कर्णालीमा ३४ प्रतिशत नागरिक निरक्षर

कर्णालीमा ३४ प्रतिशत नागरिक निरक्षर

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कर्णाली प्रदेशमा ३४ प्रतिशत नागरिक निरक्षर रहेको एक तथ्याङ्कले जनाएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार ६६ प्रतिशत साक्षर रहेको कर्णालीमा ३४ प्रतिशत नागरिक साधारण लेखपढ गर्न जान्दैनन् ।  मन्त्रालयका उपसचिव विष्णुप्रसाद अधिकारीले प्रदेशका १० जिल्लाका ७९ मध्ये ३६ स्थानीय तह साक्षर घोषणा हुन बाँकी रहेको जानकारी दिनुभयो । प्रदेश योजना आयोगले आव २०८०÷८१ सम्म कर्णालीको साक्षरता ९५ प्रतिशत पु¥याउने लक्ष्य लिएको छ ।

कर्णाली सरकारले प्रदेशलाई साक्षर बनाउन आव २०७५÷७६ देखि विभिन्न कार्यक्रम सञ्चालन गरेको थियो । तीन वर्षभित्र कर्णालीलाई साक्षर प्रदेश घोषणा गर्ने भन्दै तीन वर्षअघि प्रदेश सरकारले रु दुई करोड बजेट विनियोजन गरेको थियो । मन्त्रालयका उपसचिव अधिकारीले गत वर्ष निरन्तर सिकाइसम्बन्धी गतिविधिका लागि हरेक स्थानीय तहमा रु दुई लाख उपलब्ध गराएको र उक्त बजेट कोरोना महामारीका कारण खर्च हुन नसकेको बताउनुभयो ।

यो पनि – राष्ट्रिय विज्ञान दिवस मनाइँदै

काठमाडौँ, २८ भदौ (रासस) : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यही असोज १ गते राष्ट्रिय विज्ञान दिवस मनाउने तयारी गरेको छ । विज्ञान तथा प्रविधिका क्षेत्रमा अहिलेसम्म भए गरेका प्रगतिबारे जनचेतना फैलाउनका साथै देशभित्र विज्ञान, प्रविधि र नवप्रवर्तन भित्र्याउन विज्ञान कूटनीतिमार्फत पहल गर्ने उद्देश्यले कार्यक्रम गर्न लागिएको हो ।

यहाँ आज आयोजित पत्रकार सम्मेलनमा विज्ञान तथा प्रविधिसचिव डा सुरेश आचार्यले विज्ञान तथा प्रविधिका विभिन्न खोज अनुसन्धानकाका साथै आविस्कारबारे जानकारी गराउन दिवस मनाउन लागिएको बताउनुभयो । सचिव आचार्यका अनुसार दिवसका अवसरमा वैज्ञानिक खोजमा संलग्न नवप्रतिभालाई प्रोत्साहनका साथै यस क्षेत्रमा योगदान गरेकालाई सम्मान तथा पुरस्कार वितरण गरिने छ । युवा जनशक्तिलाई स्वदेशमा रहेर रोजगारीको वातावरण सिर्जना गरी प्रतिभा पलायनको प्रवृत्तिलाई न्यूनीकरण गर्न दिवस उपयोगी हुनेछ ।

‘विज्ञान र प्रविधिको उन्नत विकास : प्रकोप र महामारीबाट सहज निकास’ भन्ने मूल नाराका साथ मनाइने दिवसमा विज्ञान पत्रकारिता, एरोनोटिकल प्रविधि, अन्तरिक्ष प्रविधि, विपद् न्यूनीकरणसम्बन्धी प्रविधि र जैविक प्रविधिविधामा पुरस्कार घोषणा गरिने छ । विसं २०७० असोज १ देखि राष्ट्रिय विज्ञान दिवस मनाइँदै आएको छ ।

यो पनि – भक्तपुर अस्पताल र साझाको विवाद चर्कियो

– रमेश गिरी भक्तपुर, २८ भदौ (रासस) : भक्तपुर अस्पतालको गेटैमा पूर्वतर्फ आकस्मिक कक्ष, पश्चिमतर्फ साझा औषधि बिक्री कक्ष र अलिक पर कोरोना सङ्क्रमित बिरामीको सघन उपचार कक्ष छ । एउटा साँघुरो सानो टहरामा भक्तपुर अस्पतालको औषधि बिक्री कक्ष छ ।

पुराना भवन धमाधम मर्मत र रेक्टोफिटिङ भइरहेको अवस्थामा अस्पतालमा बिरामीको बढ्दो चाप र भवनको निकै अभाव छ । सङ्कट झेलिरहेको सो अस्पतालमा वर्षौदेखि कब्जा जमाएर बसेको साझा औषधि लिमिटेडले अस्पताल परिषर छाड्न गरेको पटक–पटकको निर्देशनलाई अटेर गरेको छ । आफ्नै औषधि बिक्री कक्ष राख्न सहज ठाउँ नपाएको अस्पताललाई साझाले भने वर्षौदेखि भाडासमेत तिरेको छैन । साझालाई अस्पताल प्रशासनले हटेर जान भन्दा राजनीतिक दबाबदेखि सरुवासमेतको धम्की दिने गरेको अस्पताल प्रशासनको गुनासो छ ।

विगतका मेडिकल सुपरिटेण्डेन्टले गरेको कमजोरीका कारण यतिखेर अस्पतालले निकै दुःख पाउनु परेको गुनासो अस्पताल प्रशासनको छ । वर्षौदेखि बस्दै आएको साझाले अस्पताललाई धेरै वर्षदेखि भाडा तिरेको रेकर्ड नभएको प्रशासनको भनाइ छ । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष मिलन सुवाल अस्पतालले आफ्नो फार्मेसी राख्ने ठाउँ नपाएर सानो जस्ताको टहरामा राख्नु परेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “वर्षौदेखि साझाले अस्पताल परिसरमा औषधि बिक्री कक्ष राख्दै आएको छ, छोड भन्दा छोड्दैन, ऊ व्यापार गर्छ, हामी बीमाको निःशुल्क औषधि दिन्छौ, ठाउँ चाहियो भन्दा टेर्दैन ।”

अस्पतालको औषधि बिक्री कक्षमा बीमाका बिरामीको लामो लाइन हने गरेको उहाँले जानकारी दिनुभयो । दैनिक २०० देखि २५० बीमाकै बिरामी आउने गरेका बताइएको छ । “साँघुरो भएकाले लाइन बस्ने ठाउँ पनि पाउदैनन्, बीमा बाहेकका कतिपय बिरामी बाहिर महँगोमा औषधि खरिद गर्न बाध्य छन्, साझाले छाडे त्यहीँ ठाउँमा अस्पतालले औषधि बिक्री कक्ष राख्न सक्थ्यो, तर छाड्दैन, उल्टै छाड्दैनांै के गर्छौ भनेर धम्क्याउँछन्”, अस्पताल प्रशासनको गुनासो छ ।

अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा सुमित्रा गौतमले साझाले अस्पतालको ठाउँ नछाड्दा निकै समस्या परेको बताउनुभयो । उहाँ भन्नुहुन्छ, “चार वर्ष अगाडि एक वर्षका लागि सम्झौता गरिएको रहेछ, म अस्पतालमा आउनु अघिदेखि नै सम्झौता नगरी नियमविपरीत बस्दै आएको छ, अस्पतालले औषधिमा १० प्रतिशत छुट दिइरहेको छ, प्रमुख जिल्ला अधिकारीसँग बसेर भएको छलफलमा साझालाई अस्पताल छाड्न निर्देशन दिइएको पनि हो, तर अटेर गरेको छ, अस्पताललाई निकै समस्या परिसक्यो ।”

साझाका प्रबन्ध सञ्चालक भरत कोइरालाले अस्पतालको अनुमगन गरेर यहाँको समस्या देखेर र बुझेर जाँदा पनि साझाले कुनै हालतमा अस्पतालभित्रको ठाउँ नछाड्ने अडान राखेको बताउनुभयो । केहीवर्ष अगाडिसम्म स्लिपको भरमा साझाबाट औषधि लैजाने गरेको पाइएको छ ।

अस्पतालको रकेर्डमा विसं २०७४ देखिनै साझाले भाडा नदिएको प्रशासनको भनाइ छ । अस्पतालका मेसु डा गौतमले भन्नुभयो, “म आउँदा यहाँ धेरै बेतिथि थिए, अस्पताल व्यवस्थापन समिति र प्रशासन मिलेर त्यस्ता बेतिथिलाई हटाउँदै लगेका छौँ, साझाले गर्दा हामीलाई समस्या भयो, ठाउँ छोडिदेउ भन्दा पनि छोड्दैन, यो कस्तो जबरर्जस्ती हो ?, पहिलादेखि नै अस्पताललाई चारैतिरबाट पेल्दै आउने प्रवृत्तिले दुःख पाउँदै आएको रहेछ ।”

अस्पतालको लेखा शाखाका अनुसार साझाले रु २९ लाख भाडा तिर्न बाँकी छ । उल्टै साझाले रु २४ लाखको बिल पठाएको बताइएको छ । साझाले अस्पतालका कर्मचारी र अस्पतालले लगेको औषधि भनेर बिल पठाएको छ । अस्पतालले भनेको छ, “कहिले कुन औषधि मागेको हो, कस कसले कुन औषधि कहिले लगेको हो, त्यसको कुनै बिल र प्रमाण छैन, अनावश्यक बिल बनाएर आएको बिलको कसरी भुक्तानी गर्नु ?, साझाले आर्थिक क्षेत्रमा समेत अस्पताललाई समस्या पारेको छ ।”

हरेक आर्थिक वर्षको अन्त्यमा त्यस्ता हिसाब फस्र्यौट गर्नुपर्ने नियम भए पनि साझाले वर्षौ अगाडिदेखिको बिल भनेर रु २४ लाखको बिल ल्याएको र बाँकी रकमको जबरर्जस्ती चेक छाडेर गएको गुनासो लेखा शाखाको छ । साझाले अस्पतालका चिकित्सकलाई औषधि सिफारिसका लागि प्रलोभन र दबाब दिने गरेको तथा केही कर्मचारीलाई प्रलोभन दिने गरेको अस्पतालका कर्मचारीकै भनाइ छ ।

एउटै कम्पाउण्डमा फरक–फरक औषधि पसल हुँदा बिरामी ठगिने र अलमलमा पर्ने गरेको बिरामीका आफन्त बताउँछन् । साझाका प्रबन्ध सञ्चालक कोइराला भने अस्पतालले भाडा लिनै नमानेको जिकिर गर्नुहुन्छ । उहाँले भन्नुभयो, “हामीले भाडा दिन खोजेका छौँ, अस्पतालले लिन मानेको छैन, साझा पनि सरकारी स्वामित्वमै रहेको संस्था हो, अस्पतालको औषधि बिक्री कक्षले मात्रै धान्दैन, त्यसैले साझा चाहिएको हो, कतिपय शल्यक्रियाका औषधि साझाले मात्रै बिक्री गर्न पाउँछ, त्यस्ता औषधिका लागि पनि साझा चाहिन्छ ।”