गाडीमा छुटेका सुनका गहना यात्रुलाई बुझाइयो

गाडीमा छुटेका सुनका गहना यात्रुलाई बुझाइयो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कञ्चनपुर, २८ भदौ (रासस) : धनगढीदेखि महेन्द्रनगर आउने क्रममा से १ ज ८६३ नम्बरको यात्रुबाहक गाडीमा छुटेका सुनका गहना आज यात्रुलाई बुझाइएको छ । भीमदत्त नगरपालिका– १८ बागफाँटा बस्ने वर्ष २३ का तारा विकले गाडीमा यात्रा गर्ने क्रममा सुनका गहना छुटाउनुभएको थियो । छुटेका गहना गाडी चालकले फेला पारी जिल्ला प्रहरी कार्यालयमा बुझाएको थियो । प्रहरी कार्यालयमा बुझाएका गहना गाडी चालक दानबहादुर ऐरमार्फत विकलाई बुझाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेले बताउनुभयो ।

बुझाइएका सुनका गहनामा छडके तिलहरी एक थान, सुनका बाला दुई थान, चन्द्रमा एक थान र आँैठी दुई थान रहेका छन् । गहनासँगै रहेको नगद रकम रु एक हजार समेत विकलाई बुझाइएको छ ।

यो पनि – रोकिएन कुखुरा र माछाको तस्करी

राँझा, २८ भदौ (रासस): भारतबाट अवैध रुपमा कुखुरा र माछाको तस्करी हुँदा बाँकेका व्यवसायी मारमा परेका छन् । नेपाल–भारत सीमाको मुख्य नाका जमुनाह हुँदै भारतबाट खुलारुपमा कुखुरा, अण्डा र माछा तस्करी हुँदै आएको छ ।

नेपाली बजारका तुलनामा भारतमा कुखुरा, अण्डा र माछाको मूल्य कम भएकाले नाफा कमाउन तस्करी हुँदै आएको कुखुरा व्यवसायी सङ्घका जिल्ला अध्यक्ष लालबहादुर खत्रीले बताउनुभयो । व्यापारीले चोरीको बाटो प्रयोग गर्दै तस्करी गर्ने गरेका छन् । नेपालगञ्ज, खजुरा तथा कोहलपुरमा भारतबाट तस्करी गरी ल्याइएको कुखुरा र माछा बिक्रीवितरण भइरहेको छ ।

जानकी गाउँपालिका–१, साइगाउँ र खजुरा गाउँपालिका–१, राधापुर क्षेत्रबाट ठूलो परिमाणमा कुखुरा, चल्ला र माछा तस्करी हुनेगरेको पाइएको छ । यसरी तस्करी गरिएको कुुखुरा र माछालाई नेपाली उत्पादन भन्दै बिक्री भइरहेको खजुरा –२, सीतापुरका कुखुरा व्यवसायी लक्ष्मीबहादुर थापाले बताउनुभयो । ग्रामीण क्षेत्रका नाका प्रयोग गरी दैनिक रुपमा ठूलो मात्रामा भारतीय कुखुरा र माछा नेपाल ल्याउन नरोकिएपछि आफ्नो व्यवसाय धरापमा परेको उहाँको भनाइ छ । बाँके र बर्दियाका विभिन्न नाकाबाट नेपाली र भारतीय सुरक्षाकर्मीसँगको मिलेमतोमा तस्करी हुने गरेकाले नेपाली किसान समस्यामा परेका छन् ।

भारतमा बेलाबखत फैलिने बर्डफ्लुलगायत पक्षीजन्य रोग नेपाल भित्रिने जोखिम भएका कारण सरकारले भारतीय कुखुरा, अण्डा र चल्ला आयातमा प्रतिबन्ध लगाएको छ । नेपालगञ्जस्थित पशु क्वारेन्टाइन कार्यालयका सूचना अधिकारी इन्दु रेग्मीले भारतीय माछा मासु तथा पक्षीजन्य वस्तु आयात रोक्न आफूहरु क्रियाशील रहेको बताउनुभयो । सम्भावित चोरी निकासी हुने ग्रामीण क्षेत्रमा समेत पुगेर सुरक्षाकर्मीका सहयोगमा दैनिकजसो गस्ती गर्ने गरेको उहाँको जिकीर छ ।

पशु क्वारेन्टाइनले आर्थिक वर्ष २०७८÷७९ साउनदेखि हालसम्म अवैध रुपमा ल्याइएको २२२ किलो तयारी माछा, तीन हजार माछाका भुरा, २७० ब्रोइलर कुखुरा, आठ हजार ७९१ कुखुराका चल्ला र कुखुराको मासु १५० किलो नष्ट गरिएको रेग्मीले बताउनुभयो । भारतीय ब्रोइलर कुखुरा, चल्ला, मासु र माछा भित्र्याउनेलाई कारवाही गर्ने क्रममा कार्यालयले चालु आवको हालसम्ममा रु पाँच लाख ६१ हजार राजस्व सङ्कलन गरेको छ ।