विश्व स्वास्थ्य संगठनले कोभिड-१९ को उत्पत्तिबारेको अनुसन्धानलाई पुनर्जीवित गर्ने प्रयास गरिरहेको छ।अमेरिकी सञ्चार माध्यमले जनाएअनुसार वाल स्ट्रीट जर्नलको रेपोर्टमा उल्लेख भएअनुसार विश्व स्वास्थ्य सङ्गठनको एक निकायले २० जना वैज्ञानिकहरूको एउटा टोलीलाई यस बारे थप नयाँ प्रमाण खोज्नको लागि भेला गर्दैछ। उक्त रेपोर्टअनुसार कोभिड-१९ को उत्पत्ति बारे चिनियाँ वैज्ञानिकहरूले दिएको प्रमाण अप्रयाप्त छ।
रिपोर्ट मा भनिएको छ -वैज्ञानिकहरूको नयाँ समूह जसमा प्रयोगशाला सुरक्षा, जैविक सुरक्षा विशेषज्ञहरू र आनुवंशिक विशेषज्ञहरू समेत सम्मिलित छन् उनीहरूले कोरोना भाइरस प्रयोगशालाबाट बाहिरएको हो वा होइन भन्ने विषयमा गम्भीर अध्ययन-अनुसन्धान गर्नेछन् । उक्त अध्ययनले यस किसिमका भाइरस सङ्क्रमणको भविष्यमा हुन सक्ने जोखिमलाई समेत केन्द्रमा राखेर प्रतिवेदन तयार पार्नेछ।
स्वास्थ्य सङ्गठनले यस नयाँ पहलले अनुसन्धानलाई छिटो गर्न र जोखिम कम गर्न मद्दत पुर्याउने विश्वास व्यक्त गरेको छ। यसअघि अगस्टमा अमेरिकाले कोभिड भाइरसको उत्पत्ति बारे एउटा रिपोर्ट जारी गरेको थियो उक्त रिपोर्टलाई बेइजिङले पूर्णरूपमा राजनीतिक भएको र कुनै वैज्ञानिकता र विश्वसनीयता नभएको भन्दै अस्विकार गरेको थियो । त्यस बारे चिनियाँ उपविदेश मन्त्री मा झाओक्सुले कडा शब्दमा आपत्ति जनाउँदै अमेरिकाले भाइरस ट्रेसिंगका नाममा अन्तर्राष्ट्रिय सहयोगमा विषाक्तता नथप्न र महामारीको विरूद्धको लडाइमा वैज्ञानिक ढङ्गले अनुसन्धान गर्दै सही बाटो समात्न आग्रह गरेका थिए।
यसैगरी उक्त रिपोर्टको सारांश मा भनिएको छ-अमेरिकी खुफिया समुदाय (आईसी) का अनुसार नोभेल कोरोनाभाइरसको उत्पत्ति अतिरिक्त जानकारी बिना कहिल्यै पहिचान गर्न सकिदैन ।रिपोर्टका अनुसार अमेरिकी गुप्तचर समुदाय अझै पनि यस भाइरसको उत्पत्ति प्रयोगशालाबाट भएको हो वा जनावरबाट मानिसमा प्रवेश गरेको हो भन्ने बारे विभाजित नै छ। डब्लुएचओ नेतृत्वको वैज्ञानिकहरूको एक टोली जसले २०२१ को शुरुमा चीनको यात्रा गरी भाइरसको उत्पत्तिको बारे अनुसन्धान गर्ने प्रयत्न गरेको थियो यद्यपि यसले त्यसबारे स्पष्ट र यथेष्ट प्रमाण र तस्वीरहरू सङ्कलन गर्न भने निकै सङ्घर्ष गरेको थियो।
यो पनि – विश्वबाट आणविक हतियार उन्मूलन गर्न राष्ट्रसंघीय महासचिवको आग्रह
११ असोज ९रासस ÷सिन्ह्वा० संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसले आ’णविक ह’तियाररहित विश्व निर्माण गर्न विश्व समुदायलाई आग्रह गर्नुभएको छ । उहाँले विश्व आणविक ह’तियारविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा सो कुरा बताउनुभएको छ । उहाँले आणविक हतियारहरु विश्वबाट नै अनिवार्य रुपमा उन्मूलन हुनुपर्नेमा जोड दिनुभयो । महामसचिव गुटर्रेसले भन्नुभएको छ यो हतियार मानवताविरुद्धको र घातक भएकोले विश्वबाट नै आणविक हतियारहरु उन्मूलन हुनुपर्नेमा जोड दिनुभएको हो । तर अहिले पनि आणविक हतियारहरु विश्वमा अहिले पनि एक चुनौतीका रुपमा रहेको पनि उहाँले बताउनुभएको छ ।
उहाँले गएको एक दशक यता विश्वबाट नै आणविक हतियारहरु घट्दो रुपमा रहेको पाइएको भए पनि यसको संख्या अझै पनि विश्वमा कम्तीमा पनि १४ हजार जति रहेको उहाँले बताउनुभयो । तर यो पनि अहिलेको विश्वका लागि घातक नै रहेको पनि उहाँले बताउनुभएको छ । त्यसैले यी सबै हतियारहरु विश्वबाट नै उन्मूलन गर्नेगरी काम गर्नुपर्ने चुनौती संयुक्त राष्ट्रसंघसमक्ष रहेको बताउनुभयो । उहाँले संयुक्त राष्ट्रसंघले यसको स्थापनादेखि नै यस्ता हतियार उन्मूलन गर्ने कार्यक्रममा काम गरिरहेको पनि स्पष्ट गर्नुभएको थियो ।
यो पनि – बेलायतमा घटेनन् कोरोना सङ्क्रमित, एकै दिन ३२ हजारभन्दा बढीमा सङ्क्रमण
११ असोज (रासस÷सिन्ह्वा) ः बेलायतमा पछिल्ला केही हप्तायता कोभिड १९ का सङ्क्रमितहरुको संख्या बढ्दै गएका बेला आइतबार पनि एकै दिनमा ३२ हजार भन्दा बढी सङ्क्रमित थपिएका छन् । ती सङ्क्रमितहरु पछिल्लो २४ घन्टामा थपिएका समाचारमाा जनाइएको छ । प्राप्त समाचारअनुसार यहाँ आइतबार मात्र ३२ हजार ४१७ जना सङ्क्रमित भेटिएका हुन् । गएको २४ घन्टा यतामात्र थपिएका ती सङ्क्रमतिहरुसँगै यहाँ अहिलेसम्म सङक्रमित हुनेको संख्या ७६ लाख नाघेको छ ।यहाँका स्वास्थ्य अधिकारीहरुकाअनुसार यहाँ आजसम्म सङ्क्रमितहरुको संख्या ७६ लाख ६४ हजार ५२० जना पुगेको छ । त्यसैगरी यहाँ यस सङ्क्रमणबाट भएको मृत्युको संख्या १ लाख ३६ हजार १६८ जनाको मृत्यु भएको छ ।
त्यसैगरी गएको २४ घन्टामा मात्र यहाँ ५८ जनाको सङ्क्रमणबाट ज्यान गएको बताइएको छ । लन्डनमा कोभिड १९ को अवस्था समयमा सामान्यजस्तो देखिएपनि पछिल्ला दिनमा फेरि यो बढ्दै जान थालेको छ ।केही समयअघि यहाँ भाइरसका सङ्क्रमितहरु घटेपछि जनजीवनलाई पनि सामान्य बनाइएको भएपनि पछिल्लो हप्ताहरुमा महामारीको सङ्क्रमण फेरि बढ्न सक्ने खतरा देखिएको छ । पछिल्ला केही दिनयता यहाँ हरेक दिन ३० हजार जना भन्दा पनि बढी सङ्क्रमित थपिने गरेका बताइएको छ ।
यो पनि – दक्षिण कोरियाले कोभिड-१९ खोप गर्भवती र बालबालिकालाई पनि लगाइदिने
दक्षिण कोरियाले कोभिड-१९ विरुद्धको खोप गर्भवती महिला र १२ देखि १७ वर्षका बालबालिकालाई पनि लगाइदिने भएको छ। यहाँको स्वास्थ्य निकायले जनाएअनुसार अर्को महिनादेखि गर्भवती र बालबालिकाले पनि खोप लगाउने छन् । यस निर्णयसँगै अक्टोबर १८ देखि शुरु हुने खोप अभियानबाट १२ देखि १७ वर्ष उमेर समूहका २० लाख भन्दाबढी बालबालिका लाभान्वित हुनेछन् ।
गत जुलाइदेखि बालबालिकामा पनि सङ्क्रमण तीव्ररूपमा बढेको पाइएपछि यो अभियान घोषणा गरिएको थियो। अगस्टमा मात्र उक्त उमेर समूहका ३,०५० बालबालिका सङ्क्रमित भएका थिए। त्यसैगरी १३६,००० गर्भवती महिलाहरूले पनि अब पहिलो मात्रा खोप लिनेछन् । अध्ययन रिपोर्टअनुसार गर्भवती महिलाहरू सङ्क्रमित हुँदा अन्य भन्दा छ गुणा बढी जटिलता हुनसक्ने हुन्छ।
यसैगरी स्वास्थ्य निकायले दिएको जानकारी अनुसार स्वास्थ्यकर्मी र अन्य जोखिममा रहेका समूह र ६० वर्ष माथिका समूहलाई अक्टोबर २५ देखि तेस्रो मात्रा अथवा बुस्टर डोज लगाइने भएको छ। हालसम्म दक्षिण कोरियाले ७४.२ प्रतिशत जनतालाई खोप लगाइसकेको छ।



प्रतिक्रिया