चीनको सिचुवानमा पहिरो जाँदा थुप्रै बेपत्ता

चीनको सिचुवानमा पहिरो जाँदा थुप्रै बेपत्ता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दक्षिणपश्चिम चीनको सिचुआन प्रान्तको तियानक्वान काउन्टीमा भारी वर्षाका कारण आइतबार बिहान गएको पहिरामा धेरै मानिसहरू बेपत्ता भएका छन्। आइतबार बिहान १०:२० बजेसम्म चार जनालाई उद्धार गरिएको छ। तियानक्वानको आपत्कालीन व्यवस्थापन मुख्यालयका अनुसार उद्धार गरिएका मध्ये दुई जना सामान्य घाइते भएका छन् भने अर्का एक जना अचेत अवस्थामा छन्। त्यसै गरी अर्का एक जना भने उद्धारका क्रममा स्थिर अवस्थामा पाइएका छन् ।

तियानक्वानको प्रशासन हेर्ने यान सिटीको आपत्कालीन व्यवस्थापन ब्युरोका अनुसार ती चार जना स्थानीय निर्माण स्थलको अस्थायी छाप्रो भित्र थिए। आइतबार बिहान पहिरामा परी मानिस बेपत्ता भएको खबर पाएपछि प्रान्तले विभिन्न शहरहरुबाट १०० भन्दाबढी मानिसहरूलाई उद्धारका निम्ति तियानक्वान पठाइएको छ।

यो पनि – बूढानीलकण्ठ नगरपालिकाको वडा कार्यालयको शौचालयमा शव

बूढानीलकण्ठ नगरपालिका– ८स्थित गोल्फुटारको वडा कार्यालयको शौचालयमा एक पुरुषको शव फेला परेको छ । निर्माणाधीन शौचालयको प्यासेजमा अन्दाजी ४० वर्ष उमेरका एक पुरुषको शव फेला परेको वडाध्यक्ष सुमन तामाङले जानकारी दिनुभयो । उहाँका अनुसार–‘शवको पहिचान हुनसकेको छैन । लामो समयदेखि सोही ठाउँमा हिँडडुल गर्ने मानसिक असन्तुलन भएको पुरुषको शव भएको स्थानीयवासीले बताएका छन् । प्रहरीले घटनास्थलमा आएर लास जाँच गरिरहको छ ।शुक्रबारसम्म केही थाहा नभएको र शनिबार वडा कार्यालय बन्द भएकाले आज मात्रै शव देखिएको वडाध्यक्ष तामाङले बताउनुभयो ।

यो पनि – कांग्रेस नगर अघिवेशन : भक्तपुर जिल्लाका चारवटै पालिकामा मतदान सुरु

नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत आज भक्तपुर जिल्लाका चारवटै नगरपालिकामा मतदान सुरु भएको छ । नगर अधिवेशनमा जिल्लाका चारवटै नगरपालिकामा दुई समूहले उम्मेदवारी दर्ता गराएपछि आज बिहान ८ बजेबाट मतदान सुरु भएको हो । मतदान १२ बजे सम्पन्न हुने र आजै साँझसम्म परिणाम आउने गरी निर्वाचन समितिले काम गरेको कांग्रेस जिल्ला सभापति दुर्लभ थापाले जानकारी दिनुभयो ।

अधिवेशनमा भक्तपुर नगरपालिकाको वर्तमान सभापतिमा राम कासुला र राजेन्द्र तमखुको नेतृत्वको दुई समूहबीच प्रतिस्पर्धा भएको छ । कासुलाको नेतृत्वमा उपसभापतिमा प्रकाश जोन्छें र किरण प्रजापति, सचिवमा कृष्णसुन्दर खाइतु र अनिश सुवाल, सहसचिवमा शान्ति कासुला र रवीन्द्र खड्काले उम्मेदवारी दिएका छन् ।अर्को समूहबाट सभापतिमा तमखुको नेतृत्वमा उपसभापतिमा राजन जोशी र रोशन तुकबन्जार, सचिवमा रत्नसुन्दर खुजु र सुनिलराज दैवज्ञ, सहसचिवमा विष्णुप्रसाद गणेजु र आरती रञ्जीत, नगर क्षेत्रीय प्रतिनिधिमा रमा ढकाल शिल्पकार र विश्वजित भैलले उम्मेदवारी दिएका छन् ।

त्यस्तै मध्यपुर थिमिको नगर सभापतिमा वर्तमान सभापति सुरेन्द्र श्रेष्ठ र हरिदास प्रजापतिबीच प्रतिस्पर्धा भएको छ । श्रेष्ठको समूहबाट उपसभापतिमा बालकृष्ण प्रजापति र दानकृष्ण प्रजापति, सचिवमा दिनेश श्रेष्ठ र सविन प्रजापति, सहसचिवमा ओम जिमा श्रेष्ठ र प्रविन ह्याजु प्रतिस्पर्धामा छन् भने प्रजापतिको समूहबाट उपसभापतिमा अनिल श्रेष्ठ र सीताराम कुटु, सचिवमा राम थापामगर र रवि घजु तथा सहसचिवमा विजय प्रजापति र जीवन श्रेष्ठ प्रतिस्पर्धामा छन् ।

त्यसैगरी सूर्यविनायक नगर सभापतिमा जिल्ला सचिव निशान ढुङ्गेल र वर्तमान उपसभापति रवि राणाबीच प्रतिस्पर्धा भएको छ । ढुङ्गेलको नेतृत्वमा उपसभापतिमा रमण कायस्थ र रमेश अधिकारी, सचिवमा सुमन न्यौपाने र विश्वराम थापा, सहसचिवमा अमिर ढुङ्गाना र सुरेश केसी प्रतिस्पर्धामा छन् ।यस्तै राणाको नेतृत्वमा उपसभापतिमा दिनेश न्यौपाने र महेश केसी, सचिवमा उपेन्द्र तिमलसिना र लक्ष्मण थापा, सहसचिवमा रुपक न्यौपाने र राम गोतामेले प्रतिस्पर्धा गरेका छन् ।

चाँगुनारायण नगरपालिकामा भने वर्तमान सभापति शिवहरि केसी र गोपाल पौडेल समूह प्रतिस्पर्धा हुने भएको छ । केसीको नेतृत्वमा उपसभापतिमा राजकुमार दाहाल र दिनेशराज गिरी, सचिवमा दिनेश थापा र सिजन कार्की तथा सहसचिवमा गोकर्ण पुरी र चन्द्रखेशर खत्रीले उम्मेदवारी दिएका छन् । पौडेलको नेतृत्वमा उपसभापतिमा सञ्जीवप्रसाद दुलाल र रितेश खड्का, सचिवमा उद्धवप्रसाद अधिकारी र जयनाथ गिरी तथा सहसचिवमा पुष्कर खड्का र पुकार पराजुलीको उम्मेदवारी छ ।