सातमहिने शिशु र युवकको शव फेला

सातमहिने शिशु र युवकको शव फेला

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मलङ्गवा, ९ असोज (रासस) : सर्लाही सदरमुकाम मलङ्गवाका छुट्टाछुट्टै स्थानमा सातमहिने शिशु र एक युवकको शव फेला परेको छ । मलङ्गवा नगरपालिका–४ स्थित सार्वजनिक पोखरीमा सातमहिने शिशुको शव फेला परेको छ भने मलङ्गवा–७ गणेशियास्थित नहरमा अन्दाजी ४० वर्षीय एक युवकको बेवारिसे शव फेला परेको हो ।

आज बिहान करिब १०ः०० बजे पोखरीमा सातमहिने बालकको शव स्थानीयवासीले देखेपछि प्रहरीलाई खबर गरेका थिए । त्यस्तै दिउँसो नहरमा माछा मा.र्न गएका व्यक्तिले युवकको शव देखेपछि प्रहरीलाई जानकारी गराएको थियो । दुवै शवको अहिलेसम्म पहिचान खुलेको छैन । दुवै शव अहिले मलङ्गवा अस्पतालमा राखिएको छ । दुवै शवका विषयमा अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यो पनि – सवारी दुर्घटनामा मृत्यु

बनेपा, ९ असोज (रासस) : काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–३ अरनिको राजमार्गअन्तर्गत होटल अरनिको अगाडि टिपर र मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हरि खतिवडाका अनुसार शुक्रबार राति बनेपाबाट धुलिखेलतर्फ जाँदै गरेको प्रदेश३–०२००७प ४०८८ नंको मोटरसाइकल धुलिखेलबाट बनेपातर्फ जाँदै गरेको बा४ख ६२२० नंको टिपरसँग ठोक्किएर दुर्घटना भएको हो ।

घटनामा परी मोटरसाइकल चालक पाँचखाल नगरपालिका–११ का ३३ वर्षीय सुमन रेग्मी गम्भीर घाइते भई धुलिखेल अस्पतालमा उपचारका क्रममा आज मुत्यु भएको प्रहरी नायब उपरीक्षक खतिवडाले बताउनुभयो । मृतक रेग्मीको शव परीक्षणपछि परिवारलाई जिम्मा लगाइएको प्रहरीले जनाएको छ । प्रहरीले गाडी र मोटरसाइकल नियन्त्रणमा लिएको छ ।

यो पनि – बागलुङमा नेकपा (एकीकृत समाजवादी) को जिल्ला कमिटी गठन

बलेवा, ९ असोज (रासस) : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) बागलुङको अध्यक्षमा लालबहादुर थापा सर्वसम्मत चयन हुनुभएको छ । बागलुङ बजारमा आज सम्पन्न भेलाले उहाँको अध्यक्षतामा ७५ सदस्यीय जिल्ला कमिटी चयन गरेको हो ।

कमिटीको उपाध्यक्ष केशर छन्त्याल चयन हुनुभएको छ । महिला उपाध्यक्षको पद खाली छ । सचिवमा भरत पुरी र उपसचिवमा चक्रबहादुर थापा चयन हुनुभएको निर्वाचन समितिका संयोजक श्रीप्रसाद शर्माले जानकारी दिनुभयो । जिल्ला भेला आयोजक कमिटीको संयोजक बन्नुभएका थापालाई भेलाले अध्यक्षमा निर्वाचित गरेको हो । भेलामा निर्वाचन समितिले प्रस्तुत गरेका सबै नामावली सर्वसम्मतरूपमा पारित भएका थिए ।

त्यस्तै भेलाले पार्टीका जनवर्गीय सङ्गठनमा नेतृत्व घोषणा गरेको छ । युवा सङ्घ बागलुङमा प्रदीप जिसी, पेशागत महासङ्घमा रीता राना र अखिल नेपाल महिला सङ्घ क्षेत्र नं १ मा सीता छन्त्याल थापाको नेतृत्वमा कमिटी घोषणा भएको हो ।

यो पनि – गाउँमा खानेपानी पुगेपछि स्थानीयवासी खुसी

डोटी, ९ असोज (रासस) : जिल्लाको जोरायल गाउँपालिका–४ खैगाडमा वर्षौंपछि खानेपानी पुगेपछि यहाँका स्थानीयवासी निकै खुसी भएका छन् । गाउँपालिका, स्थानीयवासी तथा विदेशी दातृ निकाय युनिसेफको आर्थिक र प्राविधिक सहयोगमा उक्त वडामा सुरक्षित खानेपानी विस्तार गरिएसँगै गाउँमा खुसियाली छाएको हो । उक्त गाउँलाई एक कार्यक्रमबीच ‘सुरक्षित खानेपानीयुक्त समुदाय’ गाउँका रुपमा घोषणा गरिएको हो ।

युनिसेफको रु ३६ लाख ३२ हजार ६४३.२०, जोरायल गाउँपालिकाको रु १६ लाख र रु १२ लाख ६ हजार ७९.३४ बराबरको स्थानीय जनश्रमदान गरी कूल रु ६४ लाख ३८ हजार ७२२.५४ को लागतमा खैगाडका एक सय चार घरधुरीमा खानेपानीका धारा निर्माण सम्पन्न भएको छ । उक्त वडा प्रदेशकै पहिलो ‘सुरक्षित खानेपानीयुक्त समुदाय’ घोषणा भएको युनिसेफ सुदूरपश्चिम प्रदेशका रमेश दाहालले जानकारी दिनुभयो । घरघरमा खानेपानीका धारा निर्माण गरिएपछि खैगाड गाउँका कम्तीमा पनि ६२४ जना नागरिक प्रत्यक्ष लाभान्वित भएको खैगाड खानेपानी उपभोक्ता समितिका अध्यक्ष भजनसिंह मडैले बताउनुभयो । खानेपानी विस्तारसँगै खैगाडमा विद्युत विस्तारका लागि पहल गरिनुपर्ने स्थानीयवासीले माग गरेका छन् ।

खैगाड क्षेत्रमा मोबाइल नेटवर्क कमजोर भएकाले टावर जडान गर्न नेपाल टेलिकमको कार्यालय अत्तरियासँग पहल भइरहेको वडाध्यक्ष दिनेशकुमार मल्लले बताउनुभयो ।