पत्रकार हुँ भन्दै अवैधरूपमा रकम असुली गर्ने दुई जना पक्राउ

पत्रकार हुँ भन्दै अवैधरूपमा रकम असुली गर्ने दुई जना पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

महेन्द्रनगर बजारमा अवैधरूपमा रकम असुली गर्ने दुई जनालाई आज प्रहरीले पक्राउ गरेको छ । अवैध असुलीमा संलग्न गोविन्द बिसी र सन्तोष भट्टलाई प्रहरीले महेन्द्रनगर बजारको गल्ली नं ४ मा रहेको साई मोबाइल केयर ग्यालरीबाट पक्राउ गरेको हो । दुवै जनाले नाइस टेलिभिजनको पत्रकार भन्दै रकम असुली गरेको प्रहरीले जनाएको छ ।

बुधबार साँझ दुवै जनाले साई मोबाइल ग्यालरी सञ्चालकलाई धम्क्याउँदै रु दुई लाख माग गरेको तर पसल सञ्चालकले दिन नसक्ने बताएपछि नगद रु २५ हजार र सामान लगेर गएका थिए । दुवै जनाको पसल सञ्चालकसँग ‘बार्गेनिङ’ गरेको भिडियो सीसीटीभी क्यामेरामा कैद भएको छ ।

यो पनि – ‘एशियाली मुलुकले सन् २०५० सम्ममा पानीको चरम सङ्कट भोग्नुपर्ने’

एशियाली मुलुकहरुले आगामी सन् २०५० सम्ममा पानीको चरम सङ्कट भोग्नुपर्ने अवस्था देखिएकाले त्यसतर्फ ध्यान दिन जरुरी रहेको बताइएको छ ।प्रmेन्डसीप फोरम फर नेप्लिज जर्नालिस्ट (एफएफएनजे) ले आयोजना गरेको ‘एशियाको जलस्रोतको उपयोगमा क्षेत्रीय सहयोग तथा नेपालको दृष्टिकोण’ विषयक छलफल कार्यक्रममा विज्ञहरुले समयमै पानीको जोहो र व्यवस्थापन गर्ने विकल्प नखोजे हाहाकार हुने बताउनुभएको हो ।

पुष्पलाल स्मृति प्रतिष्ठानका अध्यक्ष लोककृष्ण भट्टराईले हरेक मुलुकको अवधारणा सम्बन्धित व्यक्ति स्वयंले नै बनाउनुपर्ने बताउँदै इन्धनलगायत सोबाट चल्ने वस्तुको निषेध गरी विद्युतीय सामग्री प्रयोगमा जोड दिन आग्रह गर्नुभयो । जलस्रोतविज्ञ रतन भण्डारीले विश्वको दुई तिहाइभन्दा बढी भाग पानीले ढाकेको भए पनि ९७ प्रतिशत नुनिलो र बाँकी तीन प्रतिशतमा केवल दुई प्रतिशत हिउँ र हिमनदीका रूपमा रहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “भारतबाट बाढी नियन्त्रण र सिँचाइमा प्रयोग गरेको पानीको मूल्य लिन मुलुकले विगतमा गरेका कोशीका साथै गण्डक र महाकाली सम्झौताको तत्काल पुनरावलोकन गर्नुपर्ने देखिन्छ ।”

रुसका लागि पूर्वनेपाली राजदूत हिरण्यलाल श्रेष्ठले अबको तेस्रो विश्वयुद्ध पिउने पानीको हाहाकारमा मच्चिने धारणा राख्दै दक्षिण एशियामा पानीलाई समृद्धिको शताब्दी बनाउन चीनलगायतका मुलुकहरुसँग छलफल गरी अघि बढ्नुपर्ने बताउनुभयो । पूर्वजलस्रोत मन्त्री तथा विज्ञ दीपक ज्ञवालीले पानीलाई बजारिया स्रोत मात्रै नबनाएर रणनीतिक स्रोत बनाउन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “नेपालको ७० प्रतिशत पानी छिमेकी मुलुक भारत जाने भएकाले त्यसतर्फ विशेष ध्यान दिन जरुरी छ ।” चीनका लागि पूर्वराजदूत टङ्क कार्कीले पुराना तौरतरिका र शैलीबाट मात्रै मुलुक नबन्ने बताउँदै सम्बन्धित व्यक्तिले जलस्रोतका क्षेत्रमा संवेदनशील र जिम्मेवार भएर लाग्नुपर्ने भनाइ राख्नुभयो । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सागरकुमार राईले सरकार राष्ट्रिय गौरवको योजनामा लागिरहेको चर्चा गर्दै मुलुकवासीमा बिजुलीबाट चल्ने वस्तुको प्रयोग बढाउन छलफल भइरहेको जानकारी दिनुभयो । छलफलमा एशियाका छ वटा प्रमुख नदीको उद्गमस्थल चीनको तिब्बत रहेको र विश्वको ४६ प्रतिशत जनसङ्ख्या ती नदीका पानीमा आश्रित रहेको जानकारी दिइयो ।