जनताको चेतनास्तर उकास्न राजनीतिक कक्षा सञ्चालन आवश्यक : अध्यक्ष बिजुक्छेँ

जनताको चेतनास्तर उकास्न राजनीतिक कक्षा सञ्चालन आवश्यक : अध्यक्ष बिजुक्छेँ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले जनताको चेतनास्तर उकास्न र नागरिक भावना जागृत गर्न व्यवहारिक तथा राजनीतिक कक्षा सञ्चालन गर्नुपर्ने बताउनुभएको छ । कोभिड–१९ को जोखिमको सामना गर्नेबारे ख्वप अस्पतालका चिकित्सक एवं नर्सहरुसँग आज अन्तरक्रिया गर्दै अध्यक्ष बिजुक्छेँले नागरिकको आर्थिक अवस्थामा सुधार ल्याउनु जरुरी रहेको बताउनुभयो । अस्पतालमा गुणस्तरीय सेवा प्रवाह गर्न व्यवस्थापन पक्ष बलियो हुनुपर्नेमा उहाँले जोड दिनुभयो । अस्पतालले जनताको विश्वास जित्नुपर्ने उहाँको भनाइ थियो । अध्यक्ष बिजुक्छेँले अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीको व्यवहार सधैँ नम्र हुनुपर्ने बताउनुभयो ।

कार्यक्रममा ख्वप अस्पताल व्यवस्थापन समितिका अध्यक्ष एवं भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले अस्पतालले दिने सेवा प्रवाहमा जनताको गुनासो र विरोध हुने कुनै पनि काम नगर्न आग्रह गर्नुभयो । चिकित्सकको असल व्यवहारका कारण जनताको अस्पतालप्रतिको अपनत्व कायम हुने उहाँको भनाइ थियो ।

यो पनि – ‘शिक्षा क्षेत्रमा लगानी बढाऔँ ’

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले शिक्षा क्षेत्रमा लगानी बढाउन सरकारसँग आग्रह गर्नुभएको छ । ख्वप इन्जिनियरिङ कलेजद्वारा आज आयोजित ‘एम.ई.इन अर्थक्वेक र एम.एस.सी.इन अर्बान डिजाइन र कन्जर्भेसन’ विषय अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले शिक्षामा गरिएको लगानी खेर नजाने बताउनुभयो ।

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप इन्जिनियरिङ कलेजले शुक्रबार आयोजना गरेको ‘एम.ई. इन अर्थक्वेक र एम.एस.सी. इन अर्बान डिजाइन र कन्जर्भेसन’ विषय अन्तरक्रिया कार्यक्रममा सहभागी हुँदै । तस्वीर ः रमेश गिरी÷रासस

उहाँले भन्नुभयो, “शिक्षा क्षेत्रमा गरेको लगानी कहिल्यै पनि खेर जाँदैन, त्यसैले सरकारले शिक्षामा लगानी वृद्धि गर्नु आवश्यक छ, स्थानीय तहहरुले कलेज तथा विश्वविद्यालय सञ्चालन गरेमा जनताले सस्तो र गुणस्तरीय शिक्षा पाउन सक्छन् ।”भक्तपुर नगरपालिकाद्वारा सञ्चालित सो कलेज व्यवस्थापन समितिका अध्यक्ष एवम् नगरप्रमुख सुनिल प्रजापतिले स्थानीय तहले सञ्चालन गरेको ख्वपअन्तर्गतका कलेजबाट देशभरिका विद्यार्थीले उच्च शिक्षा हासिल गर्ने अवसर पाएको चर्चा गर्दै इन्जिनियरिङ पढ्ने विद्यार्थीहरुमा इमानदारिताको खाँचो औँल्याउनुभयो । उपप्रमुख रजनी जोशीले पुर्खाले सिर्जेको सम्पत्ति संरक्षण र संवद्र्धनमा विद्यार्थी लाग्नुपर्नेमा जोड दिनुभयो ।

ख्वप इन्जिनियरिङ कलेजका प्राचार्य सुजन माक र ख्वप कलेज अफ इन्जिनियरिङका प्राचार्य सुनिल दुवालले पहिलोपटक स्नातकोत्तर तहमा भूकम्प र ग्रामीण विकासको विषयको अध्यापन ख्वप इन्जिनियरिङ कलेजबाट सुरु भएको जनाउँदै सम्पदा संरक्षण तथा सभ्य सहर निर्माण महत्वपूर्ण रहेको बताउनुभयो ।

यो पनि – ‘सुशासन तथा भ्रष्टाचर निवारण अध्ययन’ मा विषय स्नातकोत्तर तह सञ्चालन

त्रिभुवन विश्वविद्यालयले ‘सुशासन तथा भ्रष्टाचर निवारण अध्ययन’ विषयमा स्नातकोत्तर तह सञ्चालनमा ल्याएको छ ।मानविकी तथा सामाजिक विज्ञान सङ्कायअन्तर्गत उक्त विषयमा भ्रष्टाचारको सिद्धान्त, राजनीति र भ्रष्टाचार, सुशासनका चुनैती, तथ्याङ्क विधि, विकास र भ्रष्टाचार, भ्रष्टाचारविहीन कानुन र संयन्त्र, नैतिकता र भ्रष्टाचार, भ्रष्टाचारको सामाजिक तथा सांस्कृतिक पक्षलगायत पठनपाठन हुनेछ । दुई वर्षको समयअवधि तथा चार सेमिष्टर रहने उक्त अध्ययनमा अन्तर्राष्ट्रिय सम्बन्ध र आर्थिक कूटनीतिसमेत पाठ््यक्रममा छ ।

यहाँ आज आयोजित कार्यक्रममा डिन प्राडा कुसुम शाक्यले मुलुकको विकास तथा समृद्धिमा भ्रष्टाचार बाधक तत्वका रुपमा रहेको बताउँदै यसको न्यूनीकरणका लागि यो क्षेत्रको अति आवश्यक रहेको बताउनुभयो । सहायक डिन प्रा ताराप्रसाद अर्यालले यसको अध्ययनबाट भ्रष्टाचर निवारणका क्षेत्रमा दक्ष जनशक्ति उत्पादन हुने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रम संयोजक डा योगेश रञ्जितले सुशासन अभिवृद्धि गरी आर्थिक पारदर्शी कायम गर्न सकिने त्यसले भ्रष्टाचर अन्त्य गर्ने विश्वास व्यक्त गर्नुभयो । साहित्यकार एवं अभियन्ता भरत जङ्गमले यस किसिमको अध्ययन शुरुआत भएकामा खुसी व्यक्त गर्दै आफू विगत पाँच दशकदेखि भ्रष्टाचर निवारणका क्षेत्रमा क्रियाशील रहेको बताउनुभयो । एन्टी क्रप्सन ऐकेडेमीका अध्यक्ष अनुप जङ्गमले आफ्नो संस्थाले प्रत्येक सेमिष्टरमा पहिलो हुने विद्यार्थीलाई रु ३६ हजार, दोस्रो र तेस्रोलाई १८÷१८ हजार छात्रवृत्ति प्रदान गर्ने जानकारी गराउनुभयो ।

यो पनि – दूध र कुखुराबाट मासिक पाँच लाख आम्दानी

गलेश्वर, १५ असोज (रासस) ः प्रायः नेपाली युवा रोजगारीका लागि विदेश जान मरिहत्ते गर्छन् । उनीहरुको पहिलो रोजाइ बैदेशिक रोजगारी नै हुने गर्दछ ।म्याग्दीको बेनी नगरपालिका–७ कुरिलाखर्कका युवा सुरेश ढुङ्गानाले आफ्नै पौरखले गाई, भैँसीको गोठ र कुखुराको खोर बनाउनुभएको छ । दशवर्ष अरबको खाडीमा पसिना बगाएका ३७ वर्षीय उहाँले पेशा परिश्रम र पैसालाई जीवनसँग जोडेर सम्पन्नता र प्रशन्नताको महक प्राप्त गर्ने ज्ञान अरबको खाडीबाट प्राप्त गर्नुभयो । “ मैले खाडीमा जीवनको महत्व र स्वदेशको सम्भावनालाई बुझेँ”, उहाँले भन्नुभयो ।

स्वदेशमै सम्भावना देखेर गाउँ फर्किएका उहाँलाई गाउँ आएपछि साथीले अमेरिका आग्रह समेत गरे । उहाँले अमेरिका जाने होइन गाउँमै अमेरिकामा भन्दा बढी कमाउने र गाउँमै रमाउने योजना सुनाउनुभयो ।साथीहरुले उहाँका विचारलाई उडाए । बुद्धि नभएको भने उहाँ आफ्नो निर्णयमा अडिग रहनुभयो । अनि सुरु गर्नुभयो भैँसीपालन व्यवसाय । यो आठ वर्ष पहिलेको कुरा हो । यसबीचमा उहाँको जीवनमा पनि धेरै आरोहअवरोह आए । अनेकौँ घुम्ती र मोड आए र गए । उहाँले आठ वर्ष अगाडि ‘ढुङ्गाना कृषि तथा पशुपक्षी फार्म’ स्थापना गरेर व्यवसाय सुरुआत गर्नुभयो । त्यही फार्ममा अहिले २२ मुर्रा जातका भैँसी र दुई जर्सी गाई दुहुना छन् ।

उहाँ अहिले दैनिक १५० लिटर दूध सदरमुकाम बेनीबजारमा बिक्री गर्नुहुन्छ । दुई भैँसीबाट सुरु गरेको व्यवसायबाट अहिले उहाँले मासिक रु पाँच लाख आम्दानी गर्नुभएको छ । सबै खर्च कटाएर मासिक करिब दुई लाखको हाराहारीमा बचत हुने उहाँको भनाइ छ । फार्ममा अहिले रु ५० लाख जति लगानी भइसकेको उहाँले बताउनुभयो । भैँसीलाई चाहिने घाँसका लागि सार्वजनिक पाखो भाडामा लिनुभएको छ ।

“बिहान उठेदेखि राति नसुतुञ्जेलसम्म भैँसी गोठ र कुखुराको खोरमा नै व्यस्त हुन्छु । समय गएको पत्तै हुँदैन । साँझपख बजारमा दूध पु¥याएउन जान्छु । सदरमुकाम बेनीबजारको न्यूरोडमा रहेको धवलागिरि डेरी उद्योगमा दैनिक १५० लिटर दूध पु¥याएपछि बल्ल शरीरमा फूर्ति आउँछ”, उहाँले भन्नुभयो ।प्रतिलिटर रु ९० मा दूध बिक्री हुने गरेको उहाँले बताउनुभयो । व्यवसायी ढुङ्गानाले साँझ र बिहान गरी दिनमा दुईपटक मोटरसाइकलबाट बेनीमा दूध पु¥याउनुहुन्छ । “बजारको अभाव छैन, जति पनि बिक्री हुन्छ तर गुणस्तरलाई खस्कन दिनुहुँदैन”, ढुङ्गानाले भन्नुभयो ।

पशुपालन व्यवसायमा परिश्रम गर्नसके विदेशमाभन्दा राम्रो कमाइ गर्न सकिने अनुभव उहाँले सुनाउनुभयो । उहाँले पाँच रोपनी जग्गामा फार्म बनाउनुभएको छ भने फार्ममा दुई जनालाई रोजगारीसमेत दिनुभएको छ ।भैँसीको स्याहार सुसारदेखि दूध दुहुने काममा आफैँ खटिने ढुङ्गानले विदेशमा गएर अरुको अधिनमा रही दुःख गर्नुभन्दा आफ्नै गाउँमा समयानुकूल व्यवसाय गर्ने हो भने मनग्ये कमाइ गर्न सकिने बताउनुहुन्छ ।

उहाँको सफलताको कथा यत्तिकैमा सकिदैन । भैँसीपालनसँगै उहाँले कुखुरापालन पनि सुरु गर्नुभएको छ । अहिले उहाँका फार्ममा दुई हजार ३०० ब्रोइलर कुखुरा बिक्रीका लागि तयारी अवस्थामा छन् । दूध र कुखुरा दुवैबाट हुने आम्दानी जोड्ने हो भने उहाँको मासिक रु आठ लाख पुग्ने जनाइएको छ ।