अनअराइभल भिसाको व्यवस्थाप्रति होटल व्यवसायी उत्साहित

अनअराइभल भिसाको व्यवस्थाप्रति होटल व्यवसायी उत्साहित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विदेशी पर्यटकलार्ई ‘अनअराइभल भिसा’ उपलब्ध गराउने सरकारी निर्णयबाट होटल उद्योग उत्साहित भएको जनाएको छ । विश्व पर्यटन दिवसको अवसरमा होटल सङ्घ नेपाल (हान) ले आज विज्ञप्ति जारी गर्दै लामो समयसम्म थला परेको पर्यटन उद्योगको प्रोत्सान हुने गरी सरकारले पर्यटकलाई अनअराइभले भिसा उपलब्ध गराउने, नाका खोल्ने, क्वारेन्टिन बस्नुनपर्नेजस्ता कार्यबाट होटल व्यवसायी उत्साहित भई सम्पूर्ण सेवाहरू सञ्चालनमा ल्याउने प्रतिबद्धता जनाएको हो ।

सरकारबाट जारी भ्रमण आदेशमा निर्धारित खोपको मात्रा पूरा गरी आउने विदेशी पर्यटकलाई अनअराइभल भिसा उपलब्ध गराउने, नाका खोल्ने र क्वारेन्टिन बस्नुनपर्ने व्यवस्था गरिएको छ । यसबाट मुलुकमा पर्यटन सम्भावनाको ढोका खुलेको व्यवसायीले महसुस गरेका छन् । साथै विदेशबाट खोपको पूर्ण मात्रा पूरा गरी भ्रमणमा आउने पाहुनालाई खोपको मात्रा पूरा भएका होटल क्षेत्रका करिब ९५ प्रतिशतभन्दा बढी अग्रपङ्क्तिमा रही खटिने कार्मचारी तथा कामदारबाट सेवा सुविधा उपलब्ध हुने हानले जनाएको छ । विश्व पर्यटन दिवस २०२१ को अवसरमा सेवा सुविधा उपलब्ध गराउन सम्पूर्ण होटल व्यवसायीले पर्यटनका लागि एक स्वर गरी अगाडि बढ्ने पनि प्रतिबद्धता व्यक्त गरेका छन् ।

मुुलुकमा पहिलो वा दोस्रो गरी करिब ४० प्रतिशतभन्दा माथि नेपाली नागरिकले कोभिडविरुद्धको खोप लगाइसकेको हुँदा अन्तर्राष्ट्रिय जगत्मा मुलुकलाई रेड जोनबाट हटाउन सरकारी तवरबाट यथाशक्य पहल गरिदिन पनि व्यवसायीले अनुरोध गरेका छन् । सरकारबाट घोषित १० दिने पर्यटन काज र अन्तर्राष्ट्रिय पर्यटकलाई एक महिनाको निःशुल्क प्रवेशाज्ञा जारी गर्ने व्यवस्था पनि अविलम्ब लागू गरी पर्यटन पुनरुत्थानको लागि सहजीकरण गर्न हानले अनुरोध गरेको छ ।

यो पनि – एनआरएनलाई प्रवासी नेपालीको साझा मञ्च बनाउँछु : अध्यक्षका प्रत्यासी आचार्य

गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को अध्यक्ष पदका लागि कुल आचार्यले उम्मेदवारी घोषणा गर्नुभएको छ । आज यहाँ आयोजित पत्रकार सम्मेलनमा अध्यक्षका प्रत्यासी आचार्यले सन् २०२१ देखि २०२३ सम्मको नेतृत्वका लागि उम्मेदवारीसहित प्रतिबद्धता सार्वजनिक गर्नुभएको हो । उहाँ अघिल्लो निर्वाचनमा पनि अध्यक्षको प्रत्यासी हुनुहुन्थ्यो । अध्यक्ष कुमार पन्तसँग झिनो मतले पराजित हुनुभएको थियो ।

सङ्घको १०औँ विश्व सम्मेलन आगामी अक्टोबरको २३ देखि २५ सम्म काठमाडौँमा हुँदैछ । निर्वाचन समितिले अनलाइन माध्यमबाट विश्वभरबाट एकसाथ मतदान गराउने तयारी गरेको छ । अध्यक्षका प्रत्यासी आचार्यले सङ्घलाई सही अर्थमा आम प्रवासी नेपालीको साझा मञ्च बनाउने उद्घोष गर्दै नागरिकता र सम्पत्तिको अधिकार स्थापित गर्ने प्रतिबद्धता जनाउनुभयो ।

संस्थाभित्र पद्धति र पारदर्शितालाई जोड दिने बताउँदै उहाँले भन्नुभयो, “संस्थाभित्र व्यक्तिगत स्वार्थ हावी भएकाले संस्थाको साख गिरेको अवस्था छ, अनियमितता र दुरुपयोगको गुनासो बढ्दै गएको छ, व्यवस्थित र पारदर्शिता कायम गर्नु मेरो मुख्य लक्ष्य रहेको छ ।” आचार्यले आफ्नो दुई वर्षे कार्यकालमा सङ्घको पञ्जीकृत सदस्यको सङ्ख्या पाँच लाख पु¥याउने र राष्ट्रिय समन्वय परिषद्को सङ्ख्या कम्तीमा एक सय पु¥याउने घोषणा गर्नुभयो ।

पर्वतको धाइरिङमा जन्मेका आचार्य हाल बेलायतमा बसोबास गर्दै आउनुभएको छ । उहाँ लण्डनका स्थापित व्यवसायी हुनुहुन्छ । होलीकाउ ग्रुपअन्तर्गत व्यवसायमा होमिनुभएका आचार्यले बैंकिङ, जलविद्युत्, पूर्वाधार, पर्यटनलगायत क्षेत्रमा लगानी गर्नुभएको छ ।

करिब दुई दशकदेखि सङ्घमा आबद्ध आचार्यले आफ्ना कार्ययोजना सार्वजनिक गर्दै सङ्गठनको सुदृढीकरण र संस्थागत पारदर्शिताको मुद्दालाई प्राथमिकतमा राखेको बताउनुभयो । वैदेशिक रोजगारीलाई थप व्यवस्थित र मर्यादित बनाउने भन्दै आचार्यले मध्यपूर्व, मलेशियालगायतका मुलुकमा काम गर्ने नेपालीको सुरक्षामा विशेष ध्यान दिने बताउनुभयो ।

महिला कामदारको सुरक्षा र सीप विकासमा ध्यान दिने उहाँको भनाइ थियो । नेपालमा वैदेशिक लगानी भित्र्याउन पहल गर्ने, स्वदेशमा लगानीको वातावरण सिर्जना गर्न उहाँको प्रतिबद्धता छ । यस्तै पैत्रिक सम्पत्तिको अधिकार, राहदानी तथा तेस्रो पुस्तापछि पनि कायम रहने गरी गैरआवासीय नेपाली नागरिकतालाई कार्यान्वयन गर्ने, कोभिड महामारीले रोजगारी गुमाएकालाई रोजगारी सिर्जना गर्न पहल गर्ने, खाडी क्षेत्रमा रहेका नेपालीको सानो सानो पूँजीलाई एकीकृत गर्दै मुनाफामूलक क्षेत्रमा सामूहिक लगानीको अवधारणलाई अगाडि बढाइने योजना रहेका छन् ।

आचार्य प्यानलबाट सङ्घको महासचिवमा अमेरिका निवासी चिकित्सक डा केशव पौडेलले उम्मेदवारी घोषणा गर्नुभएको छ । उहाँले सङ्घलाई पारदर्शी र परियोजनामुखी बनाइने बताउनुभयो । पत्रकार सम्मेलनमा सङ्घका संस्थापक महासचिव भीम उदासलगायत सङ्घका विभिन्न पदाधिकारी तथा सदस्यको उपस्थिति थियो ।