प्रादेशिक अस्पतालमा ८५० कोभिड बिरामीको उपचार

प्रादेशिक अस्पतालमा ८५० कोभिड बिरामीको उपचार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गण्डकी प्रदेशस्तरीय सङ्क्रामक तथा सरुवा रोग अस्पतालले स्थापनाको १३ महिनामा ८५० कोरोनाका बिरामीको उपचार गरेको छ । अस्पतालका निर्देशक डा विकास गौचनका अनुसार प्रदेश सरकारले कोरोना सङ्क्रमणका प्रतिबिरामी एक लाख ३९ हजार बराबरको खर्च व्यवस्थापन भएको उल्लेख गर्दै गत आवमा रु ११ करोड ४१ लाख आर्थिक सहयोग प्राप्त भएको जानकारी दिनुभयो । पोखरा महानगरपालिका–३० मोहोरियामा सञ्चालित कूल ५० शय्याको उक्त अस्पतालमा हाल २७ कोरोना सङ्क्रमितको निःशुल्क उपचार भइरहको छ ।

गण्डकी प्रदेशका अर्थमन्त्री राजमीप्रसाद बराल (जीवन) ले उक्त अस्पतालको आज स्थलगत निरीक्षण गर्दै सङ्क्रामक तथा सरुवा रोग अस्पताल सञ्चालनमा प्रदेश सरकारका तर्पmबाट आवश्यक सहयोग रहने बताउनुभयो । जनतालाई स्वस्थ राख्न र सरुवा रोगबाट बच्न र बचाउनका लागि पनि पूर्वतयारी आवश्यक रहने बताउँदै उहाँले अस्पतालको भौतिक पूर्वाधारसहितको स्वास्थ्य सामग्री उपलब्ध गराउन प्रदेश सरकारको पहिलो प्राथमिकता रहने स्पष्ट पार्नुभयो ।

“सीमित स्रोतसाधन तथा जनशक्ति लिएर सकरात्मक ढङ्गले कोभिड रोकथाम र त्यसबाट सङ्क्रमितलाई बचाउन अस्पतालबाट भएको प्रयास प्रशंसनीय छ”, मन्त्री बरालले भन्नुभयो, “अप्ठ्यारो अवस्थामा पनि आफ्नो पर्वाह नगरी उपचारमा खटिनु हुने स्वास्थ्यकर्मीलगायतलाई सम्पूर्ण अस्पताल परिवारलाई धन्यवाद छ ।” अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रा डा कृष्णप्रसाद पौडेलले मुठ्ठीदानबाट स्थापना भएको अस्पताललाई हाल प्रदेश सरकारले स्वामित्वमा लिएपछि अब कोभिडसँगै न्यूनतम २५÷३० शय्याको जनरल(ओपीडी) सेवा सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

यो पनि – पछिल्लो २४ घण्टामा थप १,१४६ कोरोना संक्रमण पुष्टि, एक हजार ६६० जना कोरोना संक्रमणमुक्त

काठमाडौं,२५भदौ । नेपालमा पछिल्लो २४ घण्टामा देशभर १,१४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ८,५४९ पीसीआर र २,३६७ एन्टीजेन परीक्षणमा १,१४६ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो संगै हालसम्म नेपालमा पिसीआरबाट कोरोना संक्रमण पुष्टि भएकाको संख्या ७ लाख ७५ हजार ५४८ पुगेको छ । भने एन्टीजेन पोजिटिभ भएका ८६ हजार ४०४ पुगेको छ ।

त्यसैगरी, पछिल्लो २४ घण्टामा एक हजार ६६० जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै निको हुनेको संख्या ७ लाख ३६ हजार ६६६ पुगेको छ । त्यसै गरी पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप २१ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार ९२४  पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

 

यो पनि – भारतमा दैनिक सङ्क्रमितको सङ्ख्यामा फेरि कमी, केरलामा मात्रै थप ११४ को मृत्यु

भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्यामा फेरि कमी भएको देखिएको छ । भारतमा केही हप्तादेखि दैनिक सङ्क्रमितको सङ्ख्यामा वृद्धि हुदै आए पनि पछिल्ला केही दिनमा घटबढ हुने गरेको पाइएको छ । सरकारी अधिकारीहरुले शुक्रबार बिहान दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा थप ३३ हजार ९७३ जना नयाँ सङ्क्रमित भएका छन् । जबकी अघिल्लो दिन दैनिक सङ्क्रमितको सङ्ख्या झण्डै १० हजारले बढी थियो । पछिल्लो एक दिनमा भारतमा कोरोना भाइरसका कारण थप २६० जनाको मृत्यु भएको थियो । मृतकको सङ्ख्या पनि अहिले घटेको देखिएको छ । अघिल्लो दिन ३३८ जनाको मृत्यु भएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जानकारी दिएको थियो ।

एक दिनमा कूल मृत्यु भएकामध्ये ११४ जना केरला राज्यकै रहेको अधिकारीले बताएका छन् । त्यसैगरी केरलामा मात्रै एक दिनमा २६ हजार २०० नयाँ सङ्क्रमित थपिएका छन् । केरलामा अघिल्लो दिन ३० हजार १९६ जना सङ्क्रमित भएका थिए । भारतमा सक्रिय सङ्क्रमितको अवस्थामा भने कमी आएको देखिएको छ । केही दिन आगाडि चार लाखभन्दा बढी रहेको सक्रिय सङ्क्रमितको सङ्ख्या अहिले घटेको छ ।

मन्त्रालयका अनुसार शुक्रबार भारतमा तीन लाख ९० हजार ६४६ जना कोरोना भाइरसबाट सङ्क्रमित अवस्थामै रहेको तथ्याङ्क छ । अघिल्लो दिन सक्रिय सङ्क्रमितको सङ्ख्या योभन्दा झण्डै तीन हजार बढी थियो । दैनिक नयाँ सङ्क्रमितको सङ्ख्या भन्दा सङ्क्रमणमुक्त भएकाको सङ्ख्या धेरै भएकाले पनि सक्रिय सङ्क्रमितको सङ्ख्या कम हुदै आएको हो । पछिल्लो एक दिनमा भारतमा ३७ हजार ६८१ जना सङ्क्रमणमुक्त भएका छन् । अघिल्लो दिन त्योभन्दा बढी अर्थात ४० हजार ५६७ जना कोरोनभाइरसबाट सङ्क्रमणमुक्त भएका थिए ।

यो पनि – बेलायतमा २४ घन्टामा ३८ हजारभन्दा बढीमा कोरोना सङ्क्रमण

बेलायतमा एकैदिन कोरोना भाइरसका ३८ हजारभन्दा बढी सङ्क्रमित फेला परेका समाचारमा जनाइएको छ । पछिल्ला केही दिनयता यहाँ भाइरसका सङ्क्रमित थपिने क्रम बढ्दै गएको पाइएको छ । यसै क्रममा यहाँ शुक्रबार ३८ हजार भन्दा पनि बढी सङ्क्रमित पाइएको बताइएको हो । यहाँ गएको २४ घण्टामा ३८ हजार १३ जना कोरोना भाइरसका नयाँ सङक्रमित थपिएका छन् । यो समेत गरी बेलायतमा सङ्क्रमित हुनेको सङ्ख्या ७१ लाख ३२ हजार ६२ जना पुगेको जानकारी दिइएको छ । त्यसैगरी यहाँ गएको २४ घण्टामा यहाँ १६७ जनाको कोरोनाकै कारण निधन भएको पनि बताइएको छ । यहाँ लामो समयपछि एकै दिन यतिधेरै मानिसको निधन भएको हो ।

पछिल्ला केही हप्तामा यहाँ सङ्क्रमित थपिने र मृत्यु हुनेको सङ्ख्या पनि बढेको बताइएको छ । तर धेरै पछि यहाँ एकै दिन १६७ जनाको मृत्यु भएको यहाँका स्वास्थ्य अधिकारीले जनाएका छन् । यहाँ यो भाइरसबाट एक लाख ३३ हजार ८८१ जनाको मृत्यु भइसकेको छ । यहाँ पछिल्लो समयमा लकडाउन खुला गरिएको र त्यसपछि पनि भाइरसको सङ्क्रमण बढ्दै गएको पाइएको छ । त्यसैले सरकारले यहाँ सतर्कता अपनाउन सार्वजनिक सूचना जारी गरिरहेको छ ।

यो पनि – कोरोना भाइरस ः सक्रिय सङ्क्रमित ३० प्रतिशतले घटे

भदौको पहिलो हप्ताको तुलनामा पछिल्ला दिनमा कोरोना भाइरसको सङ्क्रमण घट्दो र निको हुने दर बढ्दै गएको पाइएको छ । तथ्याङ्कअनुसार भदौको ३ गतेको तुलनामा बिहीबार सक्रिय सङ्क्रमितको सङ्ख्यामा करिब ३० प्रतिशतले कमी आएको पाइएको छ । भदौको पहिलो हप्ताको तुलनामा सक्रिय सङ्क्रमित उल्लेखनीय रुपमा घट्दै गएको देखिएको छ । भदौ ३ गते सक्रिय सङ्क्रमित ४० हजार ५०० जना थिए भने त्यो सङ्ख्या घटेर बिहीबार २८ हजार ६७८ जनामा आएको छ । यसरी हेर्दा सक्रिया सङ्क्रमितको सङ्ख्यामा करिब ३० प्रतिशतले कमी आएको छ ।

यसैगरी भदौ ३ गते १६ हजार ४३८ जनाको पिसिआर परीक्षण गरेकामा तीन हजार ७५ जनामा सङ्क्रमण पाइएको थियो । त्यसदिन कोरोना भाइरस सङ्क्रमण निको हुने व्यक्तिको सङ्ख्या दुई हजार १२६ जना मात्र थिए ।  यो सङ्ख्यामा बिहीबार गिरावट आएको छ । बिहीबारको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्क हेर्दा ११ हजार ९४४ जनाको पिसिआर परीक्षणमा एक हजार २७१ जनामात्र सङ्क्रमित पाइएका छन् ।

यता पाँच सयभन्दा बढी सङ्क्रमित भएका जिल्ला घटेर १६ मा पुगेको छ भने बिहीबार एक हजार ८४५ जना सङ्क्रमणमुक्त भएका छन् । बिहीबारसम्म सात लाख ३५ हजार ६ जना सङ्क्रमणमुक्त भएका छन् भने नेपालमा सङ्क्रमणमुक्त हुने दर ९४.९ प्रतिशत पुगेको छ । पछिल्लो समय मुलुकभरि नै सङ्क्रमण घटेको पाइएको चिकित्सकले जनाएका छन् ।

नेपाल सरकारले जोमिखममा रहेका व्यक्तिलाई खोप लगाउने कामलाई प्राथमिकतामा राखेको छ । यसबाट नागरिकमा रोग प्रतिरोधात्मक क्षमता बढ्न गई सङ्क्रमण घटेको चिकित्सकको भनाइ छ । प्रधानमन्त्री शेरबहादुर देउवाले नागरिकलाई कोरोना भाइरसविरुद्धको खोप दिने काम सरकारको पहिलो प्राथमिकता रहेको भन्दै यसका लागि आवश्यक प्रक्रिया अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

त्यसैले धेरै नागरिकले खोप पाएका र जोखिममा रहेका सङ्क्रमित पनि निको भएपछि उनीहरुमा पनि एन्टिबडीसमेत बनिसकेकाले सङ्क्रमण हुने व्यक्तिको सङ्ख्या घट्दै गएको र निको हुने सङ्ख्या बढेको पाइएको हो । नेपालमा बिहीबारसम्म ९२ हजार १६९ जनाले कोभिड–१९ विरुद्धको खोप लगाएका छन् । अहिलेसम्म ५७ लाख २९ हजार ७८९ जनाले पहिलो मात्रा र ५१ लाख दुई हजार २४४ जनाले पूर्णमात्राको खोप लगाइसकेका मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा कृष्णप्रसाद पौडेलले पछिल्लो हप्ता सङ्क्रमण दरमा कमी आएको जानकारी दिनुभयो । उहाँका अनुसार परीक्षण गराएकामध्ये सङ्क्रमण हुने दरमा कमी आएको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका अनुसार त्यहाँ पहिलेभन्दा सङ्क्रमित भएर उपचार गराउन आउने बिरामीको सङ्ख्यामा कमी आएको छ । सो अस्पतालमा सघन उपचार कक्ष एवं अक्सिजन चाहिने बिरामी भर्ना हुन कमै मात्र आएका छन् । धेरैले कोरोना भाइरसविरुद्धको खोप लगाइसकेको र रोग प्रतिरोधात्मक क्षमता पनि बढेकाले सङ्क्रमण घटेको चिकित्सकहरुको भनाइ छ ।

यस्तै बलम्बुस्थित सशस्त्र प्रहरी बल अस्पतालमा पनि पहिलेको तुलनामा सङ्क्रमित भएर आउने बिरामीको सङ्ख्यामा कमी आएको छ । एक महिनाअघि दैनिक २० जना बिरामी आउने गरेकामा अहिले दैनिक पाँच÷छ जना मात्र बिरामी यहाँ आउने गरेका छन् । नेपालमा हालै गरिएको एक सर्वेक्षणमा ६८.६ प्रतिशत मानिसमा रोग प्रतिरोधात्मक क्षमता (एन्टिबडी) बनेको पाइएको थियो । यस्तै एक मात्रा खोप लगाएका व्यक्तिमा ८० प्रतिशतमा र पूर्णमात्रा खोप लगाएकामा ९० प्रतिशतमा एन्टिबडी बनेको मन्त्रालयले जनाएको छ । नेपालमा ५० वर्षभन्दा माथिका प्राय सबैले खोप लगाइसकेका छन् ।

सरकारको तथ्याङ्कअनुसार नेपालमा दैनिक एक लाख जनाले खोप लगाइरहेका छन् । नेपालले कोभ्याक्स सुविधा, अनुदान र खरिद गरेर अहिलेसम्म एक करोड ३३ लाख खोप ल्याइसकेको छ । कोरोना भाइरसको सङ्क्रमण रोक्ने उपायहरुमध्ये भरपर्दाे उपाय खोप देखिएकाले नेपाल सरकारले यसमा प्राथमिकता दिएर खोप भित्र्याएको छ । जनस्वास्थ्यका मापदण्ड लागू गरेकाले हाल सङ्क्रमण कम भएको तर सभा, सम्मेलन जस्ता गतिविधिले फेरि सङ्क्रमण बढ्नसक्ने खतरा रहेको भन्दै यसका लागि सबैले ध्यान दिनुपर्ने चिकित्सकहरुको सुझाव छ ।

जनस्वास्थ्यविद्हरुले अहिले सङ्क्रमण दर स्थिर अवस्थामा रहेको र प्रायः सबैले खोप लगाइसको र जनस्वास्थ्यका मापदण्ड लागू गरेको हुनाले सङ्क्रमण नबढेको पाइएकोले यो अवस्थालाई निरन्तरता दिनुपर्ने सुझाव दिन्छन् ।सरकारले असोजसम्म कूल जनसङ्ख्याको ३३ प्रतिशत र चैतसम्म सबै नेपालीलाई खोप लगाइसक्ने जनाएको छ । स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले हालै दिनुभएको जानकारीअनुसार सरकारले १८ वर्षमुनिका बालबालिकाका लागि ४० लाख मात्रा मोडर्ना र ६० लाख मात्रा फाइजर खोप ल्याउने अन्तिम तयारी गरेको छ ।