षेत्रमा रही पार्टीप्रति प्रतिबद्ध, अनुशासित, निष्ठावान र समर्पित बनी काम गरिने पनि उहाँको भनाइ छ । यसैबीच एमालेको यही असोज १५ देखि १७ गतेसम्म हुने विधान महाधिवेशनका लागि प्रस्तुत गरिने राजनीतिक र साङ्गठनिक प्रतिवेदन तथा विधान संशोधनको मस्यौदामाथि छलफल गर्न यही असोज ८ र ९ गते पार्टीको केन्द्रीय कमिटीको बस्दैछ ।