एक्सपर्ट एजुकेशन तथा भीजा सर्भिसअन्तर्गत एक्सपर्ट फाउण्डेशनले मेलम्ची बाढी प्रभावितलाई रु १० लाख सहयोग गरेको छ । अष्ट्रेलियाका विभिन्न राज्यमा रहेका विभिन्न शाखामा कार्यरत कर्मचारीले स्वेच्छाले बाढी प्रभावितका लागि सहयोग गरेका हुन् । सङ्कलित रकमलाई दोब्बर बनाएर एक्सपर्ट फाउण्डेशनले रु १० लाख बनाई सहयोग रकम पठाएको फाउण्डेशनका अध्यक्ष रोशन कँडेलले जानकारी दिनुभयो । सहगोगका लागि सम्पूर्ण शाखा र फाउण्डेशनबीचको समन्वय एक्सपर्टका गु्रप जनरल व्यवस्थापक मञ्जित घिमिरे र मेलबर्न शाखाका निर्देशक सरोज शर्माले गर्नुभएको थियो । एक्सपर्ट एजुकेशनको संसारभर ४० भन्दा धेरै शाखा रहेको छ ।
अष्ट्रेलिया मेलबर्न बस्ने संस्थाका सदस्य निराजन दुलालको विशेष पहलमा फाउण्डेशनमार्फत मेलम्ची बाढी पीडितका लागि प्राप्त रु १० लाख सहयोगमध्ये मेलम्ची नगरपालिकालाई रू तीन लाख, मेलम्ची बाढी संरक्षण तथा सरोकार समितिलाई रू दुई लाख, सिमखेत फट्टे बाढी संरक्षण समितिलाई रू एक लाख २५ हजार, बाढीबाट पूर्ण क्षति भई विस्थापित २३ घर परिवारलाई जनही १५ हजारको दरले रू तीन लाख ४५ हजार र रेडियो मेलम्चीलाई रू ३० हजार रकम आज मेलम्चीमा एक कार्यक्रमकाबीच मेलम्चीका नगरप्रमुख डम्बर अर्याल तथा अन्य सम्बन्धित समिति तथा संस्थाका प्रतिनिधिलाई संस्थाका प्रतिनिधि देवीप्रसाद लम्साल, विकाश ज्ञावली, कँडेल तथा सदस्य दुलालका बुबा नवराज दुलालले हस्तान्तरण गर्नुभएको समाजसेवी सिपी दुलालले जानकारी दिनुभयो ।
यो पनि – लगातारको वर्षाले मेलम्चीको दनुवार गाउँमा पहिरो
लगातारको वर्षाले मेलम्ची नगरपालिका– ११ दनुवार गाउँका छेउमा पहिरो गएको छ । पहिरो खानीगाउँ ,घटेर टोलसम्म गएको र अझै झरिरहेको स्थानीयवासी दशरथ दनुवारले जानकारी दिनुभयो । पहिरो विस्तारै बस्तीतिर छिर्ने डरमा रातभरि सुत्न नसकेको उहाँले जानकारी दिनुभयो । उहाँले पहिरो रोक्नका लागि प्रयास गरिदिन स्थानीय तह लाई आग्रह गर्नुभयो । पहिरो बढ्दै जाँदा घटेर टोल जोखिममा परेको स्थानीयवासीले बताएका छन् ।

यो पनि – अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना
मनसुनी वायुको प्रभावले आज देशभर सामान्य बदली रही अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागले आगामी २४ घण्टाको चेतावनी तथा परामर्श जारी गर्दै देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको र पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिमसँगै नदीनाला र खहेर खोलामा पानीको सहत बढ्नसक्ने भएकाले सतर्कता अपनाउन अनुरोध गरेको छ । हाल देशभर आंशिकदेखि सामान्य बद्ली रही प्रदेश नं १, २ र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ ।
दिउँसो देशभर सामान्य बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १९ दशमलव छ डिग्री र अधिकतम तापक्रम २९ दशमलव सात डिग्री सेल्सियस रहने अनुमान गरिएको छ । त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम १५ दशमलव पाँच डिग्री र सबैभन्दा धेरै दिपायलको अधिकतम तापक्रम ३५ दशमलव शुन्य डिग्री सेल्सियस रहनेछ ।
यो पनि – सङ्खुवासभा ह.त्या प्रकरण : मृतक छ जनाकै सामूहिक दा.हसंस्कार इटहरीमा
सङ्खुवासभाको मादी नगरपालिका–१ खोलागाउँमा ह.त्या गरिएको अवस्थामा फेला परेकाको दा.हसंस्कार सुनसरीको इटहरीस्थित बूढी खोलामा गरिएको छ । सोमबार बिहान ह.त्या गरी फालिएको अवस्थामा फेला परेका तेजबहादुर कार्कीसहित ६ जनाको इटहरीस्थित बूढीखोला घाटमा अन्त्येष्टि गरिएको मृतक तेजबहादुरका भतिज एमविक्रम कार्कीले जानकारी दिनुभयो ।
बुधबार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा शवपरीक्षण भएपछि बूढीखोला घाटमा अन्त्येष्टि गरिएको भतिज एमविक्रमले बताउनुभयो । शव अन्त्येष्टिका लागि तेजबहादुर कान्छा छोरा रमेश कार्की दुबईबाट मङ्गलबार धरान आइपुग्नुभएको थियो । मादी नगरपालिका–१ उम्लिङको खोला गाउँमा ५२ वर्षीय तेजबहादुर कार्की, ८४ वर्षीया आमा पार्वती कार्की, छोरा ५२ वर्षीया श्रीमती कमला कार्की, तेजबहादुरकी बुहारी ३२ वर्षीया रञ्जना कार्की, नाति ११ वर्षीय दीपेन कार्की र नातिनी ७ वर्षीया गोमा कार्कीको हत्या भएको थियो ।
घटनाको थप अनुसन्धान गरिँदै
घटनाको थप अनुसन्धान गर्ने प्रदेश नं १ का प्रहरी नायब महानिरीक्षक अरुणकुमार बीसी सामूहिक ह.त्या भएको घटनास्थलमादी–१ खोलागाउँमा पुग्नुभएको छ । बी.भत्स ह.त्याको घटना र.हस्यमयी भएको भन्दै गएपछि प्रहरी नायब महानिरीक्षक बीसी बुधबार साँझ मादी आइपुग्नुभएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिनुभयो ।
प्रहरी नायब महानिरीक्षक बीसीले घटनास्थल पुगेर प्रहरीबाट भइरहेको अनुसन्धानले अहिलेसम्म प्राप्त गरेको उपलब्धिको जानकारी लिनुभएको छ । अनुसन्धानलाई जतिसक्दो चाँडो निष्कर्षमा पु¥याउन प्रहरीको सक्रिय रुपमा लागेको प्रहरी नायब उपरीक्षक सुवेदीले बताउनुभयो । उहाँ आफैँले अनुसन्धानको नेतृत्व लिएपछि घटनामा चाँडै सफलता प्राप्त हुने अपेक्षा गरिएको छ ।
गाउँ शोकमा
परिवारै सखाप बनाएको घटनापछि मादी–१ उम्लिङ खोलागाउँ शोकमा डुबेको छ । अहिलेसम्म ह.त्यारा पत्ता नलाग्दा गाउँको अवस्था सामान्य बन्न नसकेको स्थानीयवासी रणबहादुर कार्की बताउनुभयो । घटना कसरी र किन गरिएको हो भन्ने बारेमा केही पनि नखुलेको उहाँले बताउनुभयो । घटनाको वास्तविकता पत्ता नलागेसम्म गाउँ सामान्य अवस्थामा फर्कन नसक्ने स्थानीयवासी कार्कीको भनाइ छ । तालिम प्राप्त कुकुरले समेत पत्ता लगाउन नसक्दा अझै रहस्यमय भएको बताएका छन् । प्रहरीले घटनाका बारेमा कुनै नयाँ सङ्केत फेला नपारेको स्थानीयवासीले बताएका छन् ।



प्रतिक्रिया