द्वन्द्वग्रस्त मुलुकबाहेक अरु सबै देशका नागरिकलाई अनअराइभल भिसा

द्वन्द्वग्रस्त मुलुकबाहेक अरु सबै देशका नागरिकलाई अनअराइभल भिसा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सरकारले विभिन्न १२२ देशका नागरिकलाई अनअराइभल भिसा नदिने भएको छ । अध्यागमन विभागले अन्य सबै देशका नागरिकलाई विमानस्थलमा नै अनअराइभल भिसा सुविधा दिने उल्लेख गर्दै द्वन्द्वग्रस्त ती देशका नागरिकलाई कूटनीतिक नियोगमार्फत नै प्रवेशाज्ञा लिनुपर्ने उल्लेख गरेको छ । विभागका अनुसार नाइजेरिया, घाना, जिम्बाबे, स्वाजील्याण्ड, क्यामरुन, समोलिया, लाइबेरिया, इथोपिया, इराक, प्लोस्टाइन, अफगानिस्तान र सिरियाका नागरिकले अनअराइभल भिसा नपाउने जनाएको छ । ती देशका नागरिकले नेपालको भ्रमण गर्न चाहेको खण्डमा आकस्मिक राहदानी बाहकले अनिवार्य रुपमा कूटनीतिक नियोगबाट प्रवेशात्रा लिनुपर्ने विभागले जनाएको छ ।

विभागले अनअराइल भिसाका लागि कोरोनाको खोपको मात्रा पूरा गरेको १४ दिन पूरा भएको प्रमाण, हवाई उडानको लागि चेक इन हुनुभन्दा ७२ घण्टा भित्रको र स्थलमार्गबाट आगमन हुनेको हकमा नेपाल प्रवेश गर्नुभन्दा ७२ घण्टा भित्रको कोभिड–१९ परीक्षणको रिपोर्ट नेगेटिभ भएको प्रमाण आवश्यक पर्ने जनाएको छ ।
पर्वतारोह र पदयात्रा तथा अनुमति लिनुपर्ने अन्य विषयको हकमा सोसम्बन्धी अनुमतिको प्रतिलिपी, नेपालमा होटल बुक गरेको प्रमाण आवश्यक पर्ने विभागले जनाएको छ । मन्त्रिपरिषद्को यही असोज ५ गतेको निर्णयअनुसार विदेशबाट नेपाल आगमन हुने र नेपालबाट प्रस्थान गर्ने यात्रुको यात्रा व्यवस्थापनसम्बन्धी आदेश, २०७८ अनुसार यात्रुको आवागमन सम्बन्धमा नयाँ व्यवस्था गरिएको विभागले स्पष्ट पारेको छ ।

त्यस्तै, पाँच वर्षभन्दा कम उमेरका बालबालिकाको हकमा कुनै खोप र परीक्षण आवश्यक नपर्ने विभागको सूचनामा उल्लेख छ । पाँच वर्षभन्दा बढी र १८ वर्षभन्दा कम उमेरका बालबालिकको हकमा अन्य व्यवस्था नेपाली वा विदेशी नागरिक सरह हुने स्पष्ट पारिएको छ ।

यो पनि -सरकार तेजाव आक्रमण निरुत्साहित गर्न लागि परेको छ : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकार तेजाब आक्रमण निरुत्साहित गर्न यससम्बन्धी कानून शीघ्र बनाएर कार्यान्वयन गर्न लागेको बताउनुभएको छ । प्रधानमन्त्री देउवालाई आज कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भेटेर तेजाब आक्रमण निरुत्साहित गर्ने अध्यादेश पारित गरी अमानवीय प्रवृत्तिविरुद्ध राज्य कठोर बन्नुपर्ने आग्रह गर्नुभएको थियो । प्रधानमन्त्री देउवाले सो विषय मानवीय र साझा भएको भन्दै कानून बनाउन मात्र होइन कार्यान्वयन गर्न पनि सरकार लाग्ने बताउनुभएको प्रवक्ता शर्माले जानकारी दिनुभयो ।

भेटमा प्रवक्ता शर्माले पार्टीको १४औँ महाधिवेशनको तयारी, सरकारका उपलब्धि र समीक्षालगायत विषयमा पनि छलफल गर्नुभएको थियो । साथै पार्टीको केन्द्रीय प्रचार विभागले महाधिवेशन पुर्व ‘चिन्तन १४औँ महाधिवेशन’ आयोजना गर्ने निर्णय गरेको जानकारी पनि गराउनुभएको थियो । कांग्रेसले १४औँ महाधिवेशन आगामी मङ्सिर ९ देखि १३ गतेसम्म काठमाडौँमा हुँदैछ ।