उद्योग सङ्गठन मोरङद्वारा बुट क्याम्प

उद्योग सङ्गठन मोरङद्वारा बुट क्याम्प

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

उद्योग सङ्गठन मोरङले आजदेखि चारदिने बुट क्याम्प कार्यक्रम प्रारम्भ गरेको छ । स्टार्टअप एन्ड इनोभेसन कार्यक्रमअन्तर्गत छनोट भएका चौबीस स्टार्टअप व्यवसायीको सञ्जालीकरण र सेवा प्रक्रियालाई सक्रिय बनाउन सो कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा उद्योग सङ्गठन मोरङको स्टार्टअप एन्ड इनोभेसन समितिका संयोजक सुरेन्द्र गोल्छाले देशका युवा वर्गले आप्mनो सोचलाई व्यासायिकतामा रुपान्तरण गर्न सकेमा मात्र देशले आर्थिक समृद्धि हासिल गर्न सक्ने बताउनुभयो ।

उहाँले नयाँ उद्यमशीलता विकासका सन्दर्भमा प्रारम्भ गरेको प्रयासलाई सफल बनाउन सबैमा आग्रह गर्नुभयो । यस्तो कार्यक्रममार्फत प्रदान गरिने ज्ञान र सीपले स्र्टाटअप व्यवसायीहरुको सोच र अवधारणाको व्यावसायिक विकासका लागि नयाँ सम्भावना र आयामहरुका बारेमा दक्षता अभिवृद्धि गरिने संयोजक गोल्छाको भनाइ थियो ।

कार्यक्रमको सहजीकरण साझेदार संस्था अन्तरप्रेरणाका प्रमुख कार्यकारी अधिकृत तथा चारदिने बुट क्याम्पका स्रोतव्यक्ति निरज खनालले व्यवसाय प्रारम्भ गर्दा व्यवसायीले आफ्नो व्यवसायको भावी लक्ष्य निर्धारण गर्न अनुरोध गर्दै तालिम अवधिमा सहभागीहरुका व्यापारलाई व्यावसायिक मोडलका रुपमा विकास गर्न बजार व्यवस्थापन, कर प्रशासन, वित्तीय स्रोत व्यवस्थापन र परिचालन, मानव संसाधन तथा जिन्सी व्यवस्थापन लगायतका विषयहरुमा सैद्धान्तिक ज्ञान प्रदान गरी बिजनेस मोडल क्यान्भास तयार गर्ने बताउनुभयो ।

कार्यक्रमको फोकल पर्सन प्रीति कोइराला भट्टराईले प्रदेश नं १ का हिमाल, पहाड र तराईबाट छनोट भएका चौबीस स्टार्टअपहरुमा कृषि, जडीबुटी, सेवा, उत्पादन, अनलाइन व्यवसाय लगायतका स्टार्टअप व्यवसायीहरुको सहभागिता रहेको बताउँदै बुट क्याम्पले छनोट भएका स्टार्टअपहरुको सोच र अवधारणालाई वास्तविक व्यवसायमा परिवर्तन गराउँदै लगानीमैत्री बनाउन सहयोग पु¥याउने धारणा राख्नुभयो ।