‘जीवन पद्धतिलाई विद्युत्सँग जोड्नुपर्छ’

‘जीवन पद्धतिलाई विद्युत्सँग जोड्नुपर्छ’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मानिसले आफ्नो जीवन पद्धति विद्युतीकरणमा जोड्दै लैजानुपर्ने आवश्यकता औँल्याइएको छ । प्रकृति रिसोस्सेस सेन्टरद्वारा आज पोखरामा आयोजना गरेको कार्यक्रममा वक्ताले जलवायु परिवर्तनको असर कम गर्न यातायात तथा खाना पकाउनेजस्ता मानवीय गतिविधि विद्युत्सँग जोड्नुपर्ने बताएका हुन् । विद्युत् उत्पादनसँग यसको मानव जीवनका हरेक पक्षमा उपयोग हुने गरी खपतको वातावरण तयार गर्नुपर्ने बताउँदै उनीहरूले नवीकरणीय ऊर्जाको माध्यमबाट विद्युतीकरणलाई थप सहज र सरल बनाउन सकिने बताएका हुन् । हरितगृह ग्यास उत्सर्जन घटाउन र जलवायु परिवर्तन अनुकूलनका लागि विद्युतीय उपकरणको प्रयोग अपरिहार्य रहेको उल्लेख गर्दै उनीहरूले ठूला विद्युत् योजनासँगै हावा, सौर्यलगायत वायोग्यासजस्ता नवीकरणीय ऊर्जामा जोड दिनुपर्ने धारणा राखे ।

प्रकृति रिसोस्सेस सेन्टरद्वारा आइतबार पोखरामा आयोजित नविकरणी ऊर्जा प्रवद्र्धन बिषयक अन्तर्किया कार्यक्रममा मन्तव्य व्यक्त गर्दै गण्डकी प्रदेशका ऊर्जा, जलश्रोत तथा खानेपानीमन्त्री हरिशरण आचार्य । तस्वीर ः हरि बास्तोला, रासस

गण्डकी प्रदेशका ऊर्जा, जलस्रोत तथा खानेपानीमन्त्री हरिहरण आचार्यले नवीकरणीय ऊर्जाका दृष्टिले अग्रहणी स्थानमा रहेको गण्डकी प्रदेशमा सरकारले गण्डकी प्रदेश उज्यालो प्रदेश अभियानलाई सञ्चालन गरी रहेको बताउनुभयो । प्रदेशका हरेक सर्वसाधारणको पहुँचमा विद्युतीकरण पुग्ने गरी व्यवस्था गर्न लागिएको बताउँदै उहाँले नवीकरणीय ऊर्जाको सम्भावनालाई उजागर गर्न सरकार निजी क्षेत्रसँग सहकार्य गर्दै अघि बढ्ने उल्लेख गर्नुभयो । सहरीकरण एवम् बस्ती विकाससँगै चुनौतीका रूपमा थुप्रिएको फोहरलाई उपयोग गरी ऊर्जा निकाल्न सकिने भए पनि त्यसतर्पm ध्यान पु¥याउन नसकिएको उहाँले बताउनुभयो । मन्त्री आचार्यले फोहरलाई नवीकरणीय ऊर्जाका माध्यमबाट मोहोर बनाउनेतर्फ सरोकारवालाको ध्यान जानु आवश्यक रहेको बताउनुभयो ।

प्रदेशसभा सदस्य सरिता गुरुङले परम्परागत दाउराको प्रयोगबाट खाना पकाउने प्रचलनले गृहिणीको स्वास्थ्यमा असर परेको अवस्थालाई दृष्टिगत गर्दै विद्युतीय सामग्रीको प्रयोगलाई जोड दिनुपर्ने बताउनुभयो । प्रदेश नीति तथा योजना आयोगका सदस्य डा सुभास अधिकारीले विश्वव्यापी रूपमा पैmलिएको कोभिडभन्दा पनि जलवायु परिवर्तन खतरा भएको बताउँदै यसको न्यूनीकरणका लागि विश्व नै जिम्मेवार भएर लाग्नुपर्नेमा जोड दिनुभयो ।

नेपाल सरकार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका नायब कार्यकारी निर्देशक नवराज ढकालले नवीकरणीय ऊर्जा उत्पादन र खपतमा प्रदेश सरकारलाई सहयोग गर्ने लक्ष्यका साथ कार्यक्रमको आयोजित गरिएको जानकारी दिनुभयो । गण्डकी प्रदेश ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयका सचिव रामकुमार श्रेष्ठ, उज्यालो गण्डकी प्रदेश महाशाखा प्रमुख हरिदत्त पौडेल, वायु प्रदूषण र यातायात विज्ञ प्रशान्त खनाल, शोभा महर्जन, गण्डकी प्रदेश नवीकरणीय ऊर्जाका कुसल गुरुङ, जीवन अर्याललगायतले नवीकरणीय ऊर्जाको प्रचुर सम्भावना बोकेको गण्डकी प्रदेशले विद्युतीय सामग्रीको प्रयोगमा जोड दिनुपर्ने आवश्यकता औँल्याउनुभयो ।