संसदको महिला तथा सामाजिक समितिले लैङ्गिक हिं.सा पीडित, प्रभावितको मापदण्ड र स्पष्ट कार्यविधि बनाई आधारभूत उपचार एवम् समानुपातिक बाँच्न पाउनुपर्ने अधिकारको प्रत्याभूतिका लागि शीघ्र प्रक्रिया अघि बढाउन सरकारलाई निर्देशन दिएको छ ।प्रतिनिधिसभाअन्तर्गत आज महिला तथा सामाजिक समितिमा सदस्यहरुले हिं.सा पीडितका लागि सरकारले तत्काल राहत रकम उपलब्ध गराई संरक्षण र अभिभावकत्व प्रदान गर्न माग गरेका थिए ।
त्यसैगरी समितिले .हिं.सा सामाजिक व्यहारमा मात्रै आधारित नभई आर्थिक, राजनैतिक, व्यक्तिगत लगायतका बहुआयामिक पक्षबाट सृजना हुन सक्ने भएकाले घटनाको कारक तत्वको विस्तृत अध्ययन गर्न निवारणका उपायहरु पहिचान गरी कार्यान्वयनमा ल्याउन पनि सरकारलाई निर्देशन दिएको छ ।बैठकमा समिति सदस्य लक्ष्मी परियारले कुनै पनि हिं.सा निवारण गर्नु, हुनै नदिनु राज्यको मुख्य दायित्व रहेको भन्दै हिं.सा न्यूनीकरणका लागि दीर्घकालीन उपाय अवलम्बन गर्नुपर्ने बताउनुभयो ।
अर्का सदस्य अमृता थापाले लैङ्गिक हिं.सा निवारण तथा समानतासम्बन्धी विभिन्न कोषहरु जस्तै एकल महिला संरक्षण कोष, लैङ्गिक हिं.सा निवारण कोष, पीडित राहत कोष, पुनस्र्थापना कोष, सेवा कोषको प्रयोग हिं.सा न्यूनीककरण गर्नेतर्फ भन्दा तत्कालका लागि राहत प्रदान गर्नुमा केन्द्रित रहेको बताउनुभयो ।आम नागरिकलाई जानकारीमा नरहेका कोषहरुबाट हिं.सा पीडित, प्रभावित वा जोखिममा रहेकाहरु लाभान्वित भएका छन् कि छैनन् भनी अनुगमन गर्न र कोष परिचालनमा देखिएको समस्याको तत्काल समाधान गर्न पनि समितिले सरकारसमक्ष माग गरेको छ ।
बैठकमा सभापति निरुदेवी पालले लैङ्गिक हिं.सा न्यूनीकरण वा निवारणका लागि गर्नुपर्ने जति जनचेतनामूलक कार्यहरु, हिं.सा गर्नेलाई दिइने दण्ड र सजायको पुनरावलोकन गरी कानुनमा सुधार गर्न आवश्यक रहेको बताउनुभयो ।
यो पनि – हर्षोल्लासका साथ मनाइँदै जितिया पर्वः आज पर्वको मुख्य दिन
जलेश्वर, १२ असोज (रासस) ः मैथिल र थारु समुदायका महिलाले तीन दिनसम्म मनाउने जितिया पर्वको आज मुख्य दिन हो ।यो पर्व आश्विन कृष्णपक्षको सप्तमी, अष्टमी र नवमी तिथिमा तीन दिनसम्म हर्षोल्लासका साथ मनाइन्छ । मैथिल र थारु समुदायका महिलाले आज बिहान चार बजेदेखि उपवास बसी निराहार एवं निर्जला व्रत बसी बुधबार साँझ व्रत सम्पन्न गर्नेछन् । बर्तालुले आज बिहान चार बजे ओंगठन (दही चिउरा सक्खर सहितको प्रसाद खाएर) खाएर भोलि साँझ पाँच बजेसम्मका लागि उपवास सरु गरेको जलेश्वरनाथ महादेव मन्दिरका पूजारी उपेन्द्र पाठकले बताउनुभयो । उपवास बसेका दिन महिलाहरुले डकारे अथवा मुखले खकारे वा जिब्रो टोके भने व्रत असफल भएको मानिन्छ । एकपटक असफल भएकी व्रती आजीवन व्रत बस्न पाउँदिनन्
व्रत बस्नु अघिल्लो दिन अर्थात सोमबार बर्तालुले विभिन्न जलाशयमा स्नान गरी भगवान् जिमुतवाहन र दिवङ्गत पितृलाई घिरौँलाको पातमा पिना, सक्खर र तोरीको तेलसहितका पदार्थ देवतालाई चढाएका थिए । देवतालाई चढाएकै तेल मध्येबाट आ–आफना शाखा सन्तानलाई पनि लगाउन दिनुपर्छ । सम्पूर्ण मिथिला क्षेत्रकै पवित्र ‘जितिया पर्व’ को सो दिनलाई नहा खा (नुहाएर खानु) भनिन्छ ।
सो दिनको पूजापछि कोदोको रोटी, नुनीको साग र माछा खाने चलन छ, जसलाई स्थानीय भाषामा ‘माछ मरुवा’ भनिन्छ । त्यसैगरी विधिअनुसार आज एका बिहानै काग कराउनुभन्दा पहिल्यै व्रती महिलाहरु ओंगठन सम्पन्न गरेको अर्थात केही खानेकुरा ओठमा लगाएका छन् । प्रायः जसो महिलाले ओंगठनमा दही च्युरा खाने गरेको पाइन्छ । त्यसपछि शुरु हुन्छ कठिन उपवासको क्रम ।
आश्विन कृष्णपक्षको अष्टमीको दिन मनाइने यो व्रत विशेष कठिन रहेको पुजारी पाठकले बताउनुभयो । सन्तानको दीर्घ जीवन, पुत्र प्राप्ति तथा पारिवारिक सुख शान्तिका लागि मनाइने जितिया पर्वको धार्मिक सांस्कृतिक तथा तान्त्रिक महत्वसमेत छ । उहाँले भन्नुभयो, “यस पर्वले मिथिला महिलाको सांस्कृतिक भूमिका र महत्व पनि उजागर गर्छ ।” पितृ पक्षमा मनाइने पर्वमा महिलाले आफैँले दिवङ्गत पितृलाई पिण्ड चढाउँछन् ।
मिथिलाञ्चलमा मनाइने व्रतमध्ये जितिया व्रतलाई पवित्र व्रतको रूपमा मानिन्छ । उपवास बसेका दिन महिलाहरुले डकारे अथवा मुखले खकारे वा जिब्रो टोके भने व्रत असफल भएको मानिन्छ । त्यसैले होला यस पर्वलाई खड् जितिया पनि भनिन्छ । फेरि एकपटक असफल भएकी व्रती आजीवन व्रत बस्न पाउँदिनन् ।
उपवास क्रममा आज दिनभरि, रातभरि र भोलि दिनभरि व्रती महिलाले अन्न जल केही पनि ग्रहण नगरी उपवास बस्ने र भगवान ‘जिमतुवाहन’ को पूजाअर्चना र कथा वाचन र श्रवण गर्ने काममा व्यस्त रहनेछन् । नवव्रती (पहिलो पटक व्रत बस्ने महिला)लाई भगवान ‘जिमतुवाहन’ले भोक, तिर्खा लगाउने र शरीरमा विभिन्न कठिनाई उत्पन्न गराई परीक्षा लिने गरेको जलेश्वर नपा–८ का व्रती ५५ वर्षीया राजवती देवीले बताउनुभयो । तर दृढ सङ्कल्प, विश्वास र भगवानप्रतिको ध्यानमा लागि रहनेलाई केही पनि नहुने र सफलतापूर्वक व्रत समापन हुने विश्वास समेत उहाँले व्यक्त गर्नुभयो ।
राजा शालिवहानको राज्यमा एउटी महिलाका सात छोरालाई दैत्यले उठाएर लगेपछि राजाले सातै छोरालाई दैत्यबाट फिर्ता ल्याइदिएका कारण महिलाले त्यस दिनदेखि शालिवहानलाई ‘जिमतुवाहन’ नामकरण गरी राजाको सम्झनामा उपवास बस्न थालेकाले यो व्रत शुरु भएको पौराणिक कथन छ । मिथिला क्षेत्रमा पुत्र हुने प्रत्येक महिलाले जीवनमा यो पर्व अपनाउनै पर्ने चलन रहेको बताइएको छ ।



प्रतिक्रिया