‘बाढी प्रभावितलाई सहयोगका लागि दीर्घकालीन नीति आवश्यक’

‘बाढी प्रभावितलाई सहयोगका लागि दीर्घकालीन नीति आवश्यक’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक, २९ भदौ (रासस) : नेपाली कांग्रेस केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले जिल्लाका बाढी प्रभावितलाई सहयोगका लागि दीर्घकालीन नीति बनाउनुपर्ने बताउनुभएको छ । ‘विपद्मा कांग्रेसको भूमिका’ विषयमा सोमबार मेलम्चीमा आयोजित छलफल कार्यक्रममा उहाँले बाढी प्रभावितलाई आफ्नो पार्टीले निरन्तर सहयोग जारी राखेको बताउनुभयो ।

पूर्वमन्त्री उहाँले राजनीतिक दलको पहिलो कर्तव्य जनता जोगाउनु रहेको जनाउँदै नेता बन्न खोज्नेले जनताका लागि सोच्नुपर्छ भन्नुभयो । “हेलम्बु, मेलम्चीका स्थानीयवासीले बाढीको पीडा भोगेका छन् उनीहरुका लागि हामीले सोच्नुपर्छ”, विपद् व्यवस्थापन समितिका संयोजक उहाँले भन्नुभयो, “बाटोघाटो, पुल पुलेसा निर्माण तत्काल गर्नुपर्ने र पीडित स्थानीयवासीका लागि दीर्घकालीन कार्ययोजना बनाएर सहयोग गर्नुपर्दछ ।”

अर्का केन्द्रीय सदस्य विष्णुविक्रम थापाले मेलम्चीवासीको विपत्तिमा हरदम साथ दिन कांग्रेस तयार रहेको छ भन्नुभयो । क्षेत्र नं २ प्रदेशसभा (ख)का सभापति रामबाबु लुइँटेलको सभापतित्वमा भएको कार्यक्रममा कांग्रेस नेता भोला बोहोरा, प्रदेशसभा सदस्य निमा लामा, प्रचारप्रसार विभाग केन्द्रीय सदस्य सागर श्रेष्ठ, युवानेता प्रेमध्वज लामालगायतले विपत्तिमा पार्टीले अविभावकीय भूमिका निर्वाह गर्दै आएको बताउनुभयो ।

यो पनि – सडक दुर्घटनामा मृत्यु

कञ्चनपुर, २९ भदौ (रासस) : बेलौरी नगरपालिका–१० सडकघाटका का अन्दाजी वर्ष २६ का सन्तोष चौधरीको सडक दुर्घटनामा परी मृत्यु भएको छ । सोमवार साँझ अबेर सुपप्र०१००९प ५०५८ नंको मोटरसाइकलमा कलकत्ता बजारतर्फ जाँदै गर्दा बेलौरी– ८ स्थित हुलाकी राजमार्गमा थुपारेर राखिएको ग्राभेलको थुप्रोमा मोटरसाइल ठोक्किँदा उनी सख्त घाइते भएका थिए ।

तत्कालै उपचारका लागि कैलालीको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचारका लागि लैजाँदै गर्दा चौधरीको बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेले जानकारीदिनुभयो ।
यसैबीच भीमदत्त नगरपालिका–११ भुजेलास्थित साइवन नहरमा सोमबार अन्दाजी वर्ष ४५ का पुरुषको शव प्रहरीले फेला पारेको छ । नहरमा कम्मरदेखि खुट्टासम्मको भाग देखिएको र कम्मरभन्दा तल टाउकोसम्मको भाग पानीमा घोप्टो डुबेका अवस्थामा पुरुषको शव फेला परेको प्रनाउ न्यौपानेले बताउनुभयो ।उहाँका अनुसार बरामद शवको अहिलेसम्म पहिचान खुल्न सकेको छैन ।