भोटेकोशी, त्रिशूली र कर्णाली नदी सफा गरिने

भोटेकोशी, त्रिशूली र कर्णाली नदी सफा गरिने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जीविकोपार्जन पुनरुत्थानका लागि दिगो पर्यटन परियोजनाले भोटेकोशी, त्रिशूली र कर्णाली नदी सफा गर्ने भएको छ । कोरोना सङ्क्रमणका कारण धरासायी बन्दै गएको नेपालको पर्यटन क्षेत्र पुनःउत्थानका लागि उक्त परियोजनाले नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा पर्यटन क्षेत्रमा सङ्लग्न जनशक्तिलाई अल्पकालीन रोजगार कार्यक्रमअन्तर्गत नदी सफा गर्न दिएको हो ।

आइतबार भोटेकोशीबाट सुरु गरिएको कार्यक्रम मङ्गलबार त्रिशूली र शुक्रबार कर्णालीमा शुभारम्भ गरिने नेपाल एशोसियशन अफ ¥याफ्टिङ एजेन्सीज ९नारा०का महासचिव शिशिर खनालले राससलाई जानकारी दिनुभयो । उक्त कार्यक्रमअन्तर्गत रिभर गाईड र कर्मचारीले नदी सफा र पहुँच मार्ग मर्मत गर्नेछन् । एक मजदूरलाई १२ दिनको रोजगार दिइने उक्त कार्यक्रममा २०० रिभर गाईड एवं कर्मचारीले काम पाउनेछन् । उनीहरुले काम गरेबापत परियोजनाले दैनिक रु एक हजार प्रदान गर्नेछ । नेपालमा रहेका करिब छ हजार नदी नालामध्ये कर्णाली, कालीगण्डकी, त्रिशूली, भोटेकोशी, सुनकोशी, अरुण, तमोरलगायत १६ नदी साहसिक जलयात्राका लागि खुला गरिएको छ ।

यो पनि – वनविज्ञान अध्ययन संस्थानलाई शैक्षिक सामाग्री

भारतीय राजदूतावासको काउन्सिलर अफिस वीरगञ्जले मकवानपुरको हेटौँडामा रहेको वन विज्ञान अध्ययन संस्थानलाई आज शैक्षिक सामाग्री हस्तान्तरण गरेको छ । सो काउन्सिलर अफिसका काउन्सिलर नितेशकुमारले सो संस्थानका प्रमुख डा शिवकुमार मानजनलाई अङ्ग्रेजी र हिन्दीमाध्यमका सांस्कृतिक किताब तथा पत्रपत्रिका हस्तान्तरण गर्नुभएको थियो । समारोहमा काउन्सिलर नितेशले नेपालको शैक्षिक क्षेत्रको विकासमा भारतले सहयोग गर्दै आएको र थप सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । सो अवसरमा संस्थानका प्रमुख डा मानजनले अध्ययन संस्थानको भौतिक पूर्वाधार निर्माण र विस्तारमा थप सहयोगका लागि आग्रह गर्नुभयो ।

भारत सरकारको सहयोगमा विसं २०२१ मा हेटौँडामा रहेको वन विज्ञान अध्ययन संस्थानको शैक्षिक भवनलगायत पूर्वाधारको शिलान्यास भएको थियो । विसं २०२४ मा सुरु भई सो संस्थानमा वन विज्ञानतर्फ स्नातक र स्नातकोत्तरको अध्ययन तथा अध्यापन भइरहेको छ । साथै भारत सरकारको सहयोगमा संस्थानको हाताभित्र रु चार करोडको लागतमा म्युजियम कम्प्लेक्स निर्माण भएको प्रमुख मानजनले जानकारी दिनुभयो ।