बेलायतमा घटेनन् कोरोना सङ्क्रमित, एकै दिन ३२ हजारभन्दा बढीमा सङ्क्रमण

बेलायतमा घटेनन् कोरोना सङ्क्रमित, एकै दिन ३२ हजारभन्दा बढीमा सङ्क्रमण

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

११ असोज (रासस÷सिन्ह्वा) ः बेलायतमा पछिल्ला केही हप्तायता कोभिड १९ का सङ्क्रमितहरुको संख्या बढ्दै गएका बेला आइतबार पनि एकै दिनमा ३२ हजार भन्दा बढी सङ्क्रमित थपिएका छन् । ती सङ्क्रमितहरु पछिल्लो २४ घन्टामा थपिएका समाचारमाा जनाइएको छ । प्राप्त समाचारअनुसार यहाँ आइतबार मात्र ३२ हजार ४१७ जना सङ्क्रमित भेटिएका हुन् । गएको २४ घन्टा यतामात्र थपिएका ती सङ्क्रमतिहरुसँगै यहाँ अहिलेसम्म सङक्रमित हुनेको संख्या ७६ लाख नाघेको छ ।यहाँका स्वास्थ्य अधिकारीहरुकाअनुसार यहाँ आजसम्म सङ्क्रमितहरुको संख्या ७६ लाख ६४ हजार ५२० जना पुगेको छ । त्यसैगरी यहाँ यस सङ्क्रमणबाट भएको मृत्युको संख्या १ लाख ३६ हजार १६८ जनाको मृत्यु भएको छ ।

त्यसैगरी गएको २४ घन्टामा मात्र यहाँ ५८ जनाको सङ्क्रमणबाट ज्यान गएको बताइएको छ । लन्डनमा कोभिड १९ को अवस्था समयमा सामान्यजस्तो देखिएपनि पछिल्ला दिनमा फेरि यो बढ्दै जान थालेको छ ।केही समयअघि यहाँ भाइरसका सङ्क्रमितहरु घटेपछि जनजीवनलाई पनि सामान्य बनाइएको भएपनि पछिल्लो हप्ताहरुमा महामारीको सङ्क्रमण फेरि बढ्न सक्ने खतरा देखिएको छ । पछिल्ला केही दिनयता यहाँ हरेक दिन ३० हजार जना भन्दा पनि बढी सङ्क्रमित थपिने गरेका बताइएको छ ।

यो पनि – दक्षिण कोरियाले कोभिड-१९ खोप गर्भवती र बालबालिकालाई पनि लगाइदिने

दक्षिण कोरियाले कोभिड-१९ विरुद्धको खोप गर्भवती महिला र १२ देखि १७ वर्षका बालबालिकालाई पनि लगाइदिने भएको छ। यहाँको स्वास्थ्य निकायले जनाएअनुसार अर्को महिनादेखि गर्भवती र बालबालिकाले पनि खोप लगाउने छन् । यस निर्णयसँगै अक्टोबर १८ देखि शुरु हुने खोप अभियानबाट १२ देखि १७ वर्ष उमेर समूहका २० लाख भन्दाबढी बालबालिका लाभान्वित हुनेछन् ।

गत जुलाइदेखि बालबालिकामा पनि सङ्क्रमण तीव्ररूपमा बढेको पाइएपछि यो अभियान घोषणा गरिएको थियो। अगस्टमा मात्र उक्त उमेर समूहका ३,०५० बालबालिका सङ्क्रमित भएका थिए। त्यसैगरी १३६,००० गर्भवती महिलाहरूले पनि अब पहिलो मात्रा खोप लिनेछन् । अध्ययन रिपोर्टअनुसार गर्भवती महिलाहरू सङ्क्रमित हुँदा अन्य भन्दा छ गुणा बढी जटिलता हुनसक्ने हुन्छ।

यसैगरी स्वास्थ्य निकायले दिएको जानकारी अनुसार स्वास्थ्यकर्मी र अन्य जोखिममा रहेका समूह र ६० वर्ष माथिका समूहलाई अक्टोबर २५ देखि तेस्रो मात्रा अथवा बुस्टर डोज लगाइने भएको छ। हालसम्म दक्षिण कोरियाले ७४.२ प्रतिशत जनतालाई खोप लगाइसकेको छ।