काठमाडौँ, २१ भदौ (रासस) : वाणिज्य बैंकहरूको निक्षेपमा झिनो सुधार देखिएको छ । गत साउन महिनाको तुलनामा वाणिज्य बैंकहरूको निक्षेप सङ्कलन रु ६ अर्बले मात्रै बढेको हो । नेपाल बैंकर्स सङ्घका अनुसार वाणिज्य बैंकहरूको कूल निक्षेप रु ४१ खर्ब २९ अर्ब पुगेको छ । वाणिज्य बैंकहरूको साउन मसान्तसम्म कूल रु ४१ खर्ब २३ अर्ब बराबर निक्षेप सङ्कलन गरेका थिए ।
भदौ महिनामा वाणिज्य बैंकहरूको कर्जा लगानी रु ५५ अर्बले बढाएका छन् । साउन मसान्तको तुलनामा बैंकहरूको कर्जा लगानी रु ५५ अर्बले बढेको हो । वाणिज्य बैंकहरूले भदौको १८ गतेसम्म रु ३८ खर्ब १९ अर्ब कर्जा प्रवाह गरेका छन् । गत साउनसम्म बैंकहरूले कूल रु ३७ खर्ब ६४ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।
यस्तै, स्वदेशी मुद्रामा वाणिज्य बैंकको निक्षेप रु चालीस खर्ब ९ अर्ब रहेको छ भने कर्जा रु ३६ खर्ब ६९ अर्ब रहेको छ । विदेशी मुद्रामा रु एक खर्ब २० अर्बको निक्षेप रहेको छ भने रु एक खर्ब ५० अर्ब बराबरको कर्जा रहेको छ ।
यो पनि – सुदूरपश्चिम : थप ४३ जनामा सङ्क्रमण
बैतडी, २१ भदौ (रासस) : सुदूरपश्चिममा प्रदेशमा आज थप ४३ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ । गएको २४ घण्टामा पीसीआर र एन्टिजेन विधिबाट प्रदेशभर ९४७ जनाको नमुना परीक्षण गर्दा ४३ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
पीसीआर विधिमार्फत गरिएको परीक्षणमा सेती प्रादेशिक अस्पतालमा २० जना, डडेल्धुरा अस्पतालमा चार, महाकाली अस्पताल र जिल्ला अस्पताल बैतडीमा एक÷एक जनामा सङ्क्रमण पुष्टि भएको हो । यस्तै एन्टीजेन विधिमार्फत गरिएको परीक्षणमा कञ्चनपुरका ११, डडेल्धुराका तीन, बझाङका दुई र कैलालीका जनामा कोरोना सङ्क्रमण देखिएको निर्देशनालयले जनाएको छ ।
यसैबीच गएको २४ घण्टामा सङ्क्रमणका कारण यस प्रदेशमा एक जनाको पनि मृत्यु भएको छैन भने सोही अवधिमा प्रदेशभर सात जना सङ्क्रमणमुक्त भएका हुन् ।



प्रतिक्रिया