सप्तरीमा दुर्घटनामा परि दुईको मृत्यु

सप्तरीमा दुर्घटनामा परि दुईको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सप्तरीमा गए राति भएका छुट्टाछुट्टै घटनामा परी दुई व्यक्तिको मृत्यु भएको छ । राजविराजस्थित महेन्द्र बिन्देश्वरी बहुमुखी क्याम्पस नजिक मिलनचोकमा ट्र्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार विष्णुपुर गाउँपालिका–५ कट्टीका ५५ वर्षीय लेल्है खंगके मृत्यु भएको प्रहरीले जनाएको छ । को७प ४४१० नंको मोटरसाइकलमा राजविराजबाट विष्णुपुर घरतर्फ जाने क्रममा विपरीत दिशाबाट आउँदै गरेको स१त २८७८ नंको ट्र्याक्टरले मिलनचोकमा ठक्कर दिएको थियो । खंगको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । ट्रयाक्टर र मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यस्तै तिलाठी कोइलाडी गाउँपालिका–३ सखरपुरामा करेन्ट लागेर एक बालकको ज्यान गएको छ । स्थानीयवासी विनोद ठाकुरका ११ वर्षीय छोरा चन्दनको करेन्ट लागेर मुत्यु भएको प्रहरीले जनाएको छ । घरमा एक्लै भएको अवस्थामा डिसहोमको रिसिभरलाई सफा गर्ने क्रममा करेन्ट लाग्दा उनको घटनास्थालमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो ।

यो पनि – पक्राउ गरिएका रिहा

स्वतन्त्र राष्ट्रिय अभियान नेपाल र उन्नत लोकतन्त्र पार्टी नेपालले अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसिसी)को विरोधमा प्रदर्शनमा उत्रिएका अध्यक्ष अधिवक्ता स्वागत नेपाललगायतलाई रिहा भएका छन् ।

उहाँहरुलाई बिहीबार एमसिसीका उपाध्यक्ष फातिमा सुमारको आगमन हुने समयमा त्रिभुवन विमानस्थलबाट पक्राउ गरी महेन्द्र पुलिस क्वब र अन्य प्रहरी प्रभागमा लागिएको थियो । पक्राउ पर्नेमा कृष्ण प्रसाईँ, शिवराम थापा, दुर्गा बस्नेत, नवीन मैनाली, राजु राउत, आगेली माइला, रोशा नेपाल, रामकुमार नेपाल, इन्द्र कालिकोटे, सङ्गीता सारथी, गोपाल गुरुङ, रामकुमार विष्टलगायत हुनुहुन्थ्यो ।