प्रदेश प्रमुख अधिकारीद्वारा जितिया पर्वको शुभकामना

प्रदेश प्रमुख अधिकारीद्वारा जितिया पर्वको शुभकामना

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

प्रदेश नं १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले जितिया पर्वका उपलक्ष्यमा आज शुभकामना सन्देश दिनुभएको छ । प्रदेश प्रमुख अधिकारीद्वारा जारी सन्देशमा थारू समुदायका महिलाले नितान्त मातृस्नेह र मातृवात्सल्यका निमित्त भगवान् जीतमहान् गोसाइँ, विष्णु, शिव र सूर्यको श्रद्धापूर्वक भक्ति आरधना गरी मनाइने उल्लासको चाड जितिया पर्वको सु–अवसरमा स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगति, उन्नतिका लागि हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।

पारम्परिक गीत, सङ्गीतका साथमा नाचगानसहित जितिया पर्व हरेक वर्ष अश्विनको अष्ठमी तिथिको कृष्ण पक्षको दिन मनाइने सन्देशमा उहाँले उल्लेख गर्नुभएको छ । उहाँले यस पर्वका अवसरमा आफन्तसितको भेटघाट, सांस्कृतिक मनोरञ्जन, सामूहिक हर्षबढाइँका साथ शुभकामना आदान–प्रदान गर्दै आपसी सद्भाव र सामाजिक सहिष्णुता बढाउने यस पर्वलाई महत्वका साथ हेरिने भए पनि विश्व कोरोना भाइरसको महामारीबाट मुक्त नभई नसकेकाले यस परिप्रेक्ष्यमा स्वास्थ्यसम्बन्धी मापदण्ड अपनाई अत्यन्तै सावधानीपूर्वक भौतिक तथा सामाजिक दूरी कायम गर्दै जितिया पर्वलाई मनाउनुपर्ने बाध्यता भएको उल्लेख गर्नुभएको छ ।

प्रदेश प्रमुख अधिकारीले जितिया पर्वको लोकप्रियतालाई बचाइ परम्परागत संस्कृतिलाई जोगाउन सरोकारवाला सबैलाई अनुरोध गर्दै नेपाली समुदायमा धार्मिक, सांस्कृतिक सद्भाव कायम राख्दै भातृत्व एवं आपसी सहिष्णुतालाई थप प्रगाढ तुल्याई मौलिक संस्कृति र परम्पराको संरक्षण, संवद्र्धन तथा विकास गर्न आम नेपाली दाजुभाइ तथा दिदीबहिनी जुट्नुहुने कुरामा विश्वस्त रहेको सन्देशमा उल्लेख गर्नुभएको छ ।

यो पनि – सामाजिक सद्भाव र एकतालाई प्रवद्र्धन गर्ने पर्व जितिया ः प्रधानमन्त्री देउवा

काठमाडौँ, १३ असोज (रासस) ः प्रधानमन्त्री शेरबहादुर देउवाले तराई क्षेत्रमा मनाइने जितिया पर्व नेपालको एक विशिष्ट पहिचान जनाउने पर्वको रुपमा स्थापित रहेको उल्लेख गर्नुभएको छ । जितिया पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपालीमा सुस्वास्थ्य एवम् दीर्घायुको शुभकामना व्यक्त गर्दै उहाँले हाम्रा संस्कृति र संस्कारमा आफ्नो विशिष्ट पहिचानका विशेषता रहेको बताउनुभएको छ । विविधताभित्र एकता र सामाजिक सद्भाव हाम्रा सांस्कृतिक अभ्यासका उदाहरण भएको बताउँदै प्रधानमन्त्री देउवाले यही सद्भाव र एकतालाई प्रवद्र्धन गर्ने पर्वमध्येको एक जितिया पर्व पनि भएको उल्लेख गर्नुभएको छ । यस पर्वले समस्त आमा र सन्ततिबीच माया, प्रेम, समर्पण र वात्सल्यलाई प्रगाढ बनाउने उहाँले विश्वास व्यक्त गर्नुभएको छ ।

विविध संस्कार, संस्कृति रीतिरिवाज एवं मूल्यमान्यताले जितियालगायत पर्वको विशिष्ट महत्वलाई आत्मसात् गर्दै नेपाल सरकार यस्ता पर्वको संरक्षण र सम्बद्र्धनमा प्रतिबद्ध रहेको उहाँको भनाइ छ । जितिया पर्व मनाउने सबैलाई एकताबद्ध भई हर्षोल्लासपूर्वक मनाउन आग्रह गर्दै प्रधानमन्त्री देउवाले यस पर्वले आमा र सन्ततिबीचको पारस्परिक सद्भाव, मातृत्वपूर्ण सम्बन्ध र सहिष्णुताको भावनालाई अझ प्रगाढ र सुदृढ बनाउन प्रेरणा प्रदान गरोस् भनी शुभकामना व्यक्त गर्नुभएको छ ।

यो पनि – ‘कांग्रेस विपत्तिमा सधैँ जनताका साथमा हुन्छ’

नेपाली कांग्रेस केन्द्रीय सदस्य तथा खेलकुद विभाग प्रमुख मोहनबहादुर बस्नेतले कांग्रेस सधैँ विपत्तिमा जनताको साथमा रहने बताउनुभएको छ । मङ्गलबार नेपाली कांग्रेसद्वारा मेलम्चीका १५० घर परिवारलाई राहत वितरण गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य विष्णुविक्रम थापालगायतले मेलम्चीका १५० घरपरिवारलाई राहत वितरण गर्नुभएको हो । बाढीले गर्दा पीडित बनेका मेलम्चीवासीलाई दशैँका लागि मासु, तेल, दाल, मसलालगायतका अतिआवश्यक सामग्री वितरण गरिएको हो । गत असारमा गएको बाढीले मेलम्चीवासीलाई ठूलो असर गरेको थियो । नजिकिँदै गरेको महान् चाड दशैँमा के खाने र के लगाउने भन्दै चिन्तामा रहेका बाढी प्रभावितका साथमा कांग्रेस रहेको बस्नेतले बताउनुभयो । साथै रु एक करोड २० लाखमा हेलम्बुमा ३० घर बनाउनेसमेत घोषणा गरेको कांग्रेका युवानेता युधिर पौडेलले बताउनुभयो ।

इन्द्रावती गाउँपालिकाद्वारा बाढी प्रभावित पाँचपोखरीलाई सहयोग

इन्द्रावती गाउँपालिकाले बाढी प्रभावित पाँचपोखरी थाङपाल गाउँपालिकालाई सहयोग गरेको छ । असार १ गतेको याङ्री, लार्के तथा इन्द्रावती नदीमा आएको बाढी तथा पहिराले गाउँपालिकाको विभिन्न बस्ती, सडक, खानेपानी, सिँचाइ, झोलुङ्ले पुललगायत मानवीय क्षतिसम्म पुगेको थियो । पालिकालाई इन्द्रावतीले रु तीन लाख सहयोग गरेको हो । छिमेकी पालिकामा विपद् पर्दा थोरै भए पनि सहयोग गर्न पाएकामा इन्द्रावती गाउँपालिकाका अध्यक्ष वंशलाल तामाङले खुसी व्यक्त गर्नुभयो । सहयोगप्रति पाँचपोखरी थाङपाल गाउँपालिकाका अध्यक्ष टासी लामाले आभार व्यक्त गर्नुभयो ।