टिप्परको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

टिप्परको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जनकपुरधामको पिडारी चोकमा आज साँझ एक टिप्परले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा आनन्दकिशोर दास नामका भारतीय नागरिक रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतका अनुसार जनकपुरबाट ढल्केबरतर्फ जान लागेको ना७ख ४७४८ नंको टिप्पर विपरीत दिशाबाट आउँदै गरेको मोटरसाइकललाई ठक्कर दिएको थियो । ठक्करले ठक्कर दिएपछि मोटरसाइकल चालकको टाउकामा चोट लागेर गम्भीर घाइते भएको थियो । उनलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर पु¥याएको तर सोही क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

उक्त घटनापश्चात् आक्रोशित स्थानीयवासीले टिप्परमा आगजनी गरेका छन् । आगजनीबाट टिप्पर पूर्ण रुपमा जलेर क्षतिग्रस्त भएको प्रहरीले जनाएको छ । आगजनीपछि प्रहरी प्रशासनले भीडलाई नियन्त्रण गर्दै वारुण यन्त्रको सहायताले आगो निभाएको थियो ।

यो पनि – दुर्घटनामा एकको मृत्यु

मोटरसाइकल दुर्घटना हुँदा बैतडीमा आज एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको पञ्चेश्वर गाउँपालिका–१ की ५० वर्षीय लक्ष्मी साउँद रहेकी छन् । पञ्चेश्वर गाउँपालिका–१ का वडा सदस्य परमल सिंह घटालले चलाएको सुपप्र ०१ ००३ प २६६१ मोटरसाइकल पञ्चेश्वर गाउँपालिका–३ गोगनपानीमा दुर्घटनामा परेको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक बोधराज ओझाले जानकारी दिनुभयो ।

“मोटरसाइकल पल्टिँदा सो मोटरसाइकलमा सवार लक्ष्मी गम्भीर घाइते भएकी हुन्”, ओझाले भन्नुभयो, “सामानसहित दुईजना मोटरसाइकलमा सवार रहेका बेला एक्कासि लक्ष्मीको सारी मोटरसाइकलमा बेरिएर लडेको र ढुङ्गामा टाउको ठोक्किएको थियो ।” घाइते लक्ष्मीलाई उपचारका लागि लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो । मृतक लक्ष्मीको शव केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीमा राखिएको छ । मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा राखेर घटनाको अनुसन्धान थालेको छ ।