किसानलाई क्रेडिट कार्ड वितरण

किसानलाई क्रेडिट कार्ड वितरण

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

झापाको दमकस्थित हिमशिखर एग्रो एन्ड हर्व रिसर्च सेन्टरले किसानलाई क्रेडिट कार्ड वितरण गरेको छ । मेगा बैंकसँगको सहकार्यमा एग्रोले क्रेडिट कार्ड वितरण गरेको हो । किसानका समस्यालाई ध्यानमा राख्दै प्रारम्भमा पाँच किसानलाई क्रेडिट कार्ड वितरण गरेको एग्रोका अध्यक्ष धुव्रप्रसाद न्यौपानेले जानकारी दिनुभयो । एग्रोले किसानलाई डिजिटल कृषि प्रणालीमार्फत सहज तथा सहुलियत रुपमा कर्जा उपलब्ध गराउने उद्देश्यका साथ कार्ड वितरण गरेको उहाँले बताउनुभयो । एग्रोले आज आयोजित कार्यक्रममा किसानलाई वित्तीय साक्षरता सम्बन्धि जानकारी समेत दिएको छ ।

कार्यक्रकममा दमक नगरपालिकाका प्रमुख रोमनाथ ओली, एग्रोका प्रमुख कार्यकारी अधिकृत प्रकाश घिमिरे, मेगा बैंकका पुण्यप्रसाद खनिया, बैंकका प्रदेश–१ का प्रमुख विवेकबन्धु न्यौपाने, दमक नगरपालिकाका कृषि शाखाप्रमुख चन्द्रकला भट्टराई, अर्जुनधारा नगरपालिकाका पशु विकास अधिकृत पदम राईलगायतको सहभागिता रहेको थियो ।

यो पनि – दिगो विकास लक्ष्यका विषयमा जनप्रतिनिधि नै बेखबर

दिगो विकास लक्ष्य सुरु भएको छ वर्ष हुन लाग्दा पनि जनप्रतिनिधिको तहमै जानकारी नहुँदा कार्यान्वयनमा चुनौती देखिएको यस क्षेत्रका विज्ञको भनाइ छ ।महिला, कानून र विकास मञ्चले आज यहाँ आयोजना गरेको दिगो विकास लक्ष्य कार्यान्वयनका सम्बन्धमा सञ्चारकर्मीसँगको छलफलका क्रममा दिगो विकास लक्ष्य राष्ट्रिय सञ्जाल नेपालका संयोजक दयासागर श्रेष्ठले राजनीतिक अपनत्व र प्रतिबद्धता नहुँदा पनि कार्यान्वयनमा समस्या भएको बताउनुभयो ।

जनप्रतिनिधिलाई जानकारी नहुँदा तहगत रुपमा समन्वय र योजना छनोट हुन नसकेको उहाँले बताउनुभयो । दिगो विकास लक्ष्य पूरा गर्न ५५ प्रतिशत योगदान निजी क्षेत्रको हुन्छ । दिगो विकास लक्ष्यका १७ वटा लक्ष्यमध्ये १६ नं लक्ष्यको प्रगति निराशाजनक रहेको संयोजक श्रेष्ठले सुनाउनुभयो । दिगो विकास लक्ष्यमा हस्ताक्षर गर्ने विश्वका १९३ देशमध्ये धेरै देशमा लक्ष्य नं १६ को प्रगति निराशाजनक छ ।

लक्ष्य नं १६ मा शान्ति स्थापना, समावेशी र सामाजिक विषय उल्लेख गरिएको छ । लक्ष्य नं १६ को १२ वटा परिमाणात्मक लक्ष्य र ३२ वटा अनुगमन सूचक तय गरिएको छ । सरकारले सन् २०१७ र २०२० मा दुईपटक गरेको समीक्षामा पनि लक्ष्य नं १६ का विषयमा धेरै तथ्याङ्क समावेश गरिएको छैन । लक्ष्य नं १६ का विषयमा कोरोना महामारी सुरु हुनुअघि पनि प्रगति थिएन ।

दिगो विकास लक्ष्यअनुसार सन् २०३० सम्ममा गरिबीलाई पाँच प्रतिशतमा झार्ने उल्लेख छ । दिगो विकास लक्ष्य प्राप्तिका लागि वार्षिक रु छ खर्ब थप बजेट आवश्यक पर्ने संयोजक श्रेष्ठले बताउनुभयो । कार्यक्रममा अधिवक्ता बिनु लामा, मञ्चका कार्यक्रम संयोजक कृतज्ञ राईलगायतले दिगो विकास लक्ष्य हासिल गर्न तीनै तहका सरकारबीच समन्वयात्मक रुपमा काम हुनुपर्नेमा जोड दिनुभएको थियो ।

यो पनि –विकास निर्माणमा अग्रसर कोशी–४ का जनप्रतिनिधि

कोशी गाउँपालिका–४ मा विकास निर्माणलाई पहिलो प्राथमिकतामा राखेर कार्य भइरहेको छ । आफू निर्वाचित भएर आएदेखि नै विकास निर्माणका योजना प्राथमिकताका साथ पूरा गर्दै आएको वडाध्यक्ष अमिन मियाँले बताउनुभयो । यहाँका सडक, कलभर्ट, मठमन्दिर, विद्यालय भवन निर्माणलाई पहिलो प्राथमिकतामा राखेर काम गरिएको उहाँको भनाइ थियो ।

सुशासनलाई प्राथमिकता दिइएको, योजना तर्जुमा, बजेट बाँडफाँड र नीति तथा कार्यक्रम कार्यान्वयनमा पनि समान सहभागिता गराइएको वडा कार्यालयले जनाएको छ ।
वडाभित्रका १३ टोलका नागरिकलाई योजना निर्माणदेखि सम्पन्न नभएसम्म प्रत्यक्ष सहभागी गराउँदै आएको स्थानीयवासी विद्यानन्द यादवले बताउनुभयो । उक्त गाउँपालिका साबिकका चार गाविसलाई मिलाएर आठ वडामा विभाजन गरिएकामा वडा नं ४ भने अरू वडाको तुलनामा नागरिक मैत्री र सुशासन मैत्री भएको उहाँको भनाइ थियो ।

विकास निर्माणको काममा नागरिकसमेत सन्तुष्ट रहेको वडाध्यक्ष मियाँले बताउनुभयो । वडामा सेवा लिन आएका सबै नागरिकलाई समान व्यवहार गरी सेवा प्रवाह गरिएका कारण नागरिकमा कुनै पनि असन्तुष्टि नरहेको वडा सचिव देवनारायण लहुटियाले जानकारी दिनुभयो । उहाँका अनुसार नागरिक सहभागिताका साथै नागरिक वडापत्र र नीति तथा कार्यक्रम कार्यान्वयन हुँदै जाँदा स्थानीय सरकारप्रति जनताको विश्वास बढेको देखिन्छ ।