संवैधानिक परिषद्सम्बन्धी विवादको सुनुवाइ गर्न माग गर्दै पुरक निवेदन

संवैधानिक परिषद्सम्बन्धी विवादको सुनुवाइ गर्न माग गर्दै पुरक निवेदन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २८ भदौँ (रासस) : सर्वोच्च अदालतको संवैधानिक इजलासमा विचाराधीन संवैधानिक परिषद्मा गरिएको नियुक्ति बदर गर्न माग गरिएकोे मुद्दामा न्यायिक काम कारबाही तत्काल पुनः सञ्चालन गर्न पूरक निवेदन परेको छ । अधिवक्ता ओमप्रकाश अर्यालले संवैधानिक नियुक्ति खारेज गर्न माग गर्दै दायर गरिएको रिट निवेदनमाथि अवरुद्ध सुनुवाइ तत्काल पुनः सञ्चालन गर्न माग गर्दै आज पूरक निवेदन दर्ता गर्नुभएको हो ।

“संवैधानिक इजलासको सुनुवाइ अवरुद्ध हुने काम कारबाही निश्कृय पार्न, रोकथाम गर्न, पुनरावृत्ति हुन नदिने र बिना अवरोध सुनुवाइ हुन नदिन न्यायिक टिप्पणीसहित उत्प्रेषण, परमादेशलगायत अन्य उपयुक्त आदेश जारी गरी पाउँ”, पुरक निवेदनमा भनिएको छ ।

पूरक निवेदनमा सर्वोच्च अदालत (संवैधानिक इजलास सञ्चालन) नियमावली, २०७२ को नियम १९(४) बमोजिम मूल मुद्दाको सुनुवाइ तत्काल पुनः सञ्चालन गर्नु भनि प्रारम्भिक सुनुवाइबाटै अन्तरिम आदेश जारी गरी अविलम्ब न्याय निरूपणमा लागि निरन्तर सुनुवाइमा राख्न माग गरिएको छ ।

यसअघि, न्यायाधीश हरि फुँयालको एकल इजलासले प्रधानन्यायाधीश संवैधानिक इजलासमा रहने वा नरहने भन्ने विवादको अन्तिम टुङ्गो नलागेसम्म सुनुवाइ रोक्न अन्तरिम आदेश जारी गरेको थियो । त्यसपछि, संवैधानिक परिषद्मा नियुक्तिसम्बन्धी विवादको सुनुवाइ तत्काका लागि रोकिएको छ ।

यो पनि – अब डा गोविन्द केसीले अनसन तोडे हुन्छ

काठमाडौँ, २८ भदौ (रासस) : अब डा गोविन्द केसीले अनसन तोडे हुन, टीयू, केयू, पीयू होइन डीयू (धामी युनिभर्सिटी) खोले हुन्छ, टिचिङ अस्पताल होइन, झारफुक अस्पताल खोले हुन्छ, स्वास्थ्य चौकी होइन, फुकफाक चौकी खोले हुन्छ ।

लेखक सञ्जय खड्का र लोग्शरी कुँवरद्वारा लिखित ‘शल्यक्रिया’ नामक पुस्तकको कविता शीर्षक ‘ए हजुर ! एसो गरे कसो होला’ बाट साभार गरिएको हो । परिवर्तनका लागि सहकार्य नेपालद्वारा आज यहाँ आयोजित कार्यक्रममा बोक्सीप्रथामा केन्द्रित रहेर गरिएको अनुसन्धानात्मक पुस्तक ‘शल्यक्रिया’को विमोचन गरिएको हो ।

कार्यक्रममा महिला तथा सामाजिक समितिका सभापति निरुदेवी पालले अहिले पनि बोक्सीको आरोपमा कुटपिट गर्नु, दिसापिसाब खुवाउनु, गाली बेइज्जती गर्नु दुःखद् विषय रहेको बताउनुभयो । समाजमा अहिले भइरहेका विभिन्न किसिमका महिला हिंसाका घटना कम गर्न सामहिक आवाज बनाएर अघि बढ्नुपर्नेमा उहाँको जोड थियो ।

कार्यक्रममा सामाजिक अभियानकर्मी राधा पौडेलले सबै जाति, वर्ग, लिङ्ग र राजनीतिक दलसमेतको सामूहिक आवाज बनाउन सके हाल समाजमा घटिरहेका कुरीतिका घटना कम गर्न सकिनेमा जोड दिनुभयो । अधिवक्ता शशी बस्नेतले मानसिक परिवर्तन नआएसम्म यस्ता किसिमको घटना घटिरहने र हाम्रो समाजमा हजारौँ निर्मला पन्त बलात्कृत र मृत्यु भइरहने धारणा राख्नुभयो ।

बोक्सीको आरोप लगाएपछि पर्ने मानसिक असरले पारिवारिक, सामाजिक, सांस्कृतिक, राजनीतिक र आर्थिकरूपमा पनि ठूलो समस्या आउने भन्दै त्यसबारे पनि अध्ययनको आवश्यकता रहेको चेन्ज एक्सन नेपालका अध्यक्ष इन्दिरा घलेले भनाइ राख्नुभयो ।

एक सय ६७ पाना रहेको उक्त पुस्तकमा नेपालमा बोक्सी प्रथा, विश्वमा बोक्सी हिंसाका घटना, मन्त्रशास्त्र, धर्मशास्त्र, धामी झाँक्रीको इतिहास, अन्धविश्वास र प्रथा साथै यस विषयमा गरिएको वैज्ञानिक विश्लेषण र बोक्सी आरोप, यातना कारण र असरका बारेमा उल्लेख गरिएको छ । लेखकद्वय खड्का र कुँवरले अझै पनि समाजमा पिछडिएका वर्ग नै हिंसामा पर्ने गरेको मुख्य विषयवस्तु आफ्नो पुस्तकको रहेको बताउनुभयो ।