रहेनन् कांग्रेस नेता महतो

रहेनन् कांग्रेस नेता महतो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेपाली कांगे्रस कैलाली जिल्लाका नेता मानबहादुर महतोको ७४ वर्षका उमेरमा निधन भएको छ । कैलालीको लम्कीचुहा नगरपालिका–९ वनवर्सा गाउँ निवासी महासमिति सदस्य उहाँको कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा आज बिहान निधन भएको हो । रक्तचापका कारण अचानक छाती दुखेपछि उहाँलाई उपचारका लागि सो मेडिकल कलेज पु¥याइएको थियो ।

पञ्चायतकालदेखि नै कांग्रेसको राजनीतिमा लाग्नुभएका उहाँ कैलाली कांग्रेसका लोकप्रिय र निष्ठावान नेता हुनुहुन्थ्यो । कांग्रेसका नेतृत्वमा नेपालमा प्रजातन्त्र स्थापना र पुनःस्थापनाका लागि भएका आन्दोलनमा तत्कालीन संविधानसभाका सदस्य उहाँको महत्वपूर्ण योगदान रहेको कांग्रेसका नेता रामजनम चौधरीले बताउनुभयो ।उहाँका श्रीमती तीन छोरा र तीन छोरी हुनुहुन्छ । स्व महतोको स्थानीय पथरैया नदी किनारको सोनपुरघाटमा आजै अन्तिम संस्कार गर्न लागिएको कांग्रेसका क्षेत्रीय सभापति भक्त थापाले जानकारीदिनुभयो ।

यो पनि – पोखरा वृद्धाश्रमलाई अक्सिजन हस्तान्तरण

रोटरी क्लब अफ पोखराले सीतापाइलास्थित पोखरा वृद्धाश्रमलाई अक्सिजन मेसिन उपलब्ध गराएको छ । अमेरिकामा निर्मित सो मेसिनले प्रतिघण्टा १० लिटर अक्सिजन उत्पादन गर्न सक्ने जनाइएको छ । क्लबका अध्यक्ष निर्मल कर्माचार्यले आश्रमका अध्यक्ष कुसुमकेशव पराजुलीलाई सो उपकरण हस्तान्तरण गर्नुभयो । कार्यक्रममा अध्यक्ष कर्माचार्यले शिक्षा र स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउँदै आएको रोटरीले यसअघि पोखरा–१७ नगर स्वास्थ्यचौकी, डेभिजफल युवा क्लब, भलाम, निर्मलापोखरी, भरतपोखरीलगायत मुस्ताङमा समेत आवश्यकताअनुसार अक्सिजन सिलिन्डरसमेत वितरण गरेको जानकारी दिनुभयो ।

उहाँका अनुसार क्लबको रु आठलाख सहयोगमा मुटुरोग उपचारका लागि पश्चिमाञ्चाल क्षेत्रीय अस्पताल पोखरामा ‘क्याथ ल्याब’ स्थापना गरी सञ्चालनको तयारी गरिएको छ । यसैगरी महिलाका सहभागितामा रु १० लाख मास्क उत्पादन गरी कास्कीका विद्यालयलाई निःशुल्क वितरण गर्ने लक्ष्य रहेको बताइएको छ । क्लबले स्तन क्यान्सरका बिरामीका उपचारमा समेत सहयोग गर्ने अभियान सञ्चालन गरेको उहाँको भनाइ छ ।

वृद्धाश्रमका अध्यक्ष पराजुलीले आश्रममा ५५ आश्रित रहेका जानकारी दिँदै उनीहरुलाई कोभिडविरुद्धको खोप लगाएको बताउनुभयो । कार्यक्रममा नेपाली कांग्रेस पोखरा–१७ एकाइ सभापति देवराज आचार्य, पुण्डरी बराल, माधव बराल, सञ्चारकर्मी हरि बाँस्तोला, समाजसेवी श्यामप्रसाद शर्मालगायतले समाज सेवामा सामूहिक सहकार्य आवश्यक रहेको बताउनुभयो