७५३ वटै स्थानीय तहमा सुरु भयो विद्युतीय भुक्तानी प्रणाली

७५३ वटै स्थानीय तहमा सुरु भयो विद्युतीय भुक्तानी प्रणाली

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

देशभरका ७५३ वटै स्थानीय तहमा विद्युतीय माध्यमबाट वास्तविक समयामा नै भुक्तानी तथा लेखाङ्कन प्रणालीको शुरुआत् भएको छ । महालेखा नियन्त्रक सुमनराज अर्यालले आज स्थानीय तहको भुक्तानी प्रणालीको शुरुआत् गर्नुभयो ।स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली (सुत्र) मार्फत भुक्तानी प्रणालीको शुरुआत् गर्नुहुँदै महालेखा नियन्त्रक अर्यालले राष्ट्रको एकीकृत लेखा राख्ने निकाय महालेखा कार्यालय भएकाले छिटो छरितो, भरपर्दो र विश्वसनीय लेखाङ्कन र प्रतिवेदनका लागि महत्वपूर्ण योगदान पुग्ने बताउनुभयो ।

उहाँले शासकीय संयन्त्रमा सूचना प्रविधिको महत्वपूर्ण भूमिका रहने हुँदा कर्मचारीको क्षमता विकासमा विशेष पहल गरिने उल्लेख गर्नुभयो ।सो प्रणालीको विकासले स्थानीय तहमा पारदर्शिता, सुशासन, वित्तीय अनुशासन र उत्तरदायित्व कायम गर्न थप बल पुग्नेछ । चेकबाट गरिने कारोबारभन्दा विद्युतीय कोष हस्तान्तरणबाट छिटोछरितो भुक्तानी हुनेछ । चेक क्लीयरिङलगायत बढी समय लाग्ने अवस्थाको अन्त्य हुने, चेक कारोबारबाट भुक्तानीको लागि गर्नुपर्ने प्रक्रियागत झन्झट हट्ने र कम जनशक्तिबाट प्रभावकारी सेवा प्रदान गर्न सहज हुने विश्वास लिइएको महालेखा नियन्त्रक कार्यालयका प्रवक्ता ज्ञानेन्द्र पौडेलले जानकारी दिनुभयो ।

यो पनि – प्रदेश २ मा वडा अधिवेशन भएन

नेपाली कांग्रेसको पालिका अधिवेशनको मिति आउन ३ दिन बाँकी रहँदा प्रदेश–२ का कुनै जिल्लामा वडा अधिवेशन सुरु भएको छैन । प्रदेश–२ मा अहिलेसम्म वडा अधिवेशन शून्य भएपछि त्यसपछि हुने सबै निर्वाचन कार्यतालिका प्रभावित हुने भएको छ । कांग्रेसको १४औँ महाधिवेशनका लागि क्रियाशील सदस्यता विवादले प्रदेश–२ मा वडा अधिवेशन अनिश्चित बन्दा निर्वाचन कार्यतालिका प्रभावित हुने भएको हो । प्रदेश २ मा कुनै पनि जिल्लाको क्रियाशील विवाद नटुङ्गिएपछि वडा अधिवेशन हुन नसक्दा प्रदेश २ अधिवेशन शून्य प्रदेश बन्न पुगेको छ ।

प्रदेश–२ मा आजसम्म क्रियाशील सदस्यताको टुङ्गो लाग्न सकेको छैन । क्रियाशील सदस्यता सार्वजनिक नहुँदा अधिवेशन अन्योलमा परेको कांग्रेस धनुषाका युवा नेता एवं जिल्ला सभापतिका प्रत्याशी योगेन्द्र पञ्जियारले बताउनुभयो । धनुषाको क्षीरेश्वरनाथ नगरपालिकाका मेयर तथा निर्वाचन क्षेत्र ४ का सभापतिसमेत रहनुभएका पञ्जियारले भन्नुभयो, “वडा अधिवेशन भदौ २६ र २७ गते हुने चर्चा चले पनि त्यो अब सम्भव छैन, अधिवेशनका लागि क्रियाशील सदस्यताको नै टुङ्गो लागि सकेको छैन ।” त्यसैगरी युवा नेता एवं जिल्ला सभापतिका प्रत्याशी राजकिशोर सिंहले प्रदेश २ मा भदौमा अधिवेशन प्रारम्भ हुने सम्भावना नदेखिएको जनाउनुभयो ।

यो पनि – कांग्रेसका वडा अधिवेशन ५४ जिल्लामा सम्पन्न

नेपाली कांग्रेसको आसन्न १४औँ महाधिवेशनअन्तर्गत शुुक्रबारदेखि प्रारम्भ भएको गाउँ÷नगर वडा अधिवेशन ५४ जिल्लामा सम्पन्न भएको छ । कांग्रेस क्रियाशील सदस्यता नामावली प्रकाशित भइसकेका ५७ जिल्लामध्ये ती जिल्लामा वडा अधिवेशन सम्पन्न भएको कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । अधिकांश वडामा सर्वसम्मत र केहीमा मतदानमार्फत वडा कार्यसमिति र क्षेत्रीय प्रतिनिधि चयन भएका छन् । क्रियाशील सदस्यता नामावली प्रकाशित भएका जिल्लामध्ये भदौ १८ गते ३५ जिल्ला, भदौ १९ गते दुई जिल्ला, भदौ २० गते एक जिल्लामा वडा अधिवेशन सम्पन्न भएको समिति संयोजक महादेवप्रसाद यादवले जानकारी दिनुभयो ।

त्यस्तै भदौ २१ गते ११ र आज भदौ २२ गते पाँच जिल्लामा वडा अधिवेशन सम्पन्न भएको छ । भदौ २३ गते रुकुुम पूर्व र रुकुम पश्चिममा अधिवेशन हुन लागेको उहाँले बताउनुुभयो । दोलखाको क्रियाशील सदस्यता नामावली सोमबार मात्रै प्राप्त भएकाले सो जिल्लामा वडा अधिवेशन केही दिनमा तोकिने समितिले जनाएको छ । यसबाहेक २० जिल्लामा क्रियाशील सदस्यता नामावली प्रकाशनको हालसम्म टुङ्गो लाग्न सकेको छैन । अधिवेशन हुन बाँकी जिल्लामा पार्टी केन्द्रीय कार्यालयबाट नामावली प्राप्त हुनासाथ तत्काल निर्वाचन अधिकृत खटाई अधिवेशन गराउने तयारी अवस्थामा रहेको समितिले जनाएको छ ।

करिब नौ लाखको सङ्ख्यामा रहेका कांग्रेस क्रियाशील सदस्य पार्टीको गाउँ÷नगर वडा अधिवेशनका मतदाता हुन् । क्रियाशील सदस्यले आफ्नो वडाको वडा समिति र क्षेत्रीय प्रतिनिधिको चयन गर्छन् । वडा अधिवेशनले आफूमध्येबाट सभापति एक, उपसभापति दुई, सचिव दुई र सहसचिव दुई गरी सात पदाधिकारी निर्वाचित गर्ने कांग्रेसको विधानमा व्यवस्था छ । यसबाहेक मतदाता सङ्ख्याको अनुपातका आधारमा वडा सदस्य र क्षेत्रीय प्रतिनिधि निर्वाचित हुन्छन् ।

कांग्रेसले गाउँ÷नगर वडा अधिवेशन भदौ १८ गते, गाउँ÷नगरपालिका अधिवेशन भदौ २७, प्रदेशसभा क्षेत्रीय अधिवेशन आगामी असोज १ र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन÷एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज ५ गते निर्धारण गरेको छ । त्यस्तै एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज १०, प्रदेश अधिवेशन कात्तिक १० देखि १२ गतेसम्म र केन्द्रीय महाधिवेशन आगामी मङ्सिर ९ देखि १३ गतेसम्म तय गरिएको छ ।

यो पनि – कांग्रेसको वडा अधिवेशनः तनहुँको ८५ मध्ये ६९ वडामा सर्वसम्मत

दमौली, २२ भदौ (रासस) ः नेपाली कांग्रेसको वडा अधिवेशनअन्तर्गत ८५ वडा रहेको तनहुँमा ८४ वडामा नेतृत्व चयन भएको छ । तीमध्ये ६९ वडामा सर्वसम्मत र १५ वडामा निर्वाचनबाट नेतृत्व चयन भएको हो । दश स्थानीय तह रहेका तनहुँमा निर्वाचनबाट चार वडामा महिला सभापति चयन भएको जिल्लास्थित पार्टी कार्यालयले जनाएको छ । शुक्लागण्डकी नगरपालिका–८ मा अधिवेशन स्थगित भएको छ । घिरिङ गाउँपालिका–१ मा सभापति पदमा सहमति जुट्न नसकेपछि आइतबार मतदान प्रक्रियाबाट सभापतिको टुङ्गो लगाएको पार्टीका जिल्ला सचिव विश्व बाँस्तोलाले जानकारी दिनुभयो ।

उहाँका अनुसार स्थगित भएको वडामा छिट्टै अधिवेशन सम्पन्न हुनेछ । गुटगत विवाद उत्कर्षमा पुग्दा वडामा मतदान प्रक्रिया शुरु हुनु अगावै निर्वाचन सामग्री जफत भएपछि अधिवेशन स्थगित भएको थियो । व्यास नगरपालिका–१ को सभापतिमा दिलबहादुर दरै, वडा नं २ को सभापतिमा टुकबहादुर हमाल, वडा नं ३ को सभापतिमा अनप राना, वडा नं ४ को सभापतिमा देवबहादुर गुरुङ, वडा नं ५ को सभापतिमा सुरबहादुर थापा, वडा नं ६ को सभापतिमा ढालप्रसाद घिमिरे, वडा नं ७ को सभापतिमा युवराज गुरुङ, वडा नं ८ को सभापतिमा युवराज गुरुङ, वडा नं ९ को सभापतिमा नरबहादुर गुरुङ, वडा नं १० को सभापतिमा प्रेमराज मिश्र, वडा नं ११ को सभापतिमा देवबहादुर थापा, वडा नं १२ को सभापतिमा चन्द्रबहादुर विक, वडा नं १३ को सभापतिमा रेशम विक र वडा नं १४ को सभापतिमा नरिमाया राना निर्वाचित हुनुभएको छ ।

यसैगरी शुक्लागण्डकी नगरपालिका–१ को सभापतिमा कृष्णबहादुर गुरुङ, २ को सभापतिमा धु्रवराज पौडेल, ३ को सभापतिमा युवराज श्रेष्ठ, ४ को सभापतिमा दिलबहादुर श्रेष्ठ, ५ को सभापतिमा हरिराज अधिकारी, ६ को सभापतिमा रवि केसी, ७ को सभापतिमा ईश्वर शर्मा, ९ को सभापतिमा रामप्रसाद पाठक, १० को सभापति खड्गविक्रम खाँण, ११ को सभापतिमा रविन्द्रविक्रम थापा र १२ को सभापतिमा गजबहादुर गुरुङ निर्वाचित हुनुभएको छ ।

भिमाद नगरपालिका वडा नं १ को सभापतिमा माधव लम्साल, २ को सभापतिमा मोहन राना, ३ को सभापतिमा धनबहादुर थापा, ४ को सभापतिमा लोकबहादुर राना, ५ को सभापतिमा गणेश गैह्रे, ६ को सभापतिमा सूर्यनाथ पौडेल, ७ को सभापतिमा सोमराज सुवेदी, ८ को सभापतिमा माधव खनाल र ९ को सभापतिमा मनबहादुर थापा निर्वाचित हुनुभएको छ ।

भानु नगरपालिका वडा नं १ को सभापतिमा कृष्णकुमार श्रेष्ठ, २ को सभापतिमा अर्जुनबहादुर केसी, ३ को सभापतिमा सूर्यमान गुरुङ, ४ को सभापतिमा नुरचन्द्र पाण्डे, ५ को सभापतिमा दिपक थापा, ६ को सभापतिमा रणबहादुर श्रेष्ठ, ७ को सभापतिमा कुमार गाछा मगर, ८ को सभापतिमा ईश्वरबहादुर घिमिरे, ९ को सभापतिमा गणेशमान श्रेष्ठ, १० को सभापतिमा हिमनिधि पाण्डे, ११ को सभापतिमा हरिबहादुर बोहरा, १२ को सभापतिमा बेलबहादुर अधिकारी र १३ को सभापतिमा कृष्णबहादुर अधिकारी निर्वाचित हुनुभएको छ ।

म्याग्दे गाउँपालिका वडा नं १ को सभापतिमा विनोददत्त खनाल, २ को सभापतिमा रमेश अधिकारी, ३ को सभापतिमा बालचन्द्र भट्टराई, ४ को सभापतिमा सन्देश अधिकारी, ५ को सभापतिमा मदन थापा, ६ को सभापतिमा डिलबहादुर गुरुङ, ७ को सभापतिमा अच्युतराज काफ्ले निर्वाचित हुनुभएको छ ।

बन्दिपुर गाउँपालिका वडा नं १ को सभापतिमा देवेन्द्र खनाल, २ को सभापतिमा नारायण खड्का, ३ को सभापतिमा कुलबहादुर अधिकारी, ४ को सभापतिमा सीता थापा, ५ को सभापतिमा रिता तिवारी र ६ को सभापतिमा खुराकजङ्ग गुरुङ निर्वाचित हुनुभएको छ । आँबुखैरेनी गाउँपालिका वडा नं १ को सभापतिमा किसन थापा, २ को सभापतिमा मिलन गुरुङ, ३ को सभापतिमा मदन खत्री, ४ को सभापतिमा टेकबहादुर थापा, ५ को सभापतिमा नरमान गुरुङ र ६ को सभापतिमा धनबहादुर गुरुङ निर्वाचित हुनुभएको छ ।

ऋषिङ गाउँपालिका वडा नं १ को सभापतिमा सविना राना, २ को सभापतिमा खेमबहादुर राना, ३ को सभापतिमा दुर्गाबहादुर राना, ४ को सभापतिमा प्रेमकुमार श्रेष्ठ, ५ को सभापतिमा केशव थापा, ६ को सभापतिमा दानबहादुर आले, ७ को सभापतिमा दुर्गाबहादुर थापा र ८ को सभापतिमा भरतकुमार श्रेष्ठ निर्वाचित हुनुभएको छ ।

घिरिङ गाउँपालिका वडा नं २ को सभापतिमा सुरेन्द्र थापा, ३ को सभापतिमा होमबहादुर थापा, ४ को सभापतिमा वीरबहादुर थापा र ५ को सभापतिमा चन्द्र थापा निर्वाचित हुनुभएको छ । देवघाट गाउँपालिका वडा नं १ को सभापतिमा मुक्ति थापा, २ को सभापतिमा मिनबहादुर राना, ३ को सभापतिमा गङ्गासिं विक, ४ को सभापतिमा नरबहादुर गुरुङ र ५ को सभापतिमा सोमनाथ ढकाल चयन हुनुभएको छ । तनहुँमा नेपाली कांग्रेसका १४ हजार ५१४ क्रियाशील सदस्य छन् । सात हजार ५७९ नयाँ हुन् भने ६ हजार ९३५ पुराना सदस्य छन् ।

१९ वर्षका कान्छा क्षेत्रीय प्रतिनिधि

म्याग्दे गाउँपालिका–५ निवासी जुपिटर वाग्ले नेपाली कांग्रेसको कान्छो क्षेत्रीय प्रतिनिधिमा निर्वाचित हुनुभएको छ । कांग्रेसको महाधिवेशनअन्तर्गत वडा अधिवेशनबाट उहाँ म्याग्दे–५ बाट क्षेत्रीय प्रतिनिधि निर्वाचित हुनुभएको हो । उहाँ हाल १९ वर्षको हुनुभयो । उहाँ तनहुँ जिल्लामै सबैभन्दा कम उमेरका क्षेत्रीय प्रतिनिधि बन्नुभएको छ । जनज्योति क्याम्पस भिमादमा विद्यार्थी राजनीति गर्ने वाग्ले युथ कांग्रेस नेपालको तनहुँ जिल्ला सदस्य र युथ कांग्रेस नेपाल म्याग्देका संयोजक हुनुहुन्छ ।