पछिल्लो २४ घण्टामा थप १४८६ जनामा कोरोना संक्रमित,१६ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा थप १४८६ जनामा कोरोना संक्रमित,१६ जनाको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं,२८ भदौ । नेपालमा पछिल्लो २४ घण्टामा देशभर १४८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १२,५३२  पीसीआर र ४००७ एन्टीजेन परीक्षणमा १२८६ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो संगै हालसम्म नेपालमा पिसीआरबाट कोरोना संक्रमण पुष्टि भएकाको संख्या ७ लाख ७८ हजार ३१२ पुगेको छ । भने एन्टीजेन पोजिटिभ भएका ८७ हजार ३७ पुगेको छ ।

त्यसैगरी, पछिल्लो २४ घण्टामा एक हजार २६० जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै निको हुनेको संख्या ७ लाख ४० हजार ७१७ पुगेको छ । त्यसै गरी पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १६ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार ९६५  पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

 

 

 

यो पनि – भारतमा दैनिक सङ्क्रमितको सङ्ख्या फेरि घट्यो

२८ भदौ (रासस÷एएनआई) ः भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्यामा फेरि कमी आएको छ । पछिल्ला केही दिनदेखि दैनिक सङ्क्रमितहरुको सङ्ख्यामा लगातार कमी हुदै आएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । केन्द्रीय स्वास्थ्य मन्त्रालयले सोमबार बिहान सार्वजनिक गरेको विवरणअनुसार भारतमा पछिल्लो २४ घण्टामा २७ हजार २५४ जना नयाँ सङ्क्रमित थपिएका छन् ।

अघिल्लो दिन सार्वजनिक गरिएको विवरणमा भने २८ हजार ५९१ जना नयाँ सङ्क्रमितहरु थपिएको उल्लेख गरिएको थियो । त्योभन्दा अघिल्लो दिन शनिबार बिहान भारतमा कोरोनाभाइरसबाट एक दिनमा थप ३३ हजार ३७६ जना सङ्क्रमित थपिएको तथ्याङ्क सार्वजनिक गरिएको थियो । त्यसदिन नयाँ थपिएका सङ्क्रमित मध्ये २५ हजार १० जना केरलाका मात्रै रहेका थिए ।

भारतमा सोमबार बिहानसम्ममा कुल सङ्क्रमितहरुको सङ्ख्या तीन करोड ३२ लाख ६४ हजार १७५ पुगेको मन्त्रालयले जनाएको छ ।नयाँ सङ्क्रमित मध्ये केरलामा धेरै रहेका छन् । पछिल्लो २४ घण्टामा केरलामा मात्रै २० हजार २४० जना नयाँ सङ्क्रमित थपिएका हुन । भारतमा सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्यामा पनि धेरै कमी आएको छ । भारतमा अहिले तीन लाख ७४ हजार २६९ जना सङ्क्रमित अवस्थामै रहेको मन्त्रालयले जनाएको छ । यो सङ्ख्या ८० दिनपछिकै सवैभन्दा कम भएको पनि अधिकारीहरुले बताएका छन् ।

दैनिक नयाँ सङ्क्रमितहरुको सङ्ख्याभन्दा सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या बढी भएकाले सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्यामा कमी आएको हो । पछिल्लो २४ घण्टामा २७ हजारभन्दा बढी नयाँ सङ्क्रमित थपिँदा ३७ हजारभन्दा बढी सङ्क्रमितहरु घटेका छन् । सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या र नयाँ थपिने सङ्क्रमितको सङ्ख्या १० हजारभन्दा बढी फरक परेको छ ।

भारतमा अहिलेसम्म कुल तीन करोड २४ लाख ४७ हजार ३२ जना सङ्क्रमणमुक्त भएका छन् भने चार लाख ४२ हजार ८७४ जनाको मृत्यु भएको छ । ती मध्ये पछिल्लो २४ घण्टामा २१९ जनाको मृत्यु भएको हो । भारतमा कोरोनाभाइरसका कारण दैनिक मृत्यु भएकाहरुको सङ्ख्यामा पनि कमी आएको छ । अघिल्लो दिन ३३८ जनाको मृत्यु भएको थियो ।
(((