अधिकार र दायित्वप्रति जिम्मेवार हुनुपर्छ– प्रदेश प्रमुख गुरुङ

अधिकार र दायित्वप्रति जिम्मेवार हुनुपर्छ– प्रदेश प्रमुख गुरुङ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले राज्यबाट प्राप्त अधिकार र दायित्वको बारेमा जिम्मेवार हुनुपर्ने बताउनुभएको छ । बौद्ध अर्घाै सदन रामघाट पोखराको आज सम्पन्न ४४आँै वार्षिक साधारणसभामा उहाँले हकअधिकारको माग एकै चोटि मागेर पूरा नहुने बताउनुभयो । विभिन्न समुदायका व्यक्ति आफँै अधिकारका बारेमा सचेत हुनपर्नेमा जोड दिँदै प्रदेश प्रमुख गुरुङले दलीय सङ्गठनभित्र बसेर दलभित्र आप्mनो समुदायको बाहुल्य कायम गर्नेतर्पm सबै सचेत भएर लाग्नुपर्नेमा जोड दिनुभयो ।

बौद्ध अर्घाै सदनले भावी पुस्तालाई प्रेरणा दिने कार्य गर्नुपर्ने बताउँदै उहाँले राजनीतिक क्षेत्रमा आफ्नो बाहुल्य कायम गर्नका लागि चेतनास्तरमा वृद्धि गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । बौद्ध अर्घाै सदनका अध्यक्ष मोहनसिंह गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा हुमबहादुर गुरुङलगायतले अर्र्र्घाै सदनले गरेका गतिविधिसहित आवश्यकता एवं महत्वमाथि चर्चा गर्नुभएको थियो ।

यो पनि – पर्यटन पुनरुत्थान र गन्तव्य प्रवद्र्धन कार्यक्रम सम्पन्न

नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल्स एजेन्ट्स (नाट्टा) गण्डकी प्रदेश र नाट्टा प्रदेश नं २ को संयोजन एवं गण्डकी प्रदेश सरकारको निमन्त्रणामा पर्यटन पुनरुत्थान र गन्तव्य प्रवद्र्धन कार्यक्रमका साथ पोखरा भ्रमणमा रहेको प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउत नेतृत्वको टोली आज फर्किएको छ ।तीन दिने भ्रमणका क्रममा पोखराका पर्यटकीय स्थलको अवलोकन, छलफल एवं अन्तरक्रियाका साथै नाट्टा गण्डकी प्रदेश र नाट्टा प्रदेश नं २ द्वारा गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल र प्रदेश नं २ का मुख्यमन्त्री राउतको रोहबरमा संयुक्त समझदारीसमेत घोषणा गरिएको नाट्टा गण्डकी प्रदेशका अध्यक्ष सञ्जयकान्त सिग्देलले जानकारी दिनुभयो ।

भ्रमणका क्रममा मुख्यमन्त्री राउत नेतृत्वको टोलीले गण्डकीका मुख्यमन्त्री पोखरेलसँग औपचारिक भेटवार्तासँगै पोखराको फेवाताल, डेभिज फल्स, पुम्दीकोट, विन्ध्यवासिनी, भद्रकाली, पोखरा रङ्गशाला, सराङ्कोट, अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालयलगायतका स्थानको अवलोकन गर्नुभएको कार्यक्रम संयोजक एवं नाट्टा गण्डकी प्रदेशका महासचिव कमला गिरीले जानकारी दिनुभयो । मुख्यमन्त्री राउतलाई पोखरा विमानस्थलमा गण्डकी प्रदेशका पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव ज्ञानेश्वर पौडेल, नाट्टा गण्डकी प्रदेशका अध्यक्ष सञ्जयकान्त सिग्देललगायतले विदाइ गर्नुभयो ।