टिकटक बनाउने क्रममा सेती नदीमा खसेर युवती बेपत्ता

टिकटक बनाउने क्रममा सेती नदीमा खसेर युवती बेपत्ता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

टिकटक बनाउने क्रममा सेती नदीमा खसेर आज तनहुँमा एक किशोरी बेपत्ता भएकी छन् । शुक्लागण्डकी नगरपालिका–८ लालिमकी १९ वर्षीया पवित्रा लम्साल बेपत्ता भएको इलाका प्रहरी कार्यालय बेल चौताराले जनाएको छ । शुक्लागण्डकी नगरपालिका–८ पुलचोकस्थित सेतीनदी किनारमा रहेको रक गार्डेनमा टिकटक बनाउने क्रममा उनी खसेर बेपत्ता भएकी हुन् । आफ्ना दुई साथीसँग घुम्नका लागि पुलचोक गएकी लम्सालको नदीमा खसेर बेपत्ता भएपछि अहिले स्थानीयवासी र नेपाल प्रहरीको सहयोगमा खोजी भइरहेको इलाका प्रहरी कार्यालय बेल चौतराका प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काले जानकारी दिनुभयो ।

घुम्ने क्रममा साथीहरुसँग टिकटक बनाउन नदी छेउमा रहेको ढुङ्गामा उभिएकी लम्साल अचानक चिप्लिएर नदीमा खसेको उनीसँगै गएका साथीहरुले बताएको उहाँले बताउनुभयो । लम्साल अचानक चिप्लिएर नदीमा खसेपछि उनका साथीहरुले प्रहरीलाई खबर गरेपछि तत्कालै खोजी कार्यमा खटिएको उहाँले जानकारी दिनुभयो ।

यो पनि – गण्डकीमा २०१ जना सङ्क्रमण मुक्त

गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा २०१ जना कोरोना सङ्क्रमण मुक्त भएका छन् । यस अवधिमा प्रदेशमा १४१ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणका कारण एक जनाको भरतपुर मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको स्वास्थ्य निर्देशनालय, प्रदेश स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रका संयोजक नवराज शर्माले जानकारी दिनुभयो ।

उहाँका अनुसार मृत्यु हुनेमा प्रदेशको नवलपरासी पूर्वजिल्लाको गैँडाकोट नगरपालिका वडा नं १७ की ६२ वर्षीय महिला हुनुहुन्छ । निजमा भदौ २१ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । प्रदेशमा कोरोना सङ्क्रमण भई मृत्यु हुनेको सङ्ख्या एक हजार ३३३ पुगेको छ । प्रदेशमा सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजार ६८१ छ भने होम आइसोलेशनमा एक हजार ४४२ जना रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।