सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले जीर्ण अवस्थामा रहेको महाकालीको झोलुङ्गे पुल मर्मतका लागि बजेटको व्यवस्था मिलाइने बताउनुभएको छ । आज दोधारा चाँदनी नगरपालिकामा भइरहेका विकास निर्माणको अवलोकन गर्न आइपुग्नुभएका मुख्यमन्त्री भट्टले झोलुङ्गे पुल मर्मतसम्भारका लागि छिट्टै बजेटको व्यवस्था मिलाइने बताउनुभयो । उहाँले सीमा क्षेत्रका जनताको जीवनस्तरलाई सहज बनाउनका लागि विकास निर्माणका काम अगाडि बढाइएको बताउनुभयो ।
महाकाली नदीमा निर्माणाधीन चार लेनको पक्की पुलको अवलोकन गर्दै उहाँले पुल निर्माण निर्धारित समयमै पूरा गर्न ठेकेदारलाई निर्देशन दिनुभयो । मुख्यमन्त्री भट्टले पुल निर्माणमा आइपर्ने समस्या समाधान गर्नका लागि सहयोग गर्न तत्पर रहेको बताउनुभयो । उहाँले पुल जोड्ने चारलेनको सडक गड्डाचौकीसम्म मात्रै निर्माण हुने भए पनि उक्त सडक चिसापानीसम्म विस्तारका लागि प्रदेश सरकारले पहल गर्ने बताउनुभयो ।
मुख्यमन्त्री भट्टसहित भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनिता चौधरी र राज्यमन्त्री मानबहादुर सुनारलगायतले निर्माणाधीन चार लेनको सडक, पक्की पुल, कृषि कार्यक्रमअन्तर्गत गरिएको मसला खेती, सुक्खा बन्दरगाहका लागि प्रस्तावित मायापुरी र गौरीशङ्कर सामुदायिक वन क्षेत्रसँगै महाकाली नदीमा निर्माण गरिएको तटबन्धको अवस्थाका बारेमा अवलोकन गर्नुभएको छ ।
यो पनि – तालिवानविरुद्धको अमेरिकी प्रतिबन्ध कायमै, सहयोग गर्न अनुमति
अमेरिकाले तालिवानविरुद्धको प्रतिबन्धलाई तत्काल नहटाउने भएको छ । यद्यपि अफगानिस्तान आवश्यक मानवीय तथा भौतिक विकासका लागि सहयोग गर्न भने कुनै अवरोध सिर्जना नगर्ने बताएको छ । अमेरिकाले दुईवटा इजाजतपत्र प्रदान गर्दै विभिन्न निकायहरुलाई मानवीय सहायता प्रदान गर्न अनुमति दिएको हो । तालिवानीमाथि प्रतिवन्द लगाएसँगै अफगानिस्तानमा जारी मानविय संकट झन बिग्रने भन्दै अमेरिकाले आर्थिक सहायता बढाउन चाहेको जनाएको छ । सो सहायता त्यहाँ रहेका सर्वसाधारणलाई अति आवश्यक वस्तु सहयोगमा केन्द्रीत रहने बताइएको छ ।
लामो समयको युद्धसँगै अफगानिस्तामा ठूलो मात्रामा मानवीय सहायताको खाँचो रहेको राष्ट्रसंघले यसअघि नै बताएको थियो । २० वर्ष लामो युद्धपछि अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता भएसँगै तालिवानीले गत महिना देश नियन्त्रणमा लिएको थियो ।
यो पनि – ‘नम्बर वान म्यान’ भएर कांग्रेसलाई संस्थागतरूपमा अगाडि बढाउन खोजिरहेको छु : नेता सिंह
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले ‘नम्बर वान म्यान’ भएर पार्टीलाई संस्थागत रूपमा अगाडि बढाउन खोजेको बताउनुभएको छ । नेपाली कांग्रेस काठमाडौँ महानगरपालिका–१७ को वडा अधिवेशनबाट निर्वाचित प्रतिनिधिलाई ‘बधाई तथा शुभकामना’ कार्यक्रममा उहाँले पार्टी विधि र विधानअनुसार नचलेको आरोप लगाउँदै आफू ‘नम्बर वान म्यान’ भएर पार्टीलाई संस्थागतरूपमा अगाडि बढाउन खोजेको बताउनुभयो ।
“मैैले गिरिजाप्रसाद कोइराला, शेरबहादुर देउवा र सुशील कोइराला सभापति हुँदा उपसभापति र महामन्त्री भएर काम गरिसकेको छु, पार्टीलाई बलियो बनाउन ‘नम्बर वान म्यान’ भएर काम गर्न चाहन्छु,” उहाँले भन्नुभयो । अग्रज नेताको सम्मान गर्दै पार्टीमा नयाँपुस्ता अगाडि बढ्नुपर्ने उहाँको भनाइ थियो । नेता सिंहले नेविसङ्घ, जिल्लाको राजनीति हुँदै आफू केन्द्रीय राजनीतिमा आएकाले सबैको अनुभवलाई समेटेर अगाडि बढ्ने बताउनुभयो ।
यो पनि – कर्णाली सुनको टुक्रा हो : मुख्यमन्त्री शाही
जगदुल्ला गाउँपालिकाले आफ्नै प्रशासकीय भवन बनाएको छ । स्थानीय सरकार गठन भएको दोस्रो वर्षदेखि निर्माण सुरु गरिएको उक्त भवनको केही समयअघिमात्रै निर्माण सम्पन्न भएको थियो । जिल्लाका आठ स्थानीय तहमध्ये सबैभन्दा पहिला तयार पारेको सुविधासम्पन्न प्रशासकीय भवनको उद्घाटन कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले गर्नुभयो । यससँगै मुख्यमन्त्री शाहीले वडा नं ६ मा कक्षा ५ सम्म पढ्न मिल्ने गरी बनाइएको दलित आवासीय विद्यालयको समेत उद्घाटन गर्नुभयो ।
गाउँपालिका भवन उद्घाटन कार्यक्रममा मुख्यमन्त्री शाहीले कर्णाली सुनको थुप्रो भएकाले सदुपयोग गर्न जान्नुपर्ने बताउनुभयो । कर्णालीका प्रचुर सम्भावनाको सरकारले पहिचाहन गरिरहेको उल्लेख गर्दै उहाँले आफू नेतृत्वको सरकार कर्णालीको भाग्यरेखा कोर्न दत्तचित्त भएर लागिपरेको बताउनुभयो ।त्यस्तै अर्थमन्त्री गोपाल शर्माले जगदुल्ला हाइड्रोपावरले नै यहाँका जनताको भविष्य सुनिश्चित गर्नेमा जोड दिनुभयो । त्यस्तै पूर्व आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीले कर्णाली आनन्द प्राप्ति गर्ने भकारी भएको बताउनुभयो ।
भवन उद्घाटन कार्यक्रममा सरिक हुन मुख्यमन्त्री शाही, अर्थमन्त्री शर्मा, उद्योग पर्यटन वन तथा वातावरणमन्त्री नन्दसिंह बुढा, पूर्वमन्त्री भण्डारी, प्रदेशसभा सदस्य बद्मीक्वारी बोहोरालगायत अथिति हेलिकोप्टरबाट जगदुल्ला पुग्नुभएको थियो । स्थानीय सरकार र सङ्घीय सरकारको साझेदारीमा रु साढे चार करोड लागतमा ३२ कोठे भवन निर्माण गरिएको गाउँपालिकाका अध्यक्ष नारासिंह रोकायले जानकारी दिनुभयो । मुख्यमन्त्री शाही, मन्त्री बुढा र अध्यक्ष रोकायलाई ४० किलोको मालाले सम्मान गरिएको गाउँपालिकाले जनाएको छ । कार्यक्रममा प्रदेशसभा सदस्य वीरबहादुर शाही, पूर्वमन्त्री नरबहादुर बुढा, प्रजिअ माधवप्रसाद ढकाललगायतको उपस्थिति थियो ।



प्रतिक्रिया