पत्रकार रेग्मीलाई धम्क्याएको र पक्राउ गर्न खोजिएकोप्रति आपत्ति

पत्रकार रेग्मीलाई धम्क्याएको र पक्राउ गर्न खोजिएकोप्रति आपत्ति

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अनलाइन टीभी पत्रकार सङ्घका केन्द्रीय वरिष्ठ उपाध्यक्ष तथा हेडलाइन नेपाल टीभीका पत्रकार सञ्जीव रेग्मीलाई केही व्यक्तिले भौतिक कारबाही गर्ने चेतावनी दिएको र काठमाडाँैको स्थानीय प्रशासनले पक्राउ गर्न खोजेकोप्रति विभिन्न सङ्घ संस्थाले आपत्ति जनाएका छन् । नेपाल पत्रकार महासङ्घ र अनलाइन टीभी पत्रकार सङ्घले आज छुट्टाछुट्टै वक्तव्य प्रकाशित गर्दै समाचार प्रकाशन गरेकै आधारमा मार्ने धम्की दिनु र धम्की दिनेको झुटो उजुरीका आधारमा प्रहरीले पक्राउ गर्न खोज्नु दुवै आपत्तिजनक रहेको जनाएका हुन् ।

हेडलाइन नेपाल टीभीको कार्यक्रम ‘हेडलाइन विशेष’ मा सागर थापा भन्ने व्यक्तिले ठगी गरेको विषयमा समाचार सामग्री प्रसारण भएपछि थापा सम्बद्ध व्यक्तिहरुले भौतिक कारबाहीको धम्की दिएको र प्रहरीले पक्राउ गर्न खोजेको पत्रकार रेग्मीले जानकारी दिनुभएको छ । थापाले विभिन्न ठगी धन्दा गरेकोलगायत विषयमा धेरै पीडित तथा सरोकारवालाले गुनासो गरेको विषयमा समाचार सामग्री प्रसारण भएपछि प्रहरीले थापालाई पनि पक्राउ गरेको छ । थापाले पक्राउ पर्नुअघि र थापाकी पत्नी शान्ति बस्नेत र आफूलाई सामाजिक अभियानकर्मी बताउने सिर्जना वाग्ले पक्राउपछि फोन तथा सामाजिक सञ्जालबाट भौतिक कारबाहीको धम्की दिएको पत्रकार रेग्मीले बताउनुभयो ।

साथै थापा पत्नी शान्तिले प्रमाणविना झुटो आरोप लगाई जिल्ला प्रशासन कार्यालय काठमाडौँमा उजुरी गरेकै आधारमा पत्रकार रेग्मीलाई पक्राउका लागि प्रहरी अधिकारी टीभीको कार्यालयमा जानुका साथै कार्यालय र निवासमा निगरानी गरिरहेको दुवैको वक्तव्यमा जनाइएको छ । महासङ्घका महासचिव रोशन पुरी र सङ्घका महासचिव पवन फुँयालद्वारा जारी वक्तव्यमा प्रसारित समाचार सामग्रीप्रति चित्त नबुझे कानूनी उपचारमा जान सकिने व्यवस्था हुँदाहुँदै पत्रकार रेग्मीलाई एकातिरबाट भौतिक कारबाहीको धम्की र अर्कोतिर राज्य पक्षबाट पक्रने प्रयास प्रेस स्वतन्त्रताविपरीत भएको उल्लेख गरिएको छ । कानूनविपरीत दुवै पक्षबाट भएका गतिविधि तत्काल रोक्न र पत्रकार रेग्मीको सुरक्षाको ग्यारेन्टी गर्न महासङ्घ र सङ्घले सरोकारवाला सबैसँग माग गरेका छन् ।

यो पनि – विभिन्न घटनामा संलग्न तीन व्यक्ति पक्राउ

विभिन्न घटनामा संलग्न तीन जनालाई प्रहरीले फरक–फरक स्थानबाट पक्राउ गरेको छ । बैंकिङ कसुरमा दोषी ठहर भई फरार रहेका काठमाडौँको गोकर्णेश्वर बस्ने उमेश लामालाई प्रहरीले काठमाडौँको नयाँ बस्तीबाट पक्राउ गरेको जनाएको छ । बैंक खातामा पर्याप्त रकम नभएको जानीजानी पीडितलाई झुक्यानमा पारी चेक दिएका लामालाई बैंकिङ कसूरजन्य अ.पराध गरेको ठहर गरी सात दिन कैद र रु ११ लाख जरिवाना हुने स.जाय सुनाएको थियो । त्यसपछि फरार रहेका उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको टोलीले आज पक्राउ गरेको हो । उनलाई आजै फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाडौँमा बुझाइएको ब्यूरोले जनाएको छ ।

यसैबीच आज काठमाडौँको नागढुङ्गाबाट झण्डै दुई किलो गाँ.जासहित एक व्यक्ति पक्राउ परेका छन् । धादिङबाट श.ङ्कास्पदरूपमा पैदलै काठमाडौँ आउँदै गर्दा उनलाई गाँजासहित नागढुङ्गा सुरक्षा चौकीबाट पक्राउ गरिएको हो । पक्राउ पर्नेमा धादिङको थाँक्रेका मोतीलाल तामाङ रहेका छन् । उनले बोकेको झोलाभित्र लुकाइराखेको अवस्थामा एक किलो ८०० ग्राम गाँजा फेला पारिएकाले लागुऔषध नियन्त्रण ऐन २०३३ अनुसार अनुसन्धान थालिएको छ ।

यसैबीच धादिङबाट काठमाडौँ आउँदै गरेको बा४ख ४४५० नंको बस जाँच गर्ने क्रममा स्रोत नखुलेको रु ११ लाखसहित एक जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ । पक्राउ पर्नेमा भारतका शोविक आदक रहेको र थप अनुसन्धानका लागि उनलाई सम्पत्ति शुद्धिकरण विभाग हरिहरभवन पठाइएको छ ।

यो पनि – ऋण चुक्ता गरे पनि साहुले जग्गा फिर्ता नगर्दा…

लहान, २४ भदौ (रासस) : लिएको ऋणको साँवा र ब्याज चुक्ता गर्दासमेत साहुले दृष्टिबन्धकमा राखेको जग्गा फिर्ता नगर्दा सप्तरीको बोदे बर्साइन नगरपालिका–५ का मोहमद तैयबको परिवार चिन्तामा डुबेको छ । घर खर्च चलाउन तैयबले २०७१ सालमा एक कठ्ठा आठ धुर जग्गा स्थानीय रामदेव साहको नाममा लिखत पास गरी रु ३८ लाख ७० हजार ऋण लिनुभएको थियो । तैयबले हालसम्म साहलाई साँबा ब्याजसहित रु ४५ लाख २० हजार बुझाइसक्नुभएको छ । बाँकी रकम चुक्ता गर्न आफू तयार भए पनि साहले जग्गा फिर्ता गर्न नमानेको उहाँ बताउनुहुन्छ । “मेरो पूरै परिवार मानसिक तनाबमा छ”, तैयबले भन्नुभयो ।

साहले तैयबको जग्गा फिर्ता गर्न विभिन्न बहाना बनाउँदै आउनुभएको छ । ऋणबापत लिएको रु ३८ लाख ७० हजारको हालसम्म साहले ब्याजसमेत गरेर रु ८१ लाख हिसाब भएको तैयबलाई सुनाउँदै आउनुभएको छ । आफ्नो जग्गा फिर्ता आउँछ कि आउँदैन भन्ने चिन्ता तैयबलाई परेको छ ।साहसँग धितोमा जग्गा राखेर २०७६ कात्तिकमा रु १२ लाख ऋण लिएका बोदे बर्साइन नगरपालिका–५ कै मदनलाल साह पनि एक वर्षमै ब्याजसहित रु २५ लाख तिर्नुपरेको पीडा सुनाउनुहुन्छ । घर खर्चका लागि १२ कठ्ठा १७ धुर जग्गा साहको नाममा दृष्टिबन्धक लिखत पास गरी रु १२ लाख ऋण लिएको उहाँले बताउनुभयो । “ऋण ब्याजसहित फिर्ता गरिसकेको छु, जग्गा फिर्ता गर्नुको साटो उल्टै साहले मेराविरुद्ध लेनदेनको मुद्दा हाल्नुभएको छ”, मदनलालले भन्नुभयो । ब्याजसहित ऋण चुक्ता गरिसकेकाले जग्गा फिर्ताका लागि गत वर्षदेखि नै साहलाई आग्रह गर्दै आएको उहाँको भनाइ छ ।

यस्तै रु १२ लाख ऋण लिएका सोही वडाका रामप्रसाद खत्बेको अवस्था पनि साहकै जस्तै छ । घर खर्चका लागि साहसँग लिएको ऋण एक वर्षअघि नै चुक्ता गरे पनि जग्गा फिर्ता नपाएको उहाँको गुनासो छ । सप्तरीको शम्भुनाथ नगरपालिका कठौनाका ललिता मण्डल पनि साहकै ऋणका कारण आफ्नो परिवार बिचल्लीमा पर्ने अवस्था आएको बताउनुहुन्छ । श्रीमान्लाई वैदेशिक रोजगारमा पठाउन १५ कठ्ठा जग्गा साहको नाममा लिखत पास गरी रु चार लाख ऋण लिएपनि हालसम्म ब्याजसहित रु २५ लाख फिर्ता गरिसकेको मण्डलले बताउनुभयो । “साहले जग्गा फिर्ता गर्न मान्नुभएको छैन”, उहाँले भन्नुभयो, “उल्टै धम्की दिँदै आउनुभएको छ ।”

सप्तरीको खड्क नगरपालिका–६ का छेदीलाल पासवानको पीडा पनि कहालीलाग्दो छ । उहाँले २०७३ सालमा चार कठ्ठा १९ धुर जग्गा साहको नाममा दृष्टिबन्धक पास गरी रु १६ लाख ऋण लिनुभएको थियो । पासवानले ब्याजसहित अहिलेसम्म रु ७६ लाख ६२ हजार तिरिसक्नुभएको छ । सप्तरीका ३० जनाभन्दा बढी साहको ऋणको भारी बोक्दै मानसिक तनाब झेल्दै आएका छन् ।

सप्तरीको शम्भुनाथ नगरपालिका–१२ अर्नहाका ध्रुवनारायण साह, बोदे बर्साइन नगरपालिका–९ देउरीका वीरेन्द्र यादव, शम्भुनाथ नगरपालिका–३ का रमाकान्त चौधरी, खड्क नगरपालिका–८ का बच्चालाल साह, सुरुङ नगरपालिका–४ का सबुर चौधरी, रुपनी गाउँपालिकाका अरबिन्द साह, बोदे बर्साइन नगरपालिकाका मोहमद सौदागर, सतदेव पौदार, मोहमद सागर हुसैन, मोहमद असलमलगायतले साहबाट ऋण लिँदा दुःख पाएका छन् । ऋण चुक्ता गर्दा पनि साहले जग्गा फिर्ता नगर्दा घरबारबिहीन भएको पीडितको भनाइ छ । साहले आफूहरुको जग्गा फिर्ता नगरे कानुनी उपचार खोज्ने उनीहरुले बताएका छन् ।आरोपित साहले भने आफूले उनीहरुसँग रकम तिरेर जग्गा खरिद गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “मैले जग्गा किनेको हुँ, अहिले जग्गाको मूल्य बढ्ेकाले लोभ लागेर उनीहरुले जग्गा फिर्ता मागिरहेका छन् ।”